सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ स्थित लोखरम टोलमा आज भएको आगलागीमा परी गाईगोठसहित तीन घर जलेर नष्ट भएको छ ।
स्थानीय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले उहाँको गाईगोठ पूर्ण रुपमा जलेको छ । अचानक लागेको आगोले सुतिहारको गाईगोठका साथै छिमेकी गोसाईं सुतिहार र कृष्णा सुतिहारको एक÷एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट नगदजिन्सी, खाद्यन्न, लताकपडालगायत रु १५ लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पीडितको भनाइ छ । यस्तै सोही आगलागीमा परि सात वटा पशुचौपाया जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
रासस