बाइडेनलाई कसले गराउँदैछ शपथ ?

अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ बुधबार हुँदैछ । अबको केही घण्टामा अमेरिकी मुख्य न्यायाधीश जोन जी रोबर्टले उनलाई पद तथा गोपनीयताको शपथ दिलाउनेछन् । त्यसपछि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 जसमा उनले राष्ट्रपतिमा आफूलाई निर्वाचित गराउने मतदातालाई धन्यवादका साथै आफ्नो योजनाहरु संक्षिप्तमा राख्ने बताइएको छ । त्यसपछि उनलाई सैन्य टुकडीले सम्मान गर्नेछ ।

यस्तै गायिका लेडी गागाले राष्ट्रिय गीत गाउने कार्यक्रम पनि रहनेछ भने अन्य सांगीतिक प्रस्तुती समेत राखेर शपथ समारोहलाई थप भव्य बनाइँदैछ ।


Advertisement

त्यसपछि ह्वाइट हाउसतर्फ लाग्नेछन् । शपथ ग्रहण समारोहमा डोनाल्ड ट्रम्पको सहभागिता रहनेछैन । उनको साटो उपराष्ट्रपति माइक पेन्स सहभागी हुने बताइएको छ । यस्तै पूर्वराष्ट्रपति बिल क्लिन्टल, जर्ज डब्लू बुस र बाराक ओबामा पनि सहभागी हुनेछन् ।

 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्