×

NMB BANK
NIC ASIA

हवाई उडानलाई विकेन्द्रीकरण गरिन्छ : मन्त्री ढकाल

पुस २५, २०७७

NTC
Premier Steels

संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगरबाट लुक्ला लगायतका प्रादेशिक उडानका विषयमा विकेन्द्रीकरण गर्ने  बताएका छन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित पर्यटन  व्यवसायीका समस्या एवं छलफल कार्यक्रममा उनले निजगढ, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको भ्रमणपश्चात् यस सम्बन्धमा आवश्यक नीतिगत निर्णय गरी पहल गर्ने जानकारी दिए।
     
    मन्त्री ढकालले कोभिड महामारीले पर्यटन व्यवसायी धरासायी भएको सम्बन्धमा अवगत भएको बताउँदै उनीहरुलाई दुःख र अप्ठ्याराको समयमा अभिभावक छ भन्ने अनुभूति गराई सकारात्मक ढङ्गले समस्या समाधानमा प्रयत्न गर्ने विश्वास दिलाए । उनले वर्तमान सरकारले धार्मिक पर्यटनमा मुख्यरुपमा ध्यान केन्द्रित गरेको बताउँदै  पशुपतिनाथमा आउने भारतीय र लुम्बिनीमा आउने चिनियाँ पर्यटकलाई विश्वासिलो वातावरण पु¥याउन निजी क्षेत्रको सहयोगमा कार्य गर्ने धारणा राखे।
    
    मन्त्री ढकालले प्रदेश नं १ मा धार्मिक, ऐतिहासिक  र पुरातात्विक स्थानका धेरै ठाउँ अन्य क्षेत्रमा अगाडि रहेको छ भन्दै यसलाई विकाउ बनाउनका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले काठमाडौँ, पोखरा, सौराहाको तुलनामा यस क्षेत्रमा पर्यटक कम आउने आफूले अनुभव गरेको चर्चा गर्दै पर्यटकीय क्षेत्रमा उनीहरुको बसाई लम्ब्याउन आवश्यक पूर्वाधार निर्माणमा निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए । 
    
    छलफल कार्यक्रममा सङ्गठनका अध्यक्ष भीम घिमिरे, सङ्घका अध्यक्ष प्रकाश मुन्दडा, पर्यटन व्यवसायी भविष श्रेष्ठ, तुलसी पोखरेल, होटल व्यवसायी पुण्य भट्टराईले भारतीय पर्यटकको आवागमनका लागि व्यवस्थितरुपमा सीमा खोल्नुपर्ने, प्रादेशिक र छिमेकी राष्ट्रमा एटिआर विमानबाट उडान सञ्चालन गर्नुपर्ने, होटल व्यवसायीलाई बैंक व्याजमा सरकारले सहयोग उपलव्ध गराउनुपर्ने, सुनसरीको बराहक्षेत्रमा धार्मिक मेला सञ्चालन गर्नुपर्ने, भारतीय सवारी साधनमा  आएका पर्यटकलाई प्रहरीबाट हुने दुःख हटाउनुपर्ने लगायतका सुझावलाई समाधान गर्न आग्रह गरेका थिए ।
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x