×

NIC ASIA

सम्बोधन कोरोना महामारीको

Exclusive : कोभिड अध्यादेशमा स्वास्थ्य संकटकालको व्यवस्था, अटेर गर्नेलाई एक वर्षसम्म कैद

सरकारले चाहे सबै अस्पताललाई नियन्त्रण गर्न सक्ने

जेठ ६, २०७८

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड -१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ आज जारी गरेकी छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकबाट उक्त निर्णय गरिएको थियो।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठका अनुसार कोभिड संकट व्यवस्थापन गर्नका लागि विभिन्न प्रावधान राखिएको हो। उक्त अध्यादेशमा कोभिड-१९ आपतकाल घोषणा गर्न सकिने प्रावधान राखिएको छ। ‘यस्तो आपतकाल घोषणा गरे पछि जुनसुकै उद्योग,कलकारखाना, घर, भवन पनि सरकारले लिन सक्छ,’ मन्त्री श्रेष्ठले लोकान्तरसँग भने,‘त्यस पछि बन्द गर्न वा नियन्त्रण गर्न नियन्त्रित रुपमा संचालन गर्न आदेश समेत दिन सक्नेछ।’

Muktinath Bank

पहिले केन्द्रीय कोभिड संकट व्यवस्थापन र मन्त्रिपरिषदले गर्ने आदेश जस्तै आपतकाल घोषणा गर्ने कमिटीले त्यस्तो आदेश दिन सक्ने कुरा अध्यादेशमा राखिएको उनले बताए। ‘त्यसको निर्देशक कमिटीमा सम्माननीय प्रधानमन्त्रीज्यू, उपप्रधानमन्त्री, स्वास्थ्य मन्त्री, गृह मन्त्री, उद्योग मन्त्री, परराष्ट्र मन्त्री, मुख्य सचिव, प्रधानसेनापति रहनुहुनेछ,’ मन्त्री श्रेष्ठले थपे,‘त्यस निर्देशक कमिटीले प्रतिकार्य अधिकारी पनि मुकरर गर्न सक्नेछ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड-१९ को रोकथाम,नियन्त्रण, र उपचारको लागि नेपाल सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई  प्रतिकार्य अधिकारी तोक्न सक्नेछ। 
त्यस्तै कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल संचालन गर्ने प्रावधान पनि अध्यादेशमा राखिएको छ। संक्रमणको निदान, उपचार काम एकीकृत रुपमा संचालन गर्न वीर अस्पताल कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा  रहने उल्लेख छ।


Advertisment
Nabil box
Kumari

उक्त केन्द्रीय अस्पतालले कोभिडको स्क्रिनिङ,क्लिनिक, रिफर , क्लिनिक तथा प्रयोगशाला, परीक्षण जस्ता कुरा गर्ने तोकिएको छ। ‘एकीकृत उपचार प्रणाली अन्तर्गत कुनै बिरामीलाई रिफर गर्नु पर्ने अवस्था आए बिरामीले नै मलाई फलानो अस्पतालमा गर भनेर तोक्न वा इच्छा व्यक्त गर्न पाउने छैनन्,’ मन्त्री श्रेष्ठले लोकान्तरसँग भने,‘भर्ना गरिएको अस्पतालले नै अन्य अस्पतालसँग समन्वय गरेर रिफर गरिदिएको अस्पतालमा मात्र जान पाउनेछन्। ’

Vianet communication

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिले नीति निर्माण गर्नेछन्। उक्त समितिले एक्सनमा काम गर्न विभिन्न तहका निजामती कर्मचारी सहित अन्य कर्मचारीहरू रहने प्रावधान छ। त्यसैगरी उपचारका लागि द्रुत प्रतिकार्य टोली परिचालन गरिनेछ। उक्त टोली परिचालन गर्दा केन्द्रले मन्त्रालयसँग समन्वय गरेर जुनसुकै स्वस्थ्य संस्थाको कर्मचारीलाई खटाउन सक्ने प्रावधान राखिएको छ। 

उक्त टोलीले सुरक्षा निकायलाई पनि परिचालन गर्न सक्छ। रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि आवश्यकता अनुसार नेपाली सेनालाई समेत परिचालन गर्न सक्नेछ। नेपाली सेना परिचालन गर्दा क्वारेनटाइन, आइसोलेसन तथा कोभिड सेन्टरको स्थापना, उद्धारको लागि परिचालन गरिने श्रेष्ठले बताए। सेनाले आपतकालिन स्वास्थ्य सामग्री खरिद, आपूर्ति समेतको काम गर्न सक्नेछ। त्यसै गरी संक्रमित भइ मृत्यु भएकाको शव व्यवस्थापन जस्ता कामका लागि पनि सेनालाई परिचालन गरिनेछ।    

दण्ड सजायको प्रावधान 
कसैले अध्यादेश बमोजिम कुनै काम गर्न वाधा, अवरोध गरेमा १ वर्ष सम्म कैद, ५ हजार रुपैयाँ सम्म जरिवानाको प्रावधान समेत राखिएको उनले बताए। त्यसैगरी अध्यादेश बमोजिम मापदण्डको पालना नगरेमा ६ महिना सम्म कैद र ३ लाख रुपैयाँ जरिवानाको प्रावधान राखिएको समेत उनले बताए।  कुनै व्यक्तिले उल्लंघन गरेमा १ लाख रुपैयाँ सम्म जरिवाना हुनेछ। त्यसै गरी दिएको आदेश उल्लंघन गर्दा प्रमुख जिल्ला अधिकारीले तत्काल १ लाख रुपैयाँ सम्म जरिवाना, कुनै संस्थाले उल्लंघन गरेमा ५ लाख रुपैयाँ सम्म जरिवाना गर्ने उल्लेख छ। 

त्यसैगरी मास्क नलगाई सार्वजनिक अस्पतालमा आवागमन गरेमा पटके पिच्छे १ सय रुपैयाँ जरिवाना, मानिसको आवत जावतमा रोक लगाएको वा नियन्त्रण गरेको अवस्थामा सोको उल्लंघन गर्नेलाई पटके पिच्छे २ सय रुपैयाँ जरिवाना, सवारी साधनको आवत जावतमा रोक लगाइएको अवस्थामा संबन्धित प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकायलाई सूचना नदिई वा ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएको दुई पांग्रेलाई पटके २ हजार रुपैयाँ , चार पांग्रेलाई ४ हजार रुपैयाँ जरिवाना हुनेछ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x