×

NMB BANK
NIC ASIA

उहाँसँगै बिहे हुने पक्का भएपछि प्रेम सार्वजनिक गरें : वर्षा सिवाकोटी [अन्तर्वार्ता]

मंसिर २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

एक महिना लामो अमेरिका बसाइपछि अभिनेत्री वर्षा सिवाकोटी नेपाल फर्किएकी छिन् । 

Muktinath Bank

नेपाल फर्किनासाथ उनले चलचित्र ‘परदेशी २’को छायांकन थालिसकेकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षा विगतमा पनि अमेरिका जाने आउने गर्थिन् । तर, यसपटक उनको अमेरिका भ्रमण विशेष रह्यो । किनभने, यसपटक उनले प्रेमी सविनजंग थापालाई सार्वजनिक गरिन् । 


Advertisment
Nabil box
Kumari

अनावश्यक गसिप, विवाद र लभ अफेयरबाट सधैँ टाढा रहने नेपालकी चर्चित अभिनेत्री वर्षा नेपाल फर्किएपछि लोकान्तरले उनीसँग विशेष कुराकानी गरेको छ ।

Vianet communication
Laxmi Bank

वर्षा जी सर्वप्रथम तपाईंलाई बधाई छ ।

धेरै धेरै धन्यवाद । तर, यो बधाई के को लागि थियो  ?

लामो समयपछि अमेरिका पुगेर प्रेमी सार्वजनिक गर्नुभयो नि !

हाहा.. । अब सार्वजनिक गर्नुपर्छ भन्ने कुरामा म र उहाँ मानसिक रूपमा तयार भयौं । म र उहाँको बिहे गर्ने समय पनि पुगेको आभाष भयो । आखिर उहाँसँगै बिहे हुन्छ भने सार्वजनिक गर्न किन हिच्किचाउनु ?

तपाईंको प्रेम शुरूआत भएको कति भयो बताउन मिल्छ ?

हामी लगभग ३ वर्षदेखि बोल्थ्यौं । तर, कुरा र मन मिलेको डेढ वर्ष जति भयो । प्रेममा परेको फील भएको डेढ वर्ष भयो ।

सम्भवतः प्रेमीसँग प्रेममा परेपछि सबैभन्दा धेरै समय बिताएको समय पनि यही होला, कस्तो भो यसपटकको समग्र अमेरिका भ्रमण र प्रेमीसँगको भेटघाट ?

इट वाज ग्रेट । तपाईंले भनेजस्तै उहाँसँग खुलेर गफ गर्ने, एकअर्कालाई थप चिन्ने र प्रेम थप प्रगाढ गराउने मौका पनि मिल्यो । यो पटकको अमेरिका भ्रमण निकै राम्रो भयो भन्नुपर्छ ।

तपाईंले सोधेजस्तो अमेरिका प्रेमीलाई भेट्न मात्रै भन्दा पनि अरू केहि काममा गएकी थिएँ । साथसाथै केही आफ्ना आफन्त र साथीभाइहरूसँग पनि भेटघाट गर्ने अवसर मिल्यो । धेरै समयदेखि भेट्छु भनेका साथीभाइ, आफ्ना आफन्तसँगको यादगार भेटघाट पनि योपटकको उपलब्धि हो ।

आज लोकान्तरसँग एउटा कुरा बताइदिनु न, कलाकारहरूका प्रेम, ब्रेकअप, प्याचअपका कुराहरू निकै सामान्य लाग्छन् । तपाईंले अहिले जो प्रेमी सार्वजनिक गर्नुभएको छ, उहाँसँगै बिहे हुने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ ?

पहिलो कुरा त हामीले एउटा बोल्ड निर्णय गरेरै यो कुरा सार्वजनिक गरेका छौं । हामी एकअर्काले यत्तिकै प्रेम सार्वजनिक गरेका होइनौं, पारिवारिक कुरामा केही कुरामा सहमति समेत भएकाले यो प्रेम बिहेसम्म पुग्नका लागि तयार छ भनेर बताउन चाहन्छु ।

अर्को कुरा म के कुरामा पनि ढुक्क छु भने उहाँ असाध्यै बुझ्ने व्यक्ति हो । माया गर्नुहुन्छ । सम्मान गर्नुहुन्छ । म पनि उत्तिकै माया र सम्मान गर्छु । धेरै कुरामा हामीले एकले अर्कालाई बुझेका छौं । सोही कारण हामीहरू प्रेमका लागि सम्बन्ध गाँसेका होइनौं, यो यात्रा धेरै परसम्मका लागि हुनेछ ।

त्यसो भए कहिले बिहे गर्नुहुन्छ ?

ठ्याक्कै यो वर्ष र यति गते भनेर निर्णय गरेका छैनौं । तर, अबको २ देखि ढाइ वर्षमा बिहे हुने सम्भावना धेरै छ ।

विषयवस्तु थोरै मोड्न चाहन्छु, कोभिड–१९ पछि नेपाली चलचित्रमा पारेको प्रभावलाई कसरी बुझ्नुभएको छ ?

सबैलाई थाहा भएको कुरा हो । मैले यो उद्योगमा लामो समयदेखि काम गरेकाले र अहिले पनि एक्टिभ भएर काम गरेको हिसाबले नजिकबाट नियालिरहेकी छु । नेपालको मात्रै होइन, संसारभरको चलचित्र उद्योग तहसनहस भएको कुरा सबैलाई थाहै छ । आशा राखौं, नेपाली चलचित्र उद्योग छिट्टै चलायमान हुनेछ र हुनुपर्छ ।

लामो समयपछि अभिनय यात्रामा फर्किनुभएको छ । अबको तपाईंको यात्रा कसरी अगाडि बढ्छ ?

काम त अभिनय नै हो । केही चलचित्रका कामहरू सकाउनुछ । अहिले चलचित्र ‘परदेशी २’ र अन्य केही चलचित्रको काममा व्यस्त छु । साथै म एउटा बिजनेस पनि शुरू गर्दैछु । जुन कुरा म छिट्टै बताउनेछु ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x