चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने समयसीमा पर धकेलिँदै गएको छ ।
ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यो आयोजना प्रभावित बनेको हो ।
४५६ मेगावाटको आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०६७/६८ मा शुरू भएको थियो ।
आव ०७६/७७ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि आयोजनाको निर्माण कार्य अझैसम्म सकिन सकेको छैन ।
यद्यपि अब आयोजना निर्माण सम्पन्न गर्ने काम अन्तिम चरणमा रहेको भन्दै छिट्टै परीक्षण गर्ने तयारीमा रहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठ बताउँछन् ।
छिट्टै आयोजना निर्माण सम्पन्न हुने भनिए पनि कहिले हुन्छ भन्ने अहिलेसम्म टुंगो भने लाग्न सकेको छैन ।
आयोजना अनिश्चित !
आयोजना निर्माणको समयसीमा नाघिसक्दा समेत यो आयोजना अनिश्चित छ । यसै आर्थिक वर्षमा निर्माण सम्पन्न हुने र परीक्षण समेत हुनेमा अझै शंका छ ।
कोरोना महामारीका बीचमा पनि काम गरेको भएपनि केही काम अझै नसकिएकाले आयोजनाबाट विद्युत् उत्पादन प्रक्रिया तत्कालका लागि अनिश्चित बनेको हो ।
कोरोना महामारीको न्यूनीकरण तथा रोकथामका लागि सरकारले गत वर्ष २०७६ चैत्र ११ गतेदेखि करीब ६ महिनासम्म मुलुकभर ‘लकडाउन’ गरेको थियो ।
लकडाउनको समयमा सामान ढुवानी गर्न नसकिँदा आयोजनाको काममा ढिलाइ भएको सीईओ श्रेष्ठ बताउँछन् ।
लोकान्तरसँग उनले भने, ‘हामीले आयोजना अब त सक्छौं भन्दै गरेका थियौं, तर कोरोना महामारी आइहाल्यो ।’
ठेकेदार कम्पनीको ‘धोका’
नेपालमा ठेकेदार कम्पनीका कारण आयोजना अलपत्र पर्ने समस्या धेरै अघिदेखिको हो । ठेकेदार कम्पनीहरूले सकेसम्म त काम नै नगरिदिने तथा गरिहाले पनि ढिलासुस्ती गर्ने गरेको पाइन्छ ।
स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पनि ठेकेदार कम्पनीका कारण प्रभावित हुन पुगेको छ ।
आयोजनाको निर्माणका लागि भारतको टेस्माको रेल एन्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले ठेक्का पाएको थियो ।
सोही कम्पनीले ‘धोका’ दिँदा समयसीमा सकिएको डेढ वर्षसम्म पनि आयोजना सम्पन्न हुन नसकेको आयोजनाका कर्मचारीहरू बताउँछन् ।
‘कोरोना महामारी त एक बहाना मात्र हो, शुरूदेखि नै ठेकेदार कम्पनीले ढिलासुस्ती गरिरह्यो, जसको परिणाम आज देखिन थालेको छ,’ आयोजनाका एक कर्मचारीले लोकान्तरसँग भने ।
कोरोना महामारीका बीचमा केही समस्या देखिएपनि समयमा काम सम्पन्न हुन नसक्नुमा ठेकेदार कम्पनीकै दोष रहेको उनी बताउँछन् ।
उनले लोकान्तरसँग भने, ‘बाहिर जे भनिएको छ, त्यो पनि हुन त प्रमुख कारणमध्येकै होला, तर वास्तवमा ठेकेदार कम्पनीले काम गरेकै छैन ।’
ठेकेदार कम्पनीले सामान दिन नसक्दा आयोजना सम्पन्न हुने समय अनिश्चित बन्दै गएको उनले सुनाए ।
महाभूकम्प तथा नाकाबन्दी पनि ढिलाइको कारण
