×

NMB BANK
NIC ASIA

सत्ता सहकार्यको प्रस्ताव पाएका देउवाले भने– 'नेकपाको झगडा के हुन्छ, हामीले त्यो हेर्नुपर्छ'

फागुन १२, २०७७

NTC
Premier Steels

नेकपा प्रचण्ड-नेपाल पक्षबाट सत्ता सहकार्यको प्रस्ताव पाएका कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरूले नेकपाको झगडालाई ध्यानपूर्वक हेरिरहेको बताएका छन् ।

Muktinath Bank

नेकपा हालसम्म नफुटेको र उनीहरू फेरि मिलेमा के हुन्छ भन्ने कुरामा कांग्रेसको ध्यान रहनुपर्ने उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसका तराई-मधेशका प्रभावशाली नेता स्वर्गीय महेन्द्रनारायण निधिको जन्मजयन्तीको अवसरमा बुधवार राजधानीमा आयोजित कार्यक्रममा देउवाले भने–


Advertisment
Nabil box
Kumari

'सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनर्स्थापित गरेपछि अब नेकपाको झगडा के हुने हो? उहाँहरू अहिलेसम्म पनि चुनाव चिह्नको झगडामा लाग्नुभएको छ । नेकपा अहिलेसम्म फुटेको छैन । उहाँहरू मिल्नुभयो भने के हुन्छ ? त्यो कुरातर्फ पनि कांग्रेसले ध्यान दिनुपर्छ ।'

Vianet communication

उनले थपे– 'सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरिसकेपछि प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउनुहोला, तर ओलीले त्यतिकै छोडिदिनुभयो भने त्यो प्रस्ताव नआउन पनि सक्छ ।'

प्रधानमन्त्रीले शान्तिपूर्ण तबरले सत्ता हस्तान्तरण गर्नुपर्ने देउवाले बताए । आफूहरू पुन: प्रतिपक्षमा रहनुपरे पनि सशक्त भूमिका खेल्ने उनको भनाइ थियो ।

'संसद्मा नेपाली कांग्रेससँग यति कम सिट छ कि हामी न त पक्ष नै हुन सक्छौं, न त विपक्ष नै,' देउवाले भने, 'तर संसद्मा अब यदि विपक्षमै बस्नुपर्ने भयो भने पनि सशक्त भूमिका निर्वाह गर्नुपर्छ ।'

शुरूमै स्टे अर्डर जारी नगरेकाले शंका भएपनि अहिले सर्वोच्चले गरेको फैसला लोकतन्त्रको पक्षमा रहेको देउवाले बताए ।

अदालतले लोकतन्त्र, जनता र न्यायको पक्षमा फैसला गरेको पनि उनले बताए । उनले आफ्नै पार्टीमा पुरानो झगडा रहेको बताए ।

'नेकपाको झगडा जस्तै हाम्रो पार्टीमा समेत झगडाको धेरै पुरानो रोग छ । अब के गर्ने, कसरी अगाडि बढ्ने भन्ने कुराका लागि पार्टीको बैठक बसेर निर्णय गर्नेछौं,' देउवाले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x