×

NMB BANK
NIC ASIA

कोरोनाले निम्त्याएको संकट

सडकमा विपन्नहरूको रोदन : हातमुख जोर्नै मुस्किल पर्‍यो, निषेधाज्ञाले त भुइँमै थचार्‍यो [भिडियो स्टोरी]

जेठ ११, २०७८

NTC
Premier Steels

निषेधाज्ञाको समयमा एकाबिहानै काठमाडौंको ठमेल पुग्दा बजार सुनसान थियो ।

Muktinath Bank

छेउछाउमा एकाध औषधि पसलबाहेक कुनै चहलपहल थिएन । यत्तिकैमा मेरो नजर एउटा रिक्सामा पर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिक्सा चालक झोक्राएर बसिरहेका थिए, शायद ग्राहकको प्रतीक्षा गरेको हुनुपर्छ ।


Advertisment
Nabil box
Kumari

उनी नजिक पुगेर जिज्ञासा राखें- कस्तो चल्दैछ अचेल ? उनले हातमुख जोर्न पनि मुस्किल पर्न थालेको सुनाए ।

Vianet communication

उनी बिहान ६ बजे नै कोठाबाट रिक्सा लिएर ठमेल आइपुग्छन् । कहिलेकाहीँ त कुराइमै दिन बित्छ, एक रुपैयाँ समेत कमाइ हुँदैन ।

उनी धेरैपटक यसरी निरास भएर घर फर्किएका छन् । निषेधाज्ञाले आफूहरूजस्ता विपन्न नागरिकलाई धेरै दु:ख भएको उनको गुनासो छ ।

ठमेलमै विगत १० वर्षदेखि ठेलागाढा चलाउँदै आएका कृष्णबहादुर राईको अवस्था पनि उस्तै छ ।

कोरोना महामारी र निषेधाज्ञाका कारण आफूहरूको बिचल्ली भएको गुनासो उनले गरे ।

सरकारले आफूहरूलाई कुनै राहत नदिएको, बरु उल्टै लखेटेको उनको गुनासो छ ।

न्युरोडको फूटपाथमा विगत पच्चीस वर्षदेखि नाङ्ले व्यापार गर्दै आएका राजु नेपालको कथा पनि उस्तै छ ।

न त उनको घरको ठेगान छ न खानको राम्रो व्यवस्था नै ।

उनी प्रहरीको आँखा छलेर जसोतसो सडकमा नाङ्ले पसल राख्छन्, तर दिनभरी बस्दा पनि ५० रुपैयाँ कमाउन मुस्किल पर्छ ।

निषेधाज्ञाका कारण निकै दु:ख पाएको गुनासो उनले गरे । जग्गाजमिन केही नभएपछि फूटपाथमा नाङ्ले पसल थापेर गुजारा चलाउँदै आएका उनी अहिले निषेधाज्ञाले भुइँमै थचारेको गुनासो गर्छन् ।

सडकमा निस्किने हो भने यस्ता विपन्न नागरिकहरू प्रशस्त भेट्न सकिन्छन् ।

देशमा सत्ताको लुछाचुँडी चलिरहँदा यस्ता विपन्न नागरिकहरू प्रति राज्यको ध्यान जान सकेको देखिँदैन ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x