सावधान ! कतै तपाईंले मिठो मानेर खाइरहेको खानेकुराले नस्ट गरिरहेको त छैन इम्यून सिस्टम ?

हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि शरीरको इम्यून सिस्टमलाई बलियो बनाउनु आवश्यक हुन्छ ।  

हामीले आफ्नो शरीरलाई इम्यून राख्नका लागि भन्दै खानामा डाइट गर्छौ । तर तपाईंलाई थाहा छ ? हामीले डाइट नमिलेमा हाम्रो इम्यून सिस्टम नै कमजोर बन्ने गर्दछ । 


Advertisement

एक अध्ययनका अनुसार, फ्रक्टा्ज डाइटले इम्यून सिस्टमलाई सही काम गर्नबाट रोक्ने गर्दछ ।  हालै बेलायतको स्वान्जी युनिभर्सिटीको वैज्ञानिकहरूले यूनिभर्सिटी अफ ब्रिस्टल र फ्रान्सिस क्रिक इन्स्टिच्यूटको वैज्ञानिकहरूसँग मिलेर एक अध्ययन गरेका छन् । यो अध्ययन नेचर कम्युनिकेसन पत्रिकामा प्रकाशित गरिएको छ । 

फ्रक्टोज गुलियो पेय पदार्थ, मिठाइ तथा अन्य प्रशोधित खानेकुराहरूमा पाइन्छ ।  यस्ता पदार्थरूमा प्रक्टोजको मात्रा बढी मात्रामा राखिन्छ । जसले मोटोपन, मधुमेह जस्ता समस्या स्वास्थ्यमा देखा पर्दछन् । 


Advertisement

पछिल्लो केही वर्षयता संसारमा नै फ्रक्टोज डाइट लिनेको संख्या बढ्दै गइरहेको छ । 

अध्ययनमा फ्रक्टोजको कारण इम्यून सिस्टम कमजोर हुने गरेको पाइएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्