स्कूलहरू अनिश्चितकालका लागि बन्द गर्ने मुख्यमन्त्रीको आदेश

कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि रोकथामका लागि भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले स्कूलहरू अनिश्चितकालका लागि बन्द गर्न आदेश दिएका छन् ।

शुक्रवार मुख्यमन्त्री केजरिवालले सबै सरकारी र निजी स्कूल बन्द गर्न आदेश दिएका हुन् ।


Advertisement

मुख्यमन्त्रीको आदेशपछि अब प्रयोगात्मक अभ्यासका लागि समेत विद्यार्थीलाई स्कूलमा बोलाउन पाइने छैन । दिल्लीमा कोरोना अनियन्त्रित रूपमा बढ्दै गएको छ ।

कोरोना रोकथामका लागि भारतका विभिन्न प्रदेशमा रात्रिकालीन कर्फ्यू समेत लगाइएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्