×

NMB BANK
NIC ASIA

व्यंग्य

[व्यंग्य] डाक्टरको बिगबिगी

माघ २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel
  • लक्ष्मण गाम्नागे

तथाकथित पढे–लेखेका मान्छेहरू जस्तै म पनि यो देशलाई अविकसित, पिछडिएको, गरीब र दक्ष जनशक्तिहीन राष्ट्र भन्ने गर्थें । तर मेरो यो अन्धविश्वास विगत ३–४ महिनादेखि क्रमशः खण्डित हुँदै आएको छ ।

Muktinath Bank

जब मेरो छोरो जन्मियो, त्यसपछि मेरी पत्नी र नवजात शिशुले हाम्रा धेरै छिमेकी दिदी, बहिनी, आमा, हजुरआमा र आन्टीहरूबाट जुन डाक्टरी सेवा र सल्लाह पाएका छन्, त्यसपछि नै मेरो नेपाललाई हेर्ने दृष्टिकोण फराकिलो र आशावादी भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राकृतिक स्रोतसाधन, खानी, जडिबुटी, जलस्रोत र वनजंगलहरू जस्तै नेपालमा दक्ष, अर्धदक्ष डाक्टरहरूको अपार भण्डार भएको रहस्य बल्ल मैले थाहा पाएँ । मलाई विश्वास छ, विश्वमै नेपालजस्तो कुनै देश नहोला, जहाँ घरैपिच्छे २–४ जना डाक्टर हुन् । चिकित्सा जगत्मा नेपाल विश्व रेकर्ड कायम गर्न सफल रहेछ भन्ने रहस्य खुलेपछि मेरो छाती गौरवले सगरमाथा भएको छ ।


Advertisment
Nabil box
Kumari

आउनुस् मेरो घरमा, म तपाईंलाई मेरो घर वरिपरिका दसौं, बीसौं जना डाक्टर दिदी, बहिनी, हजुरआमा, काकी र आन्टीहरूसँग परिचय गराइदिन्छु । वास्तविक नाम थाहा नभए पनि मेरो छोराको नाताले परिचित भएका यी सबै डाक्टरहरू मेरो छोराको डाक्टरी तथा नर्सिङ सेवामा अहोरात्र खटेका छन् ।

Vianet communication
Laxmi Bank

कोही घरमै आएर उपचार गर्छन् – होम सर्भिस । कोही आ–आफ्ना घरका छतबाट मौखिक सल्लाह दिएर उपचार गर्छन् । कोही बाटो हिँड्दा–हिँड्दै अडिएर उपचारीय पद्धति बताएर बाटो लाग्छन् । अझ कतिपय त घरमा आएर दिनभरि नै बस्छन्, चियाखाजा कस्छन् र बच्चाको अपरेसन नै गरुँलाझैं गर्छन् ।

साँच्चिकै डाक्टरी पढेका डाक्टर बज्जेलाई देखाउनुपरेको भए मेरो हजारौं रुपैयाँ दाम हजम भइसक्थ्यो हो, धन्य यी स्वयंसेवी नेपाली डाक्टरहरू निःशुल्क काम गरिरहेछन् । धन्य छन् यी नेपाली डाक्टरहरू ! यो राष्ट्रका गौरवहरू ! गिनिज बूकमा लैजानुपर्ने मेरो देशका विश्व रेकर्डहरू ! 

