×

NMB BANK
NIC ASIA

मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको डीपीआर स्वीकृत

असार ८, २०७८

NTC
Premier Steels

सरकारले मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ ।

Muktinath Bank

लगानी बोर्डको मंगलवार बसेको बैठकले चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्कको डीपीआर स्वीकृत गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोर्डका प्रवक्ता भूपाल बरालका अनुसार डीपीआर स्वीकृतिसँगै अब विकासकर्तासँग परियोजना विकास सम्झौताका लागि आवश्यक तयारी गर्न अनुमति समेत प्राप्त भएको छ ।


Advertisment
Nabil box
Kumari

बैठकले माथिल्लो तमोर जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ । सो आयोजनाको कूल लगानी करीब ६४ अर्ब रुपैयाँ (५४ करोड अमेरिकी डलर) रहेको छ ।

Vianet communication

आयोजनाको कूल क्षमता २८४ मेगावाट रहेको छ । ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ लगानी रहने तल्लो मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाको पनि लगानी स्वीकृत गरिएको छ । आयोजनाको कूल क्षमता १३९.२ मेगावाट रहेको छ ।

बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभिएन लिमिटेड इन्डियासँग गरिने सम्झदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ । सो आयोजानको क्षमता ६७९ मेगावाट रहेको छ ।

बैठकले पश्चिम सेती र एसआर ६ संयुक्त जलविद्युत् आयोजानको विकास तथा लगानीको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

समितिले आवश्यक खाका तयार पारी पेश गर्नेछ । अरुण तेस्रो जलविद्युत् आयोजनाको परियोजना प्रवेश मार्गअन्तर्गत रहेको छ्यांकुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जासम्बन्धी परियोजनाको विकास गर्दा त्यससँगै प्रसारण प्रणालीको समेत निर्माण कार्य अगाडि बढाउन निर्देशन दिए । त्यसका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देश गरेका प्रवक्ता बरालले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x