चैत ३, २०७९
कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित ...
रुघा लाग्दा हुने बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ । जसका लागि यी टिप्स लाभदायक हुनसक्छ
बाफ
पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुस् र दुई मिनेपछि त्यो पानीको बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने बन्द नाकमा धेरै राहत पाउनुहुन्छ ।
कागती चिया
कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने पनि नाक खुल्छ ।
सर्स्युँको तेल
एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुस् अनि त्यसका केही थोपा नाकमा हाल्नुस् । नाक खुल्छ ।
नूनपानी
पानीमा नून हालेर घोल बनाउनुस् र त्यो घोलले नाक धुनुस् । त्यसो गर्दा नाकमा भएका ब्याक्टेरिया र भाइरस सकिन्छन् र नाक खुलेर आराम पाइन्छ ।
नाक सेक्ने
एउटा सफा रुमाल तातो पानीमा हाल्नुस् र त्यसलाई बन्द नाकमा राखेर सेक्नुस् । यसो गर्दा आराम अनुभव गर्नुहुनेछ ।
तुलसीको पात
बन्द नाक खुलाउन तुलसीको पात खाँदा पनि काम गर्छ ।
मह
महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ । एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुस् ।
नीलगिरीको तेल अनि लसुनको सूपले पनि बन्द नाक खुलाउँछ ।
कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित ...
२ दिने ‘साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलन’ आजबाट काठमाडौंमा शुरू भएको छ । होटल हायातमा जारी सम्मेलनमा विभिन्न देशका अन्तराष्ट्रियस्तरका विज्ञ सहभागी छन् । साफिस दक्षिण एसिय...
कोरोना भाइरसका सक्रिय संक्रमित फेरि बढ्न थालेका पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय संक्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैन...
जापानी नागरिक डा. युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेकी छ । दाङ तुलसीपुरमै मधुमेह रोगबारे ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी उनले सिकलसेलबारे अ...
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आवश्यकताभन्दा बढी नून खानुलाई खतरनाक भनेको छ । संगठनको रिपोर्टअनुसार बढी नून खानु ज्यानमारा हुनसक्छ । यसले विभिन्न खाले रोगलाई निम्त्याउने संगठनको चेतावनी छ । विश्व स्वा...
क्यान्सर शरीरको जुनसुकै अंगमा हुन सक्छ । र, जुनसुकै उमेरका मानिसमा पनि हुन सक्छ । यसैले यस रोगबारे सधैँ सचेत हुन आवश्यक हुन्छ । क्यान्सरबाट बच्नका लागि यस्ता खाद्यपदार्थको प्रयोग गर्नु लाभदायक हुन्छ : लसुनमा भ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...