×

NMB BANK
NIC ASIA

२ नम्बर प्रदेशको पर्सा जिल्लाको वीरगञ्ज शहर कोरोनाको ‘हटस्पट’ बन्दैछ । कोरोनाको दोस्रो लहर आएपछि वीरगञ्जको नारायणी अस्पतालमा कोरोना संक्रमित बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् ।

Muktinath Bank

नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरिन्टेन्डेन्ट डा. संजयकुमार ठाकुरका अनुसार अहिले ४० जना जति कोरोना संक्रमित बिरामी अस्पतालमा भर्ना भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत्र १५ गतेदेखि वैशाख १३ गतेको समयभित्र कूल ८१ जना कोरोना संक्रमित बिरामीहरू भर्ना भएका छन् । जसमधे १० जना संक्रमितको मृत्यु भएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘कडा निमोनिया र श्वासप्रश्वास रोकिने जस्तो प्रमुख लक्षण देखिने गरेको अवस्थामा भर्ना भएका केही संक्रमितलाई आईसीयूको भेन्टिलेटरमा उपचार गर्दैगर्दाको अवस्थामा मृत्यु भएको छ भने केहीको भेन्टिलेटरमा ल्याउनुअघि नै मृत्यु भएको छ,’ डा. ठाकुरले लोकान्तरसँग भने, ‘अहिले त झन् युवाहरूको समेत मृत्यु हुन थालेको छ, मृत्यु हुनेहरूमध्ये ३५ देखि ६५ वर्षसम्मका छन् ।’

Vianet communication

नारायणी अस्पतालमा कूल २५० शय्याको अनुमति भए पनि ३०० शय्या सञ्चालनमा छन्, जसमध्ये कोभिड शय्या ४० मात्रै छन् । सबै कोभिड शय्यामा बिरामी भरिएका अस्पतालले जनाएको छ ।

संघ सरकारले दिएको निर्देशन अनुसार कूल क्षमताको ५० प्रतिशत कोभिडको लागि शय्या छुट्याउने रणनीति अन्तर्गत अबको २ दिनभित्र १५० शय्या तयार हुने ठाकुरले बताए । ‘अस्पतालमा जनरल वार्ड पनि सञ्चालन गर्नुपर्ने भएकाले केही जनशक्ति उता पनि लागेका छन्,’ ठाकुरले भने, ‘त्यसमध्येका केही जनशक्तिलाई ७ दिन ड्युटी र ७ दिन होमआइसोलेसनको रणनीति बनाइएको छ ।’
 
अस्पतालमा कार्यरत चिकित्सकसहित ७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भइसकेका कारण जनशक्ति व्यवस्थापनमा समस्या उत्पन्न भएको उनले बताए । ‘एक त पहिलेदेखि नै न्यून जनशक्ति छ, त्यसमा पनि जनरल र कोभिड गरेर छुट्टाछुट्टै ४ वटा टीम बनाउँदा पनि जनशक्तिको निकै अभाव भएको छ,’ उनले भने, ‘पूर्वाधार समस्या छैन, जनशक्ति नै प्रमुख समस्या बनेको छ ।’

अन्य जिल्लामा कोभिड अस्पताल सञ्चालनमा आइनसकेका कारण अन्य जिल्लाबाट पनि अस्पतालमा बिरामीहरू भर्ना हुने गरेका उनले बताए । १५ शय्याको आईसीयू र २५ शय्याको एचडीयूसहित अन्य शय्या कोभिडको लागि छुट्याइएको तथा अक्सिजन पनि तयारी अवस्थामा राखिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x