×

NMB BANK
NIC ASIA

अदालतमा गरेको प्रतिबद्धताविपरीत प्राधिकरणले एनसेल डेटा सेन्टरमा वितरित विद्युत लाइन काट्यो !

पुस २३, २०७७

NTC
Premier Steels

एनसेलको पोखरास्थित 'डेटा सेन्टर'मा नेपाल विद्युत् प्राधिकरणले 'डेडिकेटेड फिडर'मार्फत् उपलब्ध गराउँदै आएको विद्युत् लाइन प्राधिकरण आफैंले अदालतसमक्ष गरेको प्रतिबद्धताविपरीत काटेको भन्दै एनसेलले चिन्ता व्यक्त गरेको छ ।

Muktinath Bank

अदालतको आदेश तथा अदालत आफैंले गरेको प्रतिबद्धताविपरीत प्राधिकरणको कास्की लेखनाथ वितरण केन्द्रले डेडिकेटेड लाइनमार्फत दिँदै आएको विद्युत् लाइन यही पुस १९ गतेदेखि काटेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

के हो प्रकरण ?


Advertisment
Nabil box
Kumari

एनसेलले १३ करोड ८० लाख छूट बिल भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले ताकेता गर्दै आएको छ । मिटर जडान भएको शुरूको मिति २०६९ भदौ २३ गतेदेखि नै छूट बिल कायम भएको दाबी प्राधिकरणको छ ।

Vianet communication

पहिला ६३० केभीएको डेडिकेटेड लाइन लिएको एनसेलले २०७२ पुसमा प्राधिकरणकै अनुमतिमा क्षमता वृद्धि गरी १५०० केभीए पुर्‍याएको थियो ।

त्यतिबेला प्राधिकरणको पोखरा कार्यलयले आफ्नै परिसरभित्र जडित मिटरलाई रि-प्रोग्रामिङ गरी एनसेल डेटा सेन्टरमा जडान गरिदिएको थियो ।

मिटरमा कुनै कैफियत नरहेको दाबी पनि प्राधिकरणको थियो । उक्त मिटर प्राधिकरणले गत असारमा आएर बदल्यो ।

प्राधिकरणले जडान गर्ने मिटरमा सिल रहने भएकोले उपभोक्ताले आफुखुशी तोडमोड सक्दैन ।

एनसेलले प्राधिकरणले जारी गरेकै मिटर रिडिङ बिलका आधारमा शुल्क तिर्दै आएको थियो ।

तर पछि प्राधिकरणले मिटर जडान भएको मिति ०६९ भदौबाटै छूट बिल कायम भएको दाबीसहित १३ करोड ८० लाख तिर्न एनसेललाई ताकेता गर्न थाल्यो ।

प्राधिकरणले छूट बिल तिर्न दबाब दिएको र त्यसो नगरेको खण्डमा दूरसञ्चार सेवाको संवेदनशील पूर्वाधार डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द भई सेवा प्रवाहमा असर पर्ने जिकिर गर्दै एनसेलले मंसिर २३ गते कास्की जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो ।

यस मुद्दामा दुवै पक्षलाई झिकाई बहस हुँदा प्रतिवादी प्राधिकरणले लाइन काट्ने वा सेवा अवरुद्ध गर्ने कुनै मनसाय नरहेको जिकिर अदालतसमक्ष पेश गरेको थियो ।

अदालतले पनि प्रतिवादी पक्षले लाइन नकाट्ने भनी अदालतलाई आश्वस्त पारेको कुरालाई नै आधार लिई प्राधिकरणको तत्काल लाइन काट्ने वा कुनै अतिरिक्त जरिवाना लगाउने मनसाय नदेखिएको र यस सम्बन्धमा प्रतिउत्तर परेपछि वा अवधि नाघेपछि नियमानुसार गर्नु भन्ने आदेश पुस १४ गते गरेको थियो ।

मुद्दा अदालतमा विचाराधीन नै छ ।

पुस १६ गते पुनः प्राधिकरणले छूट बिल भुक्तानीका लागि ताकेता गरेपछि एनसेलले पुस १७ गते यो विषय अदालतमा विचाराधीन रहेको भन्दै जवाफ फर्कायो ।

अदालतले आदेशमा उल्लेख गरेको आधार र कारणविपरीत मुद्दाका पक्षले कुनै काम कारवाही गरेमा अदालतको अवहेलना हुने भएकाले विद्युत लाइन नकाट्न एनसेलले प्राधिकरणलाई अनुरोध गरेको थियो ।

त्यसको दुई दिनपछि प्राधिकरणले लाइन काटिदियो । त्यसपछि एनसेल पुन: अदालत गएको छ ।

यससम्बन्धमा पुस २१ गते भएको सुनुवाइमा अदालतले अन्तरिम आदेशका लागि छलफल गर्न सक्कल फाइलसहित उपस्थित हुन ७ दिनको समय दिएको छ ।

डेटा सेन्टर पुस १९ गतेदेखि ब्याकअप पावरका भरमा मात्र सञ्चालनमा रहेको र कुनैपनि बेला सेवा अवरुद्ध हुनसक्ने चिन्ता एनसेलले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x