×

NMB BANK
NIC ASIA

नेपाललाई ५ करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोग घोषणा

मंसिर १४, २०७७

NTC
Premier Steels

चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो ।

Muktinath Bank

चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको प्रमण्डलबीच जङ्गी अड्डामा आज अपराह्न भएको द्विपक्षीय वार्तामा दुवै देशका सेनाबीचको विद्यमान सौहाद्र्रपूर्ण मित्रवत् सम्बन्धलाई सुमधुर, मजबुत एवं अझ विस्तार गर्न अतिरिक्त सहयोग स्वरुप उक्त रकम बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“यसअघि  चीनले १५ करोड युआन बराबरको सैन्य सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउँदै तदनुरुप गर्दै आएको छ, कोभिड–१९ का कारण रोकिएका सैन्य सहयोगको ‘प्याकेज’ले अब निरन्तरता पाउनेछ”, विगतमा भएका द्विपक्षीय सहमति र सैन्य सहायता कार्यान्वयन तथा रोकिएका तालीम एवं शिक्षार्थी आदानप्रदानका कार्यक्रम पुनः सञ्चालन गर्न चीनले सरकारात्मक जवाफ दिएको जानकारी दिँदै ती अधिकारीले भने ।


Advertisment
Nabil box
Kumari

आठघण्टाको व्यस्त कार्यतालिका पूरा गरेर इस्लामावाद प्रस्थान गर्नुअघि गृहमन्त्री रामबहादुर थापालाई आफ्नो भ्रमणबारे ‘ब्रिफिङ’ गर्दै रक्षामन्त्री बेइले प्रशन्न मुद्रामा भने, “म र मेरो प्रतिनिधिमण्डललाई प्रदान गर्नुभएको आतिथ्यताबाट म र मेरो प्रतिनिधिमण्डल ज्यादै प्रभावित भएको छ । हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ एवं उन्नत तुल्याउन मेरो भ्रमण सफल एवं सार्थक रह्यो ।”

Vianet communication

नेपालको विकास प्रक्रियामा हरसम्भव सहयोग गर्न तथा सहयोगका दायरालाई थप विस्तार गर्न चीन प्रतिबद्ध रहेको बताउँदै उनले विकासका प्रशस्त सम्भावना भएको नेपाललाई निकटको असल छिमेकीका नाताले सघाउन चीन तत्पर रहेको दोहो¥याए ।
आफूले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेटवार्ता गरेको र त्यसबाट आफू पूर्ण सन्तुष्ट रहेको बताए । मन्त्री थापाले नेपाली सेनालाई अझ सबल एवं सुदृढ बनाउन थप सैन्य सहयोग प्रदान गर्ने चीन सरकारको निर्णयको स्वागत गर्दै हार्दिक कृतज्ञता व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x