×

NMB BANK
NIC ASIA

उद्घाटन गर्न ठिक्क परेको आयोजना निरीक्षणका नाममा सांसदहरूको ३ दिने टूर !

भ्रमणको औचित्यमा सांसदकै प्रश्न, सभापति भन्छिन् – गत वर्ष तय भएको कार्यक्रम हो

चैत १२, २०७७

NTC
Premier Steels

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समितिले निर्माण सम्पन्न भएर उद्घाटनको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अवलोकन गर्ने भएको छ ।

Muktinath Bank

संसद सचिवालय सिंहदरबारमा बिहीवार बसेको समितिको बैठकले चैत्र १४ गतेदेखि आयोजनाको स्थलगत अध्ययनका लागि दोलखा भ्रमणमा जाने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ४५६ मेगावाट क्षमताको बहुप्रतिक्षीत माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न भएर आगामी २०७८ वैशाखमा परीक्षण उत्पादन शुरू गर्ने तयारी रहेको ऊर्जा मन्त्रालय स्रोत बताउँछ । 


Advertisment
Nabil box
Kumari

फागुन ३ गते प्रधनमन्त्री बनेको तेस्रो वर्षगाँठको अवसरमा प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको बताएका थिए । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले चैत अन्तिमदेखि नै तामाकोशीबाट उत्पादन शुरू हुने फागुन २३ गते दाबी गरेका थिए । 

Vianet communication

वैशाख अन्तिमसम्ममा तामाकोशीको एउटा युनिटबाट परीक्षण उत्पादन शुरू गर्ने तयारी भइरहेको छ । २०६७ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले माथिल्लो तामाकोशी आयोजनाको शिलान्यास गरेका थिए । 

प्राकृतिक स्रोतसाधन समितिले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको समग्र स्थितिबारे अध्ययन गर्न स्थलगत अवलोकनमा जाने निर्णय गरेको समितिका एक सदस्यले जानकरी दिए । स्थलगत अध्ययन भ्रमणमा जाने विषयलाई एजेण्डा नै बनाएर बिहीवार समितिको बैठकमा छलफल भएको थियो । 

बिहीवार बसेको समिति बैठकले ११ जनाको टोली स्थलगत निरीक्षणमा जाने निर्णय गरेको सभापति पूर्णकुमारी सुवेदीले लोकान्तरलाई जानकारी दिइन् । चैत्र १४ गतेदेखि ३ दिनको लागि सांसद र कर्मचारीको टोली दोलखा जानेछ ।

पूर्व ऊर्जामन्त्री समेत रहेकी सांसद राधा ज्ञवाली लगायत केही सांसदले भने निर्माण सम्पन्न भइसकेको आयोजनाको अवलोकनमा जानु औचित्यपूर्ण नहुने बताएका थिए । काम रोकिएका वा अनियमितता भएका आयोजनाबारे संसदीय समितिले अध्ययन गर्न सक्ने संसद नियमावली र समितिको कार्यक्षेत्रमा उल्लेख छ । 

‘गत वर्ष नै अनुगमनमा जाने समितिको तालिका थियो, लकडाउन लगायतका कारणले जान सकिएको थिएन,’ सभापति सुवेदीले लोकान्तरसँग भनिन्, ‘जनताको समेत लगानी भएको तथा तामाकोशी करिडोरमा अन्य पनि जलविद्युत् आयोजना निर्माणाधीन रहेकोले समग्र अवस्थाबारे जानकारी लिन अनुमगनमा जान लागेका हौं ।’

संसदीय समितिको भ्रमणको खर्च सचिवालयले नै व्यहोर्ने गरेको छ । आर्थिक मितव्ययिता अपनाउन भन्दै अर्थ मन्त्रालयले बजेट स्वीकृति नदिएपछि कोरोनाकालमा संसदीय समितिको स्थलगत अवलोकन कार्यक्रम स्थगित भएका थिए । 

पश्चिम रुकुममा भएको जातीय नरसंहारबारे संसदीय विशेष समिति र वैज्ञानिक वन व्यवस्थापनको नाममा भइरहेको वन फडानीबारे लेखा समितिको उपसमितिले बाहेक संसदीय समिति स्थलगत अवलोकनमा गएका छैनन् । अहिले वनमन्त्री रहेका प्रेम आलेको संयोजकत्वमा गएको लेखा समितिको उपसमितिको संसदीय टोली विवादमा परेको थियो ।

विकास निर्माणका कामको अवलोकन गर्नु संसदीय समितिको अधिकार क्षेत्रभित्र पर्ने भए पनि कतिपय सन्दर्भमा स्थलगत भ्रमणको औचित्य नहुने संघीय संसद सचिवालयका एक पूर्व सचिवले लोकान्तरलाई बताए ।

‘यस्तै औचित्यहीन भ्रमणले संसदीय समितिको गरिमा घटाउने काम भएको छ,’ ती अधिकारीले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x