×

NMB BANK
NIC ASIA

शक्तिपीठमा दूरी कायमसहित दर्शन गराइँदै

बैशाख ७, २०७८

NTC
Premier Steels

चैत्र शुक्ल अष्टमीमा मनाइने चैते दशैंका अवसरमा उपत्यकाका शक्तिपीठमा कोरोना जोखिमबाट बच्न भौतिक दूरी कायम राखी भक्तजनलाई दर्शन गराइएको छ । 

Muktinath Bank

कोरोना जोखिम नभएको बेलाजस्तो भक्तजन मन्दिरमा गएका छैनन् । गएका भक्तजन पनि मास्क लगाइ भौतिक दूरी कायम गरेर दर्शन गर्ने बित्तिकै फर्कने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यकाको प्रमुख शक्तिपीठ गुह्येश्वरीमा २ वर्षअघिको चैते दशैंमा जस्तो भक्तजनको भीड नलागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

गत वर्षको चैते दशैंमा भने कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले भक्तजनलाई दर्शन गर्न दिइएको थिएन । नित्यपूजा, बलिपूजा, कालरात्रिपूजा लगायत विधि भने गत वर्ष पनि पूरा गरिएको थियो ।

Vianet communication

आएका भक्तजनलाई दूरी कायम गरी सहजरूपमा दर्शन गराएर फर्काइएको उनले सुनाए । चैत्र शुक्ल अष्टमीका अवसरमा गरिने पूजा विधि भने मन्दिरमा पूरा गरिएको छ । बेलुकी गुठी संस्थानले कालरात्रि पूजासहित पञ्चबलि दिएर तान्त्रिक विधि पूरा गर्ने समितिले जनाइएको छ । यसको व्यवस्थापन संस्थानले नै गर्ने गरेको छ ।

उपत्यकाको पनि मुख्य शहर बाहिरका ग्रामीण भेगमा रहेका शक्तिपीठमा भने बढी भक्तजन दर्शनका लागि गएका छन् । गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिृय निकुञ्ज क्षेत्रमा रहेको सुन्दरीमाई मन्दिरमा भने विगत वर्षमा जस्तै भक्तजन गएका छन् । अलि टाढाबाट आउने भक्तजन नआएपनि नजिकका प्रायः भक्तजन चैत्र शुक्ल पक्षको नवरात्रमा मन्दिर दर्शन गर्न आएको मन्दिर व्यवस्थापन समितिका सदस्य सुशील सिम्खडाले जानकारी दिए ।

रमणीय स्थलमा भएको मन्दिर भएकाले पनि यहाँ भक्तजनको भीड लाग्ने गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–५ मै रहेको चामुण्डा मन्दिरमा पनि भक्तजनले भौतिक दूरी कायम गरेर दर्शन गरेका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर नगरक्षेत्र र काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध क्षेत्रमा चामुण्डा रथयात्रा गरिन्छ ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड बमोजिम रथयात्रा चलाउन मंगलवार बिहान मन्दिर व्यवस्थापन समिति, वडा कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धले बैठक गरी दिउँसो १ बजेदेखि रथयात्रा चलाउने निर्णय गरेको वडाध्यक्ष नारायणबहादुर सुवेदीले जानकारी दिए । रथयात्रामा दूरी कायम गराउन प्रहरी र स्वयंसेवक समेत परिचालन गरिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x