२०७२ वैशाख १२ गते आएको महाभूकम्प तथा त्यसको केही समयपछि भारतले लगाएको नाकाबन्दीका कारण पनि आयोजनाको काम प्रभावित बनेको थियो ।
आयोजनाका सीईओ विज्ञानप्रसाद श्रेष्ठ काममा ढिलाइ हुनुमा महाभूकम्प तथा नाकाबन्दी पनि कारण रहेको बताउँछन् ।
‘काममा ढिलाइ हुनुमा भूकम्प तथा त्यसपछिको नाकाबन्दी पनि प्रमुख कारण हो,’ उनले थपे, ‘बनाइसकेका संरचना भत्किएर पुनः बनाउनुपरेको थियो भने नाकाबन्दीमा पनि सामान ढुवानी गर्न समस्या भएको थियो ।’
नीतिगत काममा झञ्भटैझञ्झट
सरकारकै संलग्नतामा बन्न लागेको आयोजनामा नीतिगत अल्झन पनि उस्तै रहेको सीईओ श्रेष्ठ बताउँछन् । सरकारले आयोजनालाई हेर्ने दृष्टिकोण नबदलिएको भन्दै उनले काम गर्ने समयमा नीतिगत समस्या पनि निकै भएको गुनासो गरे । उनले भने, ‘हामीलाई निजी आयोजना जसरी सिंहदरबारले हेर्यो, समस्याहरू धेरै नै आएका थिए ।’
परीक्षण गर्ने समय सरेको सर्यै
आयोजनाले समयमै काम सम्पन्न गर्न नसक्दा यसको परीक्षण गर्ने समय सरेको सर्यै भएको छ । शुरूमा आयोजनाले गत साउनमा नै परीक्षण गर्ने लक्ष्य राखेको थियो ।
कोरोना महामारीका कारण भन्दै पछि कात्तिकमा परीक्षण गर्ने तयारी भइरहेको आयोजनाका कर्मचारीहरूले बताएका थिए । त्यो समय मंसिर, पुस हुँदै माघसम्म नै आइपुग्यो । यद्यपि काम ज्यूँका त्यूँ छ । अर्थात् अझै यो समय कति परसम्म धकेलिन्छ भन्ने कुरा आयोजनालाई नै थाहा छैन ।
आयोजनाका सीईओ श्रेष्ठ चैतसम्ममा परीक्षणको काम गर्न सकिन्छ कि भन्ने रहेको तर यकिन भन्न सक्ने अवस्था नरहेको बताउँछन् ।
उनका अनुसार, भारतीय ठेकेदारले सामान ढुवानी गर्न नसक्दा काम अड्किएको हो ।
अहिले सबै एक्सपान्सन जोइन्टको काम बाँकी रहेको भन्दै त्यसका लागि काम भइरहेको उनले बताए । ‘नयाँ विकल्पका साथ काम गर्ने तयारी भइरहेको छ, सामान कसरी हुन्छ ल्याउने कोशिश गरेका छौं,’ उनले भने ।
उनले चैत महिनासम्ममा परीक्षण सकिए वैशाखमा विद्युत् उत्पादन हुन सक्ने बताए ।
खर्च बढेको बढ्यै
आयोजना सम्पन्न हुने समय लम्बिँदै जाँदा खर्च पनि बढ्दै गएको छ ।
सरकारले पन्ध्रौं पञ्चवर्षीय योजना सार्वजनिक गर्दै यस आयोजना करीब ४९ अर्ब २९ करोड लागत (निर्माण अवधिको ब्याजबाहेक)मा सम्पन्न हुन सक्ने बताएको थियो । यद्यपि अहिले यो रकम बढेको छ ।
‘समय जति लम्बिँदै गयो उति नै आर्थिक भार बढी पर्दै गएको छ’, आयोजनाका एक कर्मचारीले भने । उनका अनुसार अहिले आयोजनामा करीब ७५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
यो आर्थिक वर्षमा पनि काम सम्पन्न नभए खर्च झन् बढ्ने ती कर्मचारी बताउँछन् ।
यता आयोजनाका सीईओ श्रेष्ठ हालसम्म करीब ५०/५२ अर्ब मात्रै खर्च भएको बताउँछन् ।
लोकान्तरसँग उनले भने, ‘ब्याज धेरै भइरहेको छ, अन्य खर्च त उतिखेरको अमेरिकी डलर र अहिलेको डलर फरक भएकाले लागत फरक देखिएको हो ।’
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...