×

NIC ASIA

प्रतिनिधि सभा विघटनमाथिको बहस

संवैधानिक इजलास अब मंगलवार बस्ने, न्यायाधीश परिवर्तन हुने कि नहुने टुंगो भोलि !

जेठ १६, २०७८

Prabhu Bank
NTC
Premier Steels

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ मंगलवारसम्मका लागि स्थगित भएको छ ।

Muktinath Bank

मंगलवार बस्नेगरी आजको इजलास हेर्दाहेदैमा सकिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार संवैधानिक इजलासमा न्यायाधीश वमकुमार श्रेष्ठलाई राखेको विषयमा बहस भएको थियो । 


Advertisment
Nabil box
Kumari

अधिवक्ता गोविन्द बन्दीले नेकपा विभाजनको फैसला गर्ने न्यायाधीश संवैधानिक इजलासमा बस्न नहुने जिकिर गरेपछि यसबारे बहस भएको थियो ।

Vianet communication

रिट निवेदकहरूको तर्फबाट बहस भएपछि महान्यायाधिवक्ता रमेश बडाल र दुई जना सहन्यायाधिवक्ताले बहस गरेका थिए । 

बडालले विपक्षीले उठाएजस्तै अमूक न्यायाधीश इजलासमा बस्न नपाउने हो भने सर्वोच्चका २० जना न्यायाधीश नै संवैधानिक इजलासमा बस्न अयोग्य हुने बताएका थिए ।

उनले कतिपय अधिवक्ताले आचारसंहिता विपरीत दुवै पक्षलाई राय दिँदै हिँडेको बताए ।

सहन्यायाधिवक्ताको बहस सकिएपछि प्रधानन्यायाधीश राणाले यस विषयमा न्यायाधीशहरू ले नै विवेक प्रयोग गर्ने बताएका थिए । 

त्यसअघि बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश छान्ने अधिकार वकिलहरूसँग नभएको जवाफ फर्काएका थिए । 

संवैधानिक इजलासमा आइतवार अधिवक्ता मिथिलेसकुमार सिंहले  न्यायाधीश श्रेष्ठको विषयमा प्रश्न उठाएका थिए ।

‘तपाईंले छानेको न्यायाधीश बस्ने भन्ने पनि होइन, तपाईंलाई न्यायाधीश छान्ने अधिकार छैन । बहस कानूनसम्मत र तथ्यमा आधारित हुनुपर्छ,’ प्रधानन्यायाधीश जबराले भने । 

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले इजलासमा प्रश्न उठिसकेकाले न्यायाधीश श्रेष्ठ संवैधानिक इजलासमा नबस्दा राम्रो हुने तर्क गरे । 

यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश श्रेष्ठ यो इजलासमा बस्ने कि नबस्ने भन्ने विवेकको प्रश्न भएको बताए । 

यसअघि यस्तै प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलास छाडेको थापाले स्मरण गरे । 

प्रतिनिधि सभा विघटनविरुद्ध सुनुवाइका लागि प्रधानन्यायाधीश जबराले दीपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य रहेको इजलास गठन गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x