×

NMB BANK
NIC ASIA

संघीय सरकारको आफ्नै सामर्थ्यमा अघि बढ्ने भयो सिद्धबाबा सुरुङ मार्ग, स्थानीयमा खुशियाली !

जेठ २४, २०७८

NTC
Premier Steels

सधैँ जोखिम हुने बहुप्रतिक्षित सिद्धबाबा सुरूङमार्गको ‘ग्लोबल टेन्डर’ भएसँगै अब निर्माण प्रक्रिया शुरू भएको छ ।

Muktinath Bank

सुरूङमार्ग लामो समयदेखिको सपना हो । सडक सुरक्षाका लागि बहुप्रचारित सुरूङमार्ग संघीय सरकारले आफ्नै सामर्थ्यमा बनाउन थालेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको पहल र जोडबलमा यो ‘बिग प्रोजेक्ट’ को शुरू हुने पक्का भएको हो । कतिखेर पहिरो खस्छ भन्ने थाहा नै नहुने सधैँको पीर सिद्धबाबा भीरलाई पौडेलले उच्च प्राथामिकतामा राखेका थिए । 


Advertisment
Nabil box
Kumari

२०७२ को भूकम्पले सिद्धबाबाको पहाडसहित पत्रे चट्टानको सन्तुलन खल्बलिई क्षतविक्षत बनाएको छ । कमलो चुरे भएकाले अलिकति ‘डिस्टभेन्स’ भयो भने झर्न शुरू गरिहाल्छ । पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा मन्दिरनजिकै बन्ने आयोजनालाई देशकै प्रतिष्ठा र गौरवको आयोजनाको रूपमा हेरिएको छ । 

Vianet communication

रूपन्देहीको चिडियाखोलादेखि पाल्पाको दोभानसम्म करीब ३.५ किलोमिटर क्षेत्र मृत्युमार्गको नामले बदनाम छ । कसैले त, यो क्षेत्रलाई ‘मान्छे खाने सडक’ संज्ञा समेत दिन थालेका छन् ।

यही क्षेत्रमा प्रत्येक वर्ष ६/७ वटा दुर्घटना ५/६ जनाको मृत्यु हुने गरेको पछिल्लो ८ वर्षको तथ्यांकले देखिएको छ । सुरूङ माथिल्लो सिद्धबाबा मन्दिरको उत्तरतर्फको शुरू हुनेछ । चिडियाखोलाको खोचबाट शुरू हुने सुरूङ दोभाननजिकै ड्यामसाइड (रामापिथेकस पार्क) नजिकै निस्कने छ । 

यो ठूलो परियोजनाको लागत १० अर्ब रूपैयाँ अनुमान छ । त्यसका लागि अर्थमन्त्रालयले बजेट सुनिश्चित गरेको छ । सुरूङको लम्बाइ १ किलोमिटर १०० मिटर रहने छ । सिद्धबाबामा पहिरो र जोखिम रोक्न विभिन्न विकल्प यस अगाडि सारिए पनि सफल भएनन् । करोडौं रूपैयाँ खर्च गरेर ‘रकसेट’ र ‘हाफ टनेल’ बेन्च कट लगायतका ६ विकल्प प्रयोग गरिएको थियो । सुरूङको स्वीस सरकार विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) गरिएको थियो ।  

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक विभागका उपमहानिर्देशक विजय जैसीले स्वीस टीमले गरेको डिजाइनका आधारमै सुरुङको टेन्टर आह्वान भएको बताउँछन् । ‘जसमा १ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरूङ हुनुअघि र पछाडि ३ हजार ५०० मिटरको रकनेट (जाली) रहन्छ । जुन ७८० मिटरको हुनेछ,’ लोकान्तरसँग जैसीले भने । सुरुङमार्ग ५ वर्षभित्र बन्नेछ । 

सिद्धबाबा पहिरोमा पछिल्लो ८ वर्षमा ४० सवारी पहिरोमा परे, जहाँ ७० जनाले अकालमै ज्यान गुमाएको सडक डिभिजन कार्यालय, पाल्पाको तथ्यांकमा उल्लेख छ । उपप्रधानमन्त्री पौडेलले कन्ट्रक्सनको काम शुरू भएपछि कुनै चिजको पनि अभाव हुन नदिने बताए । पौडेलले निर्धारित मितिमै आयोजना सम्पन्न गर्ने गरी काम हुनेमा विश्वस्त हुन आग्रह गरे । 

समग्र पाल्पाको विकासका लागि सिद्धबाबाको बाटो अभिसाप बनेको छ ।  पाल्पाको दोभानबाट बुटवल दैनिक पढाउन आउने शिक्षक विष्णुप्रसाद पाण्डेले सरकारले अगाडि बढाएको तिनाउ प्रोजेक्ट उदाउँदो सपना भएको बताए । उनले सुरूङ बनेपछि आम लुम्बिनीबासीको अपेक्षा पूरा हुने बताए । धार्मिक पर्यकीय क्षेत्र सिद्धबाबा सुरूङ बनेपछि पर्यटन क्षेत्रमा पनि एउटा उचाइ थपिने छ । 

वातावरणविद् तथा इञ्जिनियर प्रा.डा. खेटराज दाहालले आवश्यक भन्दा सानो सुरूङमार्ग बन्न लागेको बताए ।

‘सुरूङ खास चिडियाखोलादेखि दोभानसम्म बन्नुपर्ने थियो,’ दाहालले लोकान्तरसँग भने, ‘यात्राका क्रममा मानिसहरू बली चढेका थिए । सरकारले एकदमै राम्रो गर्‍यो । यो क्षेत्रमा कम्तीमा ४ किलोमिटर क्षेत्र सुरूङमार्ग बन्नुपर्ने अवस्था छ । अब सुरूङको कन्ट्रक्सनको काम सुरू गर्दा सावधानी अपनाउनुपर्छ । सिद्धबाबाको चुरे कमलो छ । अलिकति खोतल्ने बित्तिकै खसिहाल्छ । अहिलेसम्म भएको क्षतिभन्दा निर्माण गर्दा क्षति हुनसक्छ । बडो सचेत हुनुपर्छ ।’ 

सुरूङमार्गसँगै प्रदेश र स्थानीय सरकारले बनाएका वैकल्पिक मार्ग सञ्चालनमा आउने तयारीमा छन् । रूपन्देहीको चरङ्गे, मुडाबासबाट चौकी भञ्ज्याङ, ज्यामिरे हुँदै पाल्पाको झुम्सा पुग्छको प्रदेश सरकारले निर्माण गरेको वैकल्पिक मार्ग ग्राभेल गर्ने काम भइरहेको छ । दुई वर्षअगाडि नै ‘ट्रयाक’ खोलिएको वैकल्पिक मार्गको आउँदो ३/४ महिनाभित्र सञ्चालनमा आउने तयारीमा छन् ।  

यस्तै बुटवलको बेलबास हुँदै पाल्पाको तिनाउ गाउँपालिका जोड्ने अर्को २२ किमी लामो ‘ट्रयाक’ पनि खोलिएको छ । यो सडक तिनाउको नुवाकोटबाट सिद्धार्थ राजमार्गमै जोडिन्छ । सिद्धबाबाको वैकल्पिक मार्गका लागि दुई वर्षसम्म प्रदेश सरकारले १०/१० करोड रूपैयाँ छुट्टाएको छ । आउन लागेको आर्थिक वर्ष २०७८/७९ को प्रदेशको बजेटमा पनि वैकल्पिक मार्गलाई प्रदेशले बजेट विनियोजन गर्ने बताइएको छ । 

बुटवल–पाल्पा सडक २०१८ सालदेखि खन्न शुरू भएको हो । २०२८ सालदेखि सवारी साधनको आवागमन हुन थाल्यो । अहिले दुईपाङ्ग्रे  र चारपाङ्ग्रे गरी दैनिक करीब दुई हजार ५०० सवारी साधन आवातजावत गर्छन् ।

यो सडकखण्ड हुँदै सवारी साधन पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँची जाने गरेका छन् । सुनौली पोखरा सिद्धार्थ राजमार्गलाई पनि डेडिकेटेड राजमार्ग बनाउने सरकारले योजना अगाडि सारेको छ । २ लेनेको यो सडकलाई पनि ‘फोर लेन’ मा विस्तार गरिँदै छ । अहिले यो सडकका घुम्ती काट्ने काम भइरहेका छ । 

वातावरण क्षेत्रका जानकार युवराज कंडेलले भने, तत्कालका लागि सुरूङमार्गलाई महत्त्वपूर्ण आयोजना मानिए पनि यसको दीर्घकालीन र आर्थिक महत्त्व नरहेको बताउँछन् । ‘यति छोटो दूरीमा सुरूङ बनाउनु आवश्यक हुँदैन,’ कंडेलले भने, ‘राज्य सजिला बाटा हुँदाहुँदै सुरूङको अफ्ठ्यारो बाटोमा गयो । सुरुङ भन्दा यो क्षेत्र खोस्रिँदा हुने भूक्षयको व्यवस्था सरकारको टाउको दुखाइ हुनसक्छ ।’ 

कंडेलले थपे, ‘यो सडकको चाप घटेको छ । कालीगण्डकी करिडोर बन्यो । सालझण्डी ढोरपाटन सडक प्रयोगमा आयो । सिद्धबाबाका विकल्पमा बनेका सडकहरू पनि प्रयोगमा आउँदै छन् ।

अहिले अनुमान गरिएको बजेटले पनि सुरुङ बन्दैन । लागत बढ्छ ।’ सरकारले अहिले बर्दघाटदेखि दुम्कीबाससम्म पनि सुरूङमार्ग बनाउने अध्ययन गर्ने भएको छ । नेपालको पहिलो सुरूङ राणाकालमै मकवानपुरको भीमफेदीमा बनाएका थिए । सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरूङले सुरूङमार्ग बन्नु समग्र पाल्लाका लागि खुशीको कुरा रहेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x