मेरो बच्चाको उपचार कसरी शुरू भयो भन्ने कथा तपाईंलाई रोचकै लाग्ला । नलागे पनि तपाईंले सुन्नै पर्छ ।

बच्चो र बच्चाकी माउलाई अस्पतालबाट लिएर जब म घर आउँदै थिएँ, बाटैमा भेट भयो, डाक्टर सेतो घरकी हजुरआमासँग । उनले सोधिन्, ‘छोरो कि छोरी ?’ मैले छोरो भन्नासाथ डा. हजुरआमाले लामो लेघ्रो तानेर भनिन्, ‘ती, म त भन्दै थिएँ नि, पाटन अस्पताल लग्यो भने छोरै हुन्छ भनेर । मेरो छोराले भनेको नमानेर प्रसूती लग्यो, छोरीमाथि छोरी थप्यो । ठूलाले भनेको पनि सुन्नुपर्छ क्या बाबु ! ल है, बाबु, अलि गुट्मुट्याएर, गुम्स्याएर राख्नू ! १० दिनसम्म घाम देखाउनु हुन्न, दाउरा बालेर अलि बेस्कन सेकताप गर्नुपर्छ । छोरीलाई जस्तो हेलचक्र्याइँ गर्नु हुँदैन नि छोरालाई त ! जे भए पनि कुल थाम्ने छोरो पो त !’

डा. सेतो घरकी हजुरआमाको महत्त्वपूर्ण सल्लाह लिएर हामी घरमा पस्न लाग्दा हामीलाई स्वागत गर्न आइपुगिन् डा. तेल लगाउने दिदी ।

‘औंसीका दिन जन्मेको, धन्न छोरै भएछ र मात्रै । नत्र त बित्यासै पर्ने नि !’ आफ्नै छोराको बिहेमा जस्तो राम्रैसित फर्‍याक् र फुरुक् गर्दै डा. तेल लगाउने दिदीले बच्चो समातिन् । उनले आफ्नो डाक्टरी विद्या तुरुन्तै प्रकट गरिहालिन् – ल हेर, आँखामा चिसो लागेर बर्बादै भएछ । अस्पताल त भन्नु मात्रै हो, केही जान्दैनन् । तोरीको तेल तताएर लगाउनुपर्छ, भरेसम्ममा ठीक हुन्छ । डा. तेल लगाउने दिदी तेल तताउन भान्सातिर पस्तापस्तै टुप्लुक्कै आइपुगिन् डा. उता घरकी आन्टी ।

डा. उता घरकी आन्टी टोलमा अलि नमिल्ने खालकी छुच्ची डाक्टर हुन् । उनले हाम्रो छोराको अनुहार काटीकुटी आमाचाहिँ सँग मिल्ने कुरा बताउँदा बच्चाकी आमाको अनुहार उज्यालो भयो । उनले बच्चालाई टाउको, जीउ र कानमा बेस्कन तेल घसेर भुङ्ग्रोमा सेकाउने सल्लाह दिइन् । आँखामा तेल हाल्न ठिक्क परेकी डा. तेल लगाउने दिदीलाई डा. उता घरकी आन्टीले सातोपुत्लो खाइन् । बच्चाको आँखामा तेल होइन, बरु गाजल लगाएर ठीक पार्ने उनको चिकित्सापद्धति रहेछ ।

कानमा तेल लगाउने कुरामा डाक्टरले मनाही गरेको कुरा बच्चाकी आमाले झिनो स्वरमा भनेपछि ‘डाक्टरका कुरा सुन्न थाल्यो भने त बच्चा ठाडै मर्छ । कस्ताकस्ता नक्कली डाक्टर छन् अचेल, तिमीलाई के था ! उहिलेउहिले जस्तो हो र !’ भन्दै डा. उता घरकी आन्टीले सुत्केरीलाई उल्लू बनाइन् र बाटो लागिन् ।

डा. दालमोठ बनाउने दिदी पनि हाम्री छिमेकी हुन् । उनको भनाइमा हाम्रो छोराको अनुहार ठ्याक्र्याक्कै मेरो (बाउको) जस्तो रहेछ । कुरा सुनेर म दंग परें । उनको सल्लाह अनुसार हामीले बच्चाको न्वारानस्वारान नपर्खिकनै उसलाई घाममा लगेर तेल घस्न थाल्यौं । त्यो देखेर डा. सेतो घरकी हजुरआमाले छतमाथिबाट हामीलाई नराम्ररी झपारिन् ।

