×

NMB BANK
NIC ASIA

कृषकलाई एक प्रतिशत व्याजमा कर्जा उपलब्ध गराइँदै

पुस २५, २०७७

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिकरुपमा कृषि तथा पशुपक्षीपालन व्यवसाय गर्न चाहने कृषकलाई एक प्रतिशत व्याजमा कर्जा प्रवाह गराउने व्यवस्था गरेको छ ।    

Muktinath Bank

यसका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकमार्फत कृषकले लिने कर्जाको व्याजमा अनुदान दिने व्यवस्था गरेको छ । कृषकले लिने कर्जाको व्याज अनुदानमा उपलब्ध गराउने सम्बन्धमा मन्त्रालय र कृषि विकास बैंक सुदूरपश्चिम प्रदेश कार्यालयका बीच मुख्यमन्त्री त्रिलोचन भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीको उपस्थितिमा शुक्रबार एक सम्झौता पनि गरिएको छ । 
 
    सो अवसरमा मुख्यमन्त्री भट्टले कार्यक्रम कार्यान्वयन गर्न थप बजेट उपलब्ध गराउन सकिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो सम्झौतापत्रमा कृषि तथा पशुपक्षी व्यवसायको कर्जा तथा व्याज अनुदान प्रवाहको प्रक्रिया ‘कृषि तथा पशुपक्षी व्यवसाय अनुदान परिचालन कार्यविधि २०७७ ’मा तोकिएअनुसार गर्ने उल्लेख गरिएको छ । 
  
    यसैगरी कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालय र बैंकका प्रतिनिधि सम्मिलित अनुगमन समिति गठन गरिने, मन्त्रालयले सिफारिस गरेबमोजिम तथा बैंकको प्रचलित कर्जा कार्यविधिमा व्यवस्था भएबमोजिम बैंकको प्रक्रिया पूरा गरिएको खण्डमा कर्जा प्रवाह गर्ने, कर्जा सहजरुपमा उपलब्ध गराउन सहजीकरण गर्ने गराउने, लगानी भएको कर्जा असुलीमा समस्या देखिएमा कर्जा असुली गर्न मन्त्रालयले बैंकलाई आवश्यक सहयोग गर्ने उल्लेख गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले यो कार्यक्रममा प्रत्येक कृषक, कृषक समूह र उद्यमीलाई बढीमा रु ५० लाखसम्म कर्जा प्रवाह गर्न सकिने मापदण्ड बनाइएको बताए । “यो कार्यक्रम कार्यान्वयनमा लैजान मन्त्रालयले कर्जाको व्याजबापत रु तीन करोड छुट्याएको छ”, बोहराले भने, “तीन करोड व्याज बुझाउँदा झण्डै रु ३८ करोड लगानी कृषिमा गर्नुपर्ने देखिन्छ ।” 
  
    कृषि व्यवसाय गर्न चाहने खासगरी साना किसानलाई पूँजीको समस्या देखिने गरेको अवस्थामा प्रदेश सरकारले यो कार्यक्रम कार्यान्वयन गर्न लागेको हो । प्रदेश सरकारको चालू वर्षको बजेट नीति कार्यक्रममा कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिइएको छ । कृषि विकास बैंक सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक गोकुलप्रसाद पनेरुले यो कार्यक्रमबाट किसान लाभान्वित हुने बताए ।
  
    “बैंकले कर्जाबाट लिने नौ प्रतिशत व्याजमध्ये आठ प्रतिशत प्रदेश सरकारले व्यहोर्ने र बाँकी एक प्रतिशत व्याज सम्बन्धित कृषकले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ”, बैंकका निर्देशक पनेरुले भने, “चालू वर्षमा प्रदेश सरकारले कर्जा लिने किसानको व्याज भुक्तानीमा मात्रै रु तीन करोड व्यहोर्न लागेको छ ।” प्रदेशका सबै नौ जिल्लामा रहेका कृषि ज्ञान केन्द्र तथा भेटेनरी अस्पतालमार्फत प्रदेश सरकारले यो कार्यक्रम कार्यान्वयन गर्न लागेको जनाइएको छ । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x