×

NMB BANK
NIC ASIA

सम्पादकीय

पुनःस्थापनाको औचित्य पुष्टि गर, प्रतिनिधि सभालाई कर्मकाण्डी नबनाऊ !

चैत ४, २०७७

NTC
Premier Steels

सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन शुरू भएको ११ दिन भएको छ ।

Muktinath Bank

यसबीचमा प्रतिनिधि सभा फेरि कर्मकाण्डी मात्र बनिरहेको छ । सर्वोच्चको आदेशपछि फागुन २३ गते शुरू भएको अधिवेशनमा ३ वटा मात्र बैठक बसे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत ३ गतेसम्म बसेका तीनवटै बैठक औपचारिकतामै सीमित भए । आठ महिनापछि बसेको प्रतिनिधि सभाको बैठकमा मुलुक र जनताका समस्याका विषयमा छलफल भएन । 


Advertisment
Nabil box
Kumari

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि दुईमहिना त्यसैको विरोध र समर्थनमा समय व्यतित भयो ।

Vianet communication

राजनीतिक निकासको एकमात्र विकल्प प्रतिनिधि सभा पुनः स्थापना भनेर नागरिक समाजको एउटा तप्का पनि सडकमा आयो ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परे । हप्तौं लामो बहस भयो । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदियो ।

पुनःस्थापित प्रतिनिधि सभाले सही ढंगले काम शुरू गर्न नसकेपछि सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदै यसको औचित्यमाथि प्रधानमन्त्री ओलीले प्रश्न उठाएका छन् । 

मंगलवार बालुवाटारमा पार्टीका सांसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुने शिलशिला शुरू भएको बताएका थिए । 

ओलीले मंगलवार भनेका छन्,

‘प्रतिनिधि सभा विघटन गर्नुपर्ने स्थिति सिर्जना भयो, फेरि अदालतले पुनःस्थापना गरिदिएपछि । अब प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुने शिलशिला शुरू भएको छ । हामी त्यस चरणतिर जादैछौं । किन विघटन गरिएको थियो ? के औचित्य थियो भन्ने त्यो पुष्टि हुन्छ, किनभने मुद्दा लडेर ल्याएको संसद् आफैंले चल्न नदिने, आफैं बहिस्कार गर्ने, आफैं व्यवधान खडा गर्ने, आफैं वेलमा गएर नारा लगाउने स्थिति बन्यो ।’

पुनःस्थापित प्रतिनिधि सभाका बैठक कर्मकाण्डमै सीमित रहँदा यसले जनतामा आकर्षण भर्न सकेको छैन । विघटनअघि पनि प्रतिनिधि सभा जनताका समस्यामा समाधान गर्ने र जनजीविकाका मुद्दा उठाउने सबालमा चुक्दै आएको थियो ।

यसपटक पुनःस्थापना भएको दिनमै बैठक अवरुद्ध र बहिस्कार तथा अन्य बैठकहरू केबल औपचारिकतामा सीमित रहेका छन् । 

नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि त्रिशंकु स्वरूपमा परिणत भएको प्रतिनिधि सभालाई प्रभावकारी ढंगले चलाउने चुनौती सभामुखको काँधमा छ ।

जनताको सर्वोच्च निकाय प्रतिनिधि सभालाई कामकाजी बनाऊ । विघटनको औचित्य पुष्टि हुने शिलशिला शुरू भयो भन्ने प्रधानमन्त्रीको दाबीलाई प्रतिनिधि सभाले व्यवहारबाट खण्डित गर्नुपर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x