×

NMB BANK
NIC ASIA

काठमाडौं उपत्यकामा मोनोरेल चलाउने महत्त्वाकांक्षी योजना अलपत्र परेको छ ।

Muktinath Bank

मोनोरेल सञ्चालन गर्ने घोषणा भएको ३ वर्ष बितिसक्दा पनि यसका लागि आवश्यक प्राथमिक काम समेत हुन नसक्दा योजना अलपत्र परेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ साल मंसिरमा सम्पन्न स्थानीय तहको निर्वाचनका समयमा मोनोरेलको विषयले चर्चा पाएको थियो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मोनोरेल ल्याउने योजना आफ्नो चुनावी नारामै समावेश गरेका थिए । 


Advertisment
Nabil box
Kumari

तर मोनोरेल सञ्चालन गर्ने घोषणा भएको ३ वर्ष बितिसक्दा पनि यसका लागि आवश्यक प्राथमिक कामसमेत हुन सकेको छैन । 

Vianet communication

काठमाडौं र ललितपुर महानगरपालिकाभित्र पर्ने २७ किलोमिटर लामो चक्रपथमा मोनोरेल सञ्चालन गर्नका लागि सम्भावना अध्ययन चिनियाँ कम्पनी चाइना रेल वे २५ औं ब्यूरो ग्रुप कम्पनी लिमिटेड (सीसीआरसी)ले २०७५ जेठमै सकाएको थियो । 

सम्भाव्यता अध्ययन सकिएपश्चात काठमाडौं र ललितपुर महानगरपालिकाले संयुक्त रूपमा २०७५ पुस ४ गते विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न औपचारिक कार्यक्रम नै गरी सोही कम्पनीसँग सम्झौता गरेको थियो । 

सम्झौता पत्रमा १ वर्षभित्रमा डीपीआर तयार पारिसक्ने र सो एक वर्षसमेत गरी कुल ५ वर्षभित्रमा काठमाडौं उपत्यकामा मोनोरेल चलाउने उल्लेख गरिएको थियो । यद्यपि एक वर्षमा सक्नुपर्ने डीपीआर सम्झौता भएको मितिले २ वर्ष ३ महिना बितिसक्दा पनि सम्पन्न भएको छैन ।

कहाँ अड्कियो डीपीआर ? 

काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालनका लागि १ खर्ब १६ अर्ब रुपैयाँ अनुमानित बजेट आवश्यक पर्दछ । काठमाडौं महानगरपालिकासँग यसका लागि स्रोत नभएकाले अहिले डीपीआर अड्किएको महानगरपालिकाका कर्मचारीहरू बताउँछन् । 

आवश्यक लगानी कसले गर्ने भन्ने विषयमा ठोष निष्कर्ष ननिस्किँदा मोनोरेल योजना अलपत्र परेको महानगरका कर्मचारीको भनाइ छ ।

लगानी व्यवस्थापन गर्न नसक्दा मोनोरेलको काम अगाडि बढाउन नसकिएको काठमाडौं महानगरका प्रसाशनिक निर्देशक महेशकुमार काफ्ले बताउँछन् । 

लोकान्तरसँग उनले भने, ‘हामीले नेपाल सरकारसँग पनि यसबारे कुरा राखिसकेका छौं, तर यसबारेमा ठोस निष्कर्ष निकाल्न सकेका छैनौं, त्यसकारण मोनोरेलको काम अगाडि बढाउन सकिएन ।’

चाइनिज कम्पनीले डीपीआर अन्तिम चरणमा पुर्‍याइसकेको भएपनि लगानीमा कुरा नमिल्दा त्यसलाई रोक्नुपरेको उनले बताए ।  उनले भने, ‘अब लगानी व्यवस्थापन गर्न सकिएमा मोनोरेल आउँछ, नत्र त सम्भव छैन ।’

मोनोरेल ल्याउनका लागि सडक विभाग, नेपाल विद्युत् प्राधिकरण लगायत सबै क्षेत्रको सहयोग आवश्यक पर्ने भन्दै उनले यसका लागि सबै तयार भएमा काम अगाडि बढ्ने बताए । 

काठमाडौं महानगरपालिकासँग पर्याप्त स्रोत नभएको भन्दै संघीय सरकारले लगानी व्यवस्थापनका लागि काम गर्नुपर्नेमा उनले जोड दिए । 

उनले भने, ‘डीपीआर तयारी अवस्थामा छ, महानगरपालिकाको बजेटले त सम्भावना नै हुँदैन । त्यसकारण बजेटको व्यवस्था भएमा मात्रै काम अगाडि बढ्छ ।’