‘यी आजकलका अल्लारेहरूलाई राम्रो कुरा सिकाउनु पनि हुँदैन । न्वारान नगरी त्यो बच्चालाई किन घाममा ल्याएका होलान् । एसै त औंसीका दिनमा जन्म्या छ, त्यो पनि अलि रुढीबुढी, धर्मकर्ममा ध्यान नदिएपछि के–के अनिष्ट हुने हो ।’

डा. सेतो घरकी हजुरआमाको गाली सुन्नासाथ बच्चालाई गुटमुट्याएर हामीले तल झार्‍यौं । बच्चालाई घरभित्र हुल्न नभ्याउँदै डा. लामो चुल्ठो बाट्ने भाउजू हस्याङफस्याङ गर्दै बच्चाको उपचार गर्न आइपुगिन् । उनले सेतो घरतिर धारे हात लगाउँदै डा. सेतो घरकी हजुरआमालाई बोक्सी बूढीको आरोप लगाइन् । धन्य हजुरआमा कान कम सुन्ने भएर मात्रै नत्र उत्तिखेरै दोहोरो भीडन्त प्रारम्भ हुने थियो ।

डा. लामो चुल्ठो बाट्ने भाउजूका अनुसार बूढीले देख्ने गरी हामीले बच्चालाई छतमा लगेर ठूलो अपराध गरेको ठहर भयो । त्यसमा पनि निधारमा कालो टीको पनि नलगाई छतमा लानाले र बूढीले देख्ने गरी दूध चुसाउनाले गर्दा अब हामीले ठूलै अनिष्ट पर्खेर बस्नुपर्ने उनको चेतावनी आयो । हामी डरले थर्कमान भयौं ।

डा. लामो चुल्ठो बाट्ने भाउजू गएपछि डा. उता घरकी आन्टीले डा. लामो चुल्ठो बाट्ने भाउजू र डा. सेतो घरकी हजुरआमाका परिवारबीच पुस्तौंदेखिको झगडा र मुद्दा–मामिला चलिरहेको हुँदा उतिसारो डराइहाल्नु नपर्ने कुरा बताएपछि हामी केही आश्वस्त भयौं ।

हामी आश्वस्त हुँदा नहुँदै भित्र बच्चो कहालिइकहालिई रुन थाल्यो । हामी अत्तालिँदै भित्र पस्यौं । डा. तेल लगाउने दिदी हाम्रो बच्चालाई भकुन्डो फालेजस्तो आकाशतिर फाल्दै समात्तै गर्दै रहिछन् । आकाशतिर बच्चो फालेको मौकामा मैले बच्चो च्याप्प समातेर डा. तेल लगाउने दिदीलाई हप्काएँ ।

उल्टै उनले त हाम्रो बच्चालाई तेलसेल नलगाउने, झन् राम्रो गर्न खोज्दा गाली गर्ने भनेर रिसाएर हिँड्न पो खोजिन् । बच्चालाई किन त्यसो गरेको भनेर सोध्दा उनले भनिन्, ‘यो त व्यायाम गराएको पो त ! यसो गर्दा बच्चा निडर र पराक्रमी हुन्छ । कहिल्यै बच्चा नपाउनेलाई के थाहा यस्तो कुरा !’

हाम्रो विवाद भइरहेकै बेला डा. माइली भाउजू आइपुगिन् । डा. माइली भाउजू कलेजमा समाजशास्त्र पढाउँछिन् । उनी आइपुग्दा हाम्रो विवाद कायमै थियो । डा. माइली भाउजूको चिकित्सकीय पद्धतिअनुसार बच्चालाई त्यसरी उफार्दा बच्चाको सातो एकातिर पुत्लो अर्कैतिर जान सक्ने रहेछ । जान सक्ने मात्र होइन, बच्चाको नीलो भएको अनुहारको अध्ययनबाट बच्चाको सातो उडिसकेकाले डा. अछेता फुक्ने काकाकोमा पुर्‍याउने निष्कर्ष निस्कियो ।

