×

NMB BANK
NIC ASIA

नियतवश ‘लोडसेडिङ’ गरिए कारवाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

पुस २७, २०७७

NTC
Premier Steels

उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

Muktinath Bank

पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राविधिक वा मनोवैज्ञानिक रूपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउन आग्रह गरेको छ । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवम् पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रूपमा समाधान हुन नसक्दा गुनासो बढेको छ । 


Advertisment
Nabil box
Kumari

प्राधिकरणले विद्युत् भार कटौती इतिहास भएको र पुनः नदोहारिने बताइरहँदा पनि उपभोक्ताले त्यसलाई आत्मसात् गर्न नसकेपछि छलफल आयोजना गर्नुपरेको प्रधानमन्त्री कार्यालयको ठहर छ । छलफलमा समस्या समाधानका उपायको खोजी मात्र नगरी उपभोक्ताले उठाएका जायज माग एवम् आलोचनालाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइयो ।

Vianet communication

अनावश्यक रुपमा बिजुली काटिनाको पछाडि प्राविधिक समस्या हो वा अन्य कारण के हो भन्ने तथ्य पत्ता लगाएर तत्काल समाधानको उपाय खोज्नुपर्ने साझा निष्कर्ष समेत निकालिएको छ ।  

छलफलमा प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायत सहभागी थिए ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्राधिकरणको काठमाडौं उपत्यकाका १० वितरण केन्द्रका प्रमुख उपस्थित छलफलमा समस्या समाधानमा हरसम्भव उपाय अपनाउन र उपभोक्तालाई सहज रुपमा सेवा दिनका लागि अहोरात्र परिचालित हुन तथा गुनासोरहित काम गर्ने विषयमा प्रतिबद्धता व्यक्त भएको छ । 

मौसममा आउने खराबी तथा प्राविधिक कारणले पनि विद्युत् आपूर्ति अनियमित हुने प्राधिकरणको बुझाइ छ । वितरण प्रणाली स्वस्थ र गुणस्तरीय नहुँदा देखिने समस्या विगतमा पनि थियो, आज पनि रहन्छ र भोलि पनि हुन्छ भन्दै त्यसलाई न्यून गर्दै जाने प्राधिकरणको योजना छ । 

प्राधिकरणले प्रणाली सुधार तथा स्मार्ट मिटर र वितरण लाइनलाई भूमिगत गर्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाएको छ । ती काम पूर्ण रुपमा सम्पन्न भएपछि नियमित र गुणस्तरीय आपूर्ति हुने विश्वास लिइएको छ । 

प्राधिकरणको तथ्यांक अनुसार विद्युत् को माग सबैभन्दा बढी हुने काठमाडौंं उपत्यकामा गत मंसिरमा ३७ पटक छिनछिनमा बत्ती जाने (ट्रिपिङ) भएको छ । उपत्यका र आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ । गत वर्ष मंसिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो । 

सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्का खम्बा सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको  मर्मत सम्भारलगायत काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको प्राधिकरणको भनाइ छ । गत वर्ष मंसिरमा ती काम गर्न ४९१ पटक विद्युत् आपूर्ति बन्द (सट डाउन) गरिएकामा यस वर्ष ३६२ पटक मात्रै गरिएको छ । 

प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित/अघोषित रुपमा कटौती नगरिएको प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ । उनले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थानमा खम्बा तथा ट्रान्सफर्मर सार्नुपर्र्नेलगायत प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भए पनि त्यसलाई कम गरिएको जानकारी दिए ।

हालसम्मको तथ्यांक हेर्दा गत वर्ष पुसभन्दा यस वर्ष ट्रिपिङ कम भएको छ । विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिने कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ । उनले भने, ‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्‍यो भन्ने बुझेर डराउनुपर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।’

प्राधिकरणले ट्रिपिङ बढी हुने सबस्टेशनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्त सार्नेलगायत काम निरन्तर भइरहेको जनाएको छ । 

माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायत काम गर्दै विद्युत् आपूर्तिमा  सुधार गर्न प्राधिकरणले अहोरात्र काम गरिएको स्पष्ट पारेको छ । 

विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने एवं ट्रिपिङको समस्या समाधान गर्न विद्युत्को मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम भइरहेको छ । मर्मतसम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील रहेको जनाइएको छ ।  

प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका नदी करिडोरमा १३२ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने कामलाई पनि गति दिने भएको छ । विशेष गरी विष्णुमती तथा वाग्मती नदी करिडोरमा मोनो पोल  प्रयोग गरेर प्रसारण लाइन निर्माण गरिने छ । उपत्यकामा जग्गाप्राप्तिमा सबैभन्दा बढी समस्या भएकाले त्यसको सम्बोधनका लागि वैकल्पिक उपायको खोजी गरिने छ । 

प्रधानमन्त्रीका विकास विज्ञ थपलियाले नियतवश बदमासी गरेको भए प्राधिकरणका कर्मचारीलाई कारवाही गर्न निर्देशन दिए । प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा वितरण केन्द्रका प्रमुख समेत नयाँ भएकाले पनि संक्रमणकाल जस्तो देखिन गएको जनाउँदै उनले केही कर्मचारीले बदमासी गरेको सूचनासमेत आएकाले उनीहरूलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरे ।

उनले नागरिकका तहबाट गुनासो नआउने गरी काम गर्न प्राधिकरणका कामु कार्यकारी निर्देशक एवम् वितरण केन्द्रका प्रमुखलाई अनुरोध गरे । प्रधानमन्त्रीका तहबाट गर्नुपर्ने सबै काम र सहयोग हुने आश्वासन दिँदै उनले भने, ‘नागरिकले सहज रूपमा सेवा पाउनुपर्‍यो, त्यसका लागि केकस्ता उपाय अपनाउने भन्नेबारे व्यक्तिगत रुपमा वा संस्थागत रूपमा पनि भन्न सक्नुहुन्छ ।’

प्रधानमन्त्री कार्यालयका सचिव ज्ञवालीले उपभोक्तालाई गुनासोरहित सेवा प्रदान गर्नका लागि अपनाउनुपर्ने सबै उपायको खोजी गर्न प्राधिकरणलाई निर्देशन दिए । उनले प्राविधिक समस्या भए त्यसको निराकरणका लागि तत्काल लागिपर्न र नीतिगत तथा कानूनी प्रश्न भए त्यसको निरुपणमा आफूहरुले सहजीकरण गर्ने बताए ।

उनले उपभोक्ताले कुनै पनि गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न र उनीहरूलाई सही सूचना पुर्‍याउने संयन्त्रको विकास गर्न निर्देशन दिए । उनले भने, ‘मातहतका कर्मचारीमा ‘अर्जेन्सी फिल’ भएको छैन भने त्यसलाई सम्बोधन गरेर अगाडि बढ्नुस् । कर्मचारीलाई इन्सेन्टिभ दिनुस् । गुनासो सम्बोधन गर्न मेहनत गर्नुपर्ने पनि हुन सक्छ । त्यसमा ध्यान दिनु आवश्यक छ ।’

उनले उपभोक्ताबाट प्राप्त गुनासोलाई सम्बोधन गर्ने उपयुक्त संयन्त्रको खोजी गर्नसमेत प्राधिकरणलाई निर्देशन दिए । उनले थप जोड दिएर भने, ‘गुनासोलाई सामाजिक सञ्जालमार्फत वा वेबपेजलाई थप प्रभावकारी बनाएर सम्बोधन गर्नुपर्ने भए पनि त्यसमा ध्यान दिनु जरुरी छ ।’

सामाजिक सञ्जालमा आउने महत्त्वपूर्ण विषयलाई महत्त्वका साथ संयन्त्र बनाएर सम्बोधन गर्न उनले आग्रह गरे । बजेट, नीति तथा कार्यक्रमले सम्बोधन गर्ने विषय भए आफूहरुले नै गर्ने जनाउँदै सचिव ज्ञवालीले गुनासो आएकै बेलामा सेवालाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

ऊर्जा सचिव घिमिरेले उपभोक्ताको गुनासोलाई मार्गदर्शन मान्दै समस्या समाधानमा निरन्तर परिचालित हुन प्राधिकरणलाई निर्देशन दिए । उपभोक्ताबाट आउने गुनासो सम्बोधन गर्न कुनै पनि कन्जुस्याइँ गर्न नहुने उनको भनाइ थियो । – रमेश लम्साल/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x