काठमाडौंका मेयर भन्छन् - रिङरोड विस्तारले योजना अल्मलियो

कर्मचारीहरूले लगानीको अभाव भएको भन्दै गर्दा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य भने मोनोरेल सञ्चालनका लागि लगानी अभाव नरहेको दाबी गर्छन् । 

लोकान्तरसँग उनले भने, ‘हामीले साझेदारीमा लगानी गर्ने हो, त्यसकारण लगानीको समस्या छैन र हैन पनि ।’ उनले काठमाडौं उपत्यकाको चक्रपथ विस्तारले गर्दा मोनोरेल अल्मलिएको दाबी गरे । 

उनले भने, ‘हामीले रिङरोडमा मोनोरेल चलाउने भनेर डीपीआर गर्न सहमति गर्‍यौं, तर रिङरोड विस्तारको काम नसकिँदा काम अगाडि बढ्न सकेन ।’

चक्रपथको सडकमाथि कुल २७.५ किलोमिटरको २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेसन रहने गरी प्रतिवेदन तयार भएको थियो । 

जसअनुसार मोनोरेलको स्टेसन कलंकी महाराजगञ्ज, महाराजगञ्ज–कोटेश्वर र कोटेश्वर कलंकी गरी तीन खण्डमा हुनेगरी डीपीआर बनाउन सहमति भएको थियो । मेयर शाक्यले भने, ‘अहिले यी खण्डहरूमा सडक विस्तारको काम नसकिएको हुँदा मोनोरेल ल्याउने योजना अलमलमा छ ।’

सम्भाव्यता अध्ययन गर्दा नै महानगरपालिकाले लगानी नगर्ने र सम्भाव्यता तथा डीपीआर पनि उनीहरूकै खर्चमा गर्ने भनेर सहमति गरेको उनले बताए ।

उनका अनुसार सम्भाव्यता अध्ययन र डीपीआर दुवै सीसीआरसीकै लगानीमा गर्ने सम्झौता भएको थियो । र सार्वजनिक खरिद प्रक्रियामा अगाडि बढ्ने कुरा भएको थियो । उनले भने, ‘त्यसकारण लगानीको विषयमा समस्या हैन, रेल जहाँ चलाउने भनिएको थियो, त्यहाँ सडक विस्तारको काम नै समयमा नसकिने अवस्था छ, त्यसैले पर धकेलियो ।’

उनले सीसीआरसीसँग कुनै पनि विवाद नरहेको र उनीहरू काम गर्न तयार रहेको बताए । उनले भने, ‘हामीले उनीहरूलाई दोष दिने कुरा पनि हैन, हामीले नै आवश्यक पूर्वाधार समयमा नै विकास गर्न सकेनौं ।’

उपत्यकवासीले कहिले चढ्न् पाउँछन् त मोनोरेल ? 

मेयर शाक्य उपत्यकावासीले मोनोरेल चढ्न पाउने कुरा अनिश्चित भएको बताउँछन् ।  उनले अब कसरी अगाडि बढाउने र स्रोत जुटाउने भन्ने विषयमा सरोकारवाला सबैसँग छलफल भइरहेको बताउँदै सडक विस्तार सकिएको केही समयपछि मात्रै मोनोरेलको काम अगाडि बढ्ने बताए । 

उनले भने, ‘सबै कुराहरू मिलाएर अगाडि बढ्नुपर्ने हुन्छ । यहाँ पूर्वाधार विकास पनि सँगै गर्नुपर्‍यो, रेलको काममा बढी खर्च लाग्ने हुन्छ । त्यसकारण यस विषयमा छलफल हुँदैछ । यसलाई व्यावहारिक बनाउने प्रयास भइरहेको छ ।’

उनले भने, ‘हामी छलफलमै छौं, कसरी जाने भन्ने विषयमा ठोष सहमति वा निष्कर्ष निस्किएको छैन ।’ 

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन मोनोरेल आफ्नो चुनावी एजेण्डा भए पनि समयमै काम गर्न नसकिएको बताउँछन् । ‘विभिन्न कारणहरू छन्, यसमा काठमाडौं महानगरले नि छलफल गरिरहेको छ, हामीले पनि,’ उनले भने ।

उनी पनि काठमाडौंका मेयर शाक्यले जस्तै पूर्वाधारमा विकास समयमै गर्न नसक्दा समस्या भएको बताउँछन् । योजना महत्त्वाकांक्षी भएको बताउँदै उनले यसलाई पूरा गर्न काठमाडौं र ललितपुर महानगर मात्र नभई सबै लाग्नुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x