नेपाली डाक्टरहरूको चिकित्सापद्धति अनुसार न्वारान नगरेको बच्चालाई घरबाहिर लैजान नमिल्ने भएकाले डा. माइली भाउजू तुरुन्तै हिँडिहालिन् डा. अछेता फुक्ने काकालाई लिन ।

डा. अछेता फुक्ने काका आइपुग्दा बच्चो आनन्दले निदाइरहेको थियो । सातो उडेकाले बच्चो त्यसरी लठ्ठ भएको हो भन्ने निष्कर्ष निकाल्दै डा. अछेता फुक्ने काकाले कुखुराको अन्डामा अबिर दलेर फुकफाक गरी दोबाटोमा फाल्न लगाए । कुचाले बच्चालाई बढार्न खोजेजस्तो गरे । साँच्चिकै बच्चोको सातो उडेको थियो कि थिएन पत्तो नभई बच्चो निको भयो ।

डा. माइली भाउजूले एउटा जौडे ओखती ल्याएकी रहिछन् । १२ वर्ष पुरानो कालो गाईको शुद्ध घिउ ! त्यो शुद्ध घिउमा अदुवाको रस र कपुर मिसाएर चिसो लाग्दा दलिदिने ओखती बनाइदिइन् । त्यो घिउ तताउँदा गनाएको भान्सा कोठामा आज ४ महिनापछि पस्ता पनि मलाई उल्टी हुन खोजिरहेको छ । त्यही ओखती दलीदली मेरो छोरो पनि ठूलो हुँदैछ । शरीरको वजन नबढे पनि उमेर त बढ्दै छ नि !

छोरो त्यति सजिलै ४ महिनाको कहाँ भा हो र ! त्यसबीच डा. हाम्री आमा, डा. उताकी आन्टी, डा. सेतो घरकी हजुरआमा, डा. माइली भाउजू, डा. तेल लगाउने दिदी, डा. ढ्याङ्ग्रो ठोक्ने झाँक्री, डा. चिना हेर्ने ज्योतिषी, डा. थाङ्ना धुने आमै, डा. दालमोठे दिदी आदि थुप्रै चिकित्सकहरूबीच भएका अनेक वादविवाद र प्रतिस्पर्धी चिकित्सकीय प्रणालीको शिकार हुँदै अन्त्यमा निमोनियासम्म पुगेर, एउटा नर्सिङ होममा १ हप्ता डेरा सरेर, १०–२० हजार रुपैयाँ दाम चिलिम पारेर ऊ यो स्थितिमा आइपुगेको हो । नर्सिङ होम पनि कस्तो फेला परेछ भने ३ महिनाका बच्चाको दिसा, पिसाब, खकार, र्‍याल, सिँगान, रगत सप्पै जाँचेर एक्सरे गरेपछि बल्ल निमोनिया पत्ता लगाउने ।

मैले जचाउनुपर्ने कुराहरूको लिस्ट श्रीमतीलाई देखाउँदा उनले भनिन्, ‘धन्य बच्चाको वीर्यचाहिँ जचाउनुपर्छ भनेनछ, बच्चालाई जिउँदै फर्काउन पाइन्छ कि क्या हो !’

नभन्दै बच्चालाई जिउँदै फर्काइयो । अहिले मेरो छोरो एकातिर हाम्रा छिमेकी डाक्टरहरू र अर्कोतिर नर्सिङ होमको पसल थापेर बसेका डाक्टरहरूको चपेटामा परेर कछुवाको गतिमा बढ्दैछ ।

छोरो मोरो बढोस् कि नबढोस्, मलाई कुनै चिन्ता छैन, बरु मलाई ता बडो आनन्द र गर्वको अनुभव भइरा’छ, कमभन्दा कम मेरो देश साबुन, सलाई, नेता र डाक्टरमा त आत्मनिर्भर भएछ ! आहा क्या आनन्द ! क्या गर्व !

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x