×

NMB BANK
NIC ASIA

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने

पुस २४, २०७७

NTC
फाइल फोटो
Premier Steels

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ ।

Muktinath Bank

हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तरराष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा सम्पन्न हुने देखिन्छ ।


Advertisment
Nabil box
Kumari

यो विमानस्थल भैरहवामा निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै सञ्चालनमा आउने आँकलन गरिएको छ । भैरहवा विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति छ ।

Vianet communication

यो विमानस्थलमा पनि प्राविधिक जनशक्ति अभावमा उपकरण जडानको कार्य ढिला भइरहेको छ ।

अहिलेसम्मको कामको समग्र प्रगति हेर्दा भैरहवाभन्दा पोखरा नै चाँडै सञ्चालनमा आउने देखिएको हो ।
     
पोखरा विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति र करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ ।

तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिए पनि त्यो भुक्तानी गर्दा स्वतःवित्तीय प्रगति माथि पुग्ने विमानस्थल आयोजनाले जनाएको छ ।
     
विमानस्थल निर्माण हालको प्रगति र उपकरण जडानसहित अबको छ महिनाभित्र विमानस्थल निर्माण सम्पन्न हुने विमानस्थल आयोजना प्रमुख इञ्जिनीयर विनेश मुनकर्मीले जानकारी दिए ।

“अहिलेसम्म निर्माण व्यवसायीले म्याद थप्नुपर्ने भनेका छैनन् । उपकरण जडानको काम चारदेखि छ महिना लाग्छ । पचास प्रतिशतभन्दा बढी उपकरण बाँकी पनि केही समयभित्रै आउने भएकाले छ महिनाभित्रै जडानको काम सकिनेछ”, उनले भने ।

कोभिड–१९ को समस्या नभएको भए यो आयोजना समयावधिभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको काम बन्दाबन्दीको अवधिमासमेत निरन्तर सञ्चालन भएको थियो । अहिले १६० चिनियाँ र ६० नेपाली गरी २२० कामदार खटिएका छन् ।
     
विमानस्थलको हाल दुई हजार ५०० मिटरको धावनमार्ग, एटिसी टावर, सात वटा भवन, एउटा ह्याङ्गरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधार सम्पन्न हुँदै छ । विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ ।

प्रविधि जडानका लागि आवश्यक विदेशी कामदार ल्याउन प्रक्रिया पूरा भएको र उनीहरु आउनासाथ उपकरण जडानको काम शुरु हुनेछ । प्रविधि जडानका लागि चीनसहित युरोप, अस्ट्रेलिया र अमेरिकाबाट पनि प्राविधिक ल्याउनुपर्ने आयोजनाले जनाएको छ । पूर्वनिर्धारित समयअघि नै विमानस्थलको निर्माण कार्य सकिने आयोजना प्रमुख मुनकर्मीले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलको निर्माण तीव्रताका साथ भइरहेकाले निर्धारित समयअघि नै काम सम्पन्न हुने जनाउनुभयो । करीब तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करीब २२ अर्ब हुने प्राधिकरणले जनाइएको छ ।

चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसिइले विसं २०७३ साउन १८ देखि विमानस्थल निर्माण गरिरहेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भए पनि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ । 

विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिने क्षमताको हुनेछ । विमानस्थलमा तीन न्यारोबडी, चार एटिआर जहाज र चार ट्वीनअटर जहाज गरी ११ वटा जहाज पार्किङ गर्न सकिने क्षमता छ ।

रिट्ठेपानी डाँडा काटिँदै

ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको विमानस्थल नजिकै रिट्ठेपानी डाँडा काट्ने तयारी भएको आयोजनाले जनाएको छ ।

धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करीब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । एक महिनाभित्रै ठेक्का प्रक्रिया अगाडि बढाएर करीब छ महिनामा डाँडा काटेर सम्याइनेछ ।

आयोजना प्रमुख मुनकर्मीका अनुसार आइकाओ मापदण्डअनुरूप जहाज उडान एवं अवतरण गर्ने मार्गमा अवरोध हुन हुँदैन । रिट्ठे डाँडा धावनमार्गको ‘अप्रोच’मा परेको छ ।

त्यसले उडान तथा अवतरणमा अवरोध पुर्‍याउने भएकाले काट्नुपर्छ । हाम्रो मार्गमा ‘४० मिटर ‘अप्स्ट्रयाकल’ परेकाले रिट्ठेपानी डाँडा काटेर समतल बनाइने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय उडान ‘सिंगल अप्रोच’ बाट र आन्तरिकतर्फ धावनमार्गको दुवै एप्रोचबाट उडान तथा अवतरण हुनेछ । डाँडो काट्दा दुवै खाले उडानलाई सहज हुनेछ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x