×

NMB BANK
NIC ASIA

लिक्विड अक्सिजन आयातमा आयल निगमको चासो

बैशाख २५, २०७८

NTC
Premier Steels

कोभिडको दोस्रो लहर तीव्र बनेसँगै मुलुकभर अक्सिजनको माग अत्यधिक बढेको छ । 

Muktinath Bank

अक्सिजन उत्पादक कम्पनीहरूले पनि माग थेग्न नसक्ने अवस्थामा पुगिरहेको बताएका छन् । यही अवस्थालाई दृष्टिगत गरी नेपाल आयल निगमले लिक्विड अक्सिजन आयातमा चासो देखाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय आयल कर्पोरेसन (आईओसी) सँग पेट्रोलियम पदार्थ आयात गरिरेहको निगमले लिक्विड अक्सिजन पनि ल्याउन सक्ने जनाएको छ ।


Advertisment
Nabil box
Kumari

‘पछिल्लो समय आईओसीले लिक्विड अक्सिजन उत्पादन गरिरहेको छ । सरकारबाट निर्देशन भए आईओसीसँग कुरा गरेर अक्सिजन भित्र्याउन सकिन्छ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने, ‘अन्य निकायको तुलनमा छिट्टै ल्याउन पनि सकिन्छ ।’ निगमले आईओसीका विभिन्न रिफाइनरीबाट खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थ आयात गरिरहेको छ ।

Vianet communication

ग्यास बुलेटमार्फत आयात भइरहेको छ । सरकारबाट निर्देशन आए लिक्विड अक्सिजन पनि बुलेटमार्फत ल्याउन सम्भव रहेको पौडैलले जानकारी दिए । ‘लिक्विड अक्सिजन बुलेटमार्फत ल्याउन सकिन्छ । तर खरिदको ग्यारेन्टी हुनुपर्‍यो,’ उनले भने, ‘कुन–कुन उद्योगलाई कति आवश्यक छ । व्यवसायीले कति खरिद गर्छन्, जानकारी पाए आयात गर्न गाह्रो छैन ।’

केही दिनअघि अक्सिजन उत्पादन गर्ने व्यवसायीसँगको छलफलमा व्यवसायीहरूले उत्पादनमा समस्या नभएको बताएका थिए । सिलिन्डरको मात्रै समस्या देखाएका थिए । व्यवसायीहरूले लिक्विडको माग नगरेकाले आयात नभएको पौडेलको भनाइ छ । लिक्विड अक्सिजन आयातका विषयमा निगमले आन्तिरक छलफल गरिरहेको पनि उनले बताए ।

‘सरकारबाट निर्देशन भए आयात प्रक्रिया थाल्छौं,’ उनले भने । माग अधिक रूपमा बढेपछि अक्सिजन उत्पादक उद्योग चौबीसै घण्टा चलेका छन् । तर पछिल्लो समय माग धान्न गाह्रो परेकाले सरकारले तत्काल वैकल्पिक उपाय अवलम्बन गर्नुपर्ने नेपाल अक्सिजन ग्यास उत्पादक संघका महासचिव नारायणदत्त तिमिल्सिनाले बताए ।

‘निजी क्षेत्रले तत्काल आयात गरेर मोज्दात गर्न सक्दैन,’ उनले भने, ‘माग पूरा गर्न सरकारले नै तत्काल ल्याएर सहजीकरण गर्नुपर्छ ।’ हाल उपत्यकामा ९ र बाहिर १७ अक्सिजन उद्योग छन् । ती उद्योगमा १ लाख ८ हजार १६४ सिलिन्डर छन् । उद्योगको दैनिक क्षमता ५ हजार ६० मिटर क्युब रहेको उद्योग विभागको तथ्यांक छ । यसमा नागढुङ्गामा रहेको अक्सिटेक अक्सिजन प्रालिबाहेक अरू सबै सञ्चालनमा रहेको विभागका निर्देशक ज्ञानेन्द्र पराजुलीले जानकारी दिए ।

‘दाङमा रहेको दाङ अक्सिजन पनि बन्द थियो, पछिल्लो समय त्यसमा उत्पादन थालिसकेको रहेछ,’ उनले भने । यता संघले भने २० उद्योगले मात्रै अक्सिजन उत्पादन गरिरहेको दाबी गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x