×

NMB BANK
NIC ASIA

हामी गरीब छौं तर मनका धनी छौं, सरकारले सबैमा कोरोना खोप पुर्‍याउँछ : केपी ओली

फागुन १७, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् ।

Muktinath Bank

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको सोमवार पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उनले संघीय सरकारले सात प्रदेशमार्फत र प्रदेश सरकारले ७५३ स्थानीय तहमार्फत विकासका प्रयासलाई अघि बढाउने बाटो लिएको बताए ।
    
विकासका लागि स्वस्थ राजनीति र आर्थिक क्रियाकलाप, भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, जनतालाई सेवासुविधा सहज र सुलभ ढंगले अत्यधिक मात्रामा पुर्‍याउँदै जनताका मौलिक हकको कार्यान्वयनको उद्देश्य लिइएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘३ वर्षे समयावधिमा विकास निर्माणका धेरै कामले गति लिएको छ, यस अवधिमा परिवर्तित संरचनानुसार पूर्वाधार विकास एवं कानून निर्माणका काम अघि बढेको तथा शक्तिको बाँडफाँट समुचित रूपमा गर्दै संविधानसँग बाझिएका कानूनलाई संशोधन गरी नयाँ संविधान एवं कानूनअनुसार समयानुकूल बनाइएको छ,’ उनले भने । 
    
राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले ‘म खाऊँ मै लाऊँ’ भन्ने भावना त्याग्दै दृढताका साथ राष्ट्र निर्माणका अभियानमा जुट्न सबैमा आग्रह गरे । सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्नका लागि सुशासन र विकासको बाटालाई अघि बढाइएको तथा शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा विकास बढेको बताए ।
    
२ छिमेकी मुलुक भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशले पर्यटनसहित कृषिका धेरै सम्भावना बोकेको बताउँदै प्रधानमन्त्रीले यहाँका कास्कीसहित तनहुँ, स्याङ्जालगायत जिल्ला कृषिको आधुनिकीकरणमा नमूनाउन्मुख बनेको बताए । ‘फेवातालमा माछापुच्छ«े प्रतिविम्बित हुने मात्र हैन, यहाँ धेरै कुरा प्रतिविम्बित हुन्छन्, हाम्रा भविष्यका सपना प्रतिविम्बित हुन्छन्,’ उनले भने । 
    
सरकारले सबै नागरिकलाई पुग्ने गरी खोप ल्याउन लागेको तथा त्यसलाई सबैमा पुर्‍याइने विश्वास व्यक्त गरे । ‘हामी गरीब छौं तर मनका धनी छौं, कोभिडविरुद्ध सफलता प्राप्त गर्ने विश्वका एक प्रतिशत देशभित्र हामी पनि परेका छौं,’ उनले भने, ‘हामीले आराम कम, थकाइ कम र काम बढी गरेका छौं ।’
    
संयुक्त राष्ट्रसंघले नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा सिफारिश गरेको बताउँदै उनले अन्य सूचकांकमा पनि नेपाल अघि रहेको र सन् २०३० अघि नै दिगो विकासको लक्ष्य हासिल गरिने दृढता व्यक्त गरे ।
    
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार समग्र प्रदेशको समृद्धि र विकासको लक्ष्यका साथ अघि बढिरहेको बताए भने भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले ३ वर्षे अवधिमा विकासका जग निर्माण भएको तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने सन्दर्भमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना गरिएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्रतिष्ठानको ३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागतमा ४ हजार ९६४ वर्गमिटर क्षेत्रफलमा सुविधासम्पन्न र अत्याधुनिक चारतले भवन निर्माण गर्न लागिएको हो । – वासुदेव पौडेल र कृष्ण दवाडी/रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x