साउन २३, २०७९
प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आज दिउँसो ३ बजे बस्न लागेको हो ...
काठमाडाैं | असार २१, २०७८
प्रदेशको राजधानी माग्दै धनकुटावासीले आन्दोलन गरेपछि मुख्यमन्त्री शेरधन राईले ललिपप देखाए– मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने भनेर ।
भूगोलका आधारमा पनि प्रदेशको राजधानी धनकुटा राख्नु उपयुक्त हुने स्थानीय जनताको मागलाई सम्मान गर्दै मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने बताइयो ।
सम्पर्क कार्यालय खोल्नेसम्बन्धी निर्णय २०७६ वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समेत गरेको थियो । तर उक्त कार्यालय अहिले लगभग कामविहीन छ ।
आफैंले खोलेको सम्पर्क कार्यालयमा मुख्यमन्त्री राई दुईपटक मात्रै पुगेका छन् । कार्यालय खुलेको दुई वर्ष बितिसकेको छ । ‘मुख्यमन्त्रीज्यू दुईपटक मात्रै यहाँ आइपुग्नुभएको छ,’ सम्पर्क कार्यालयका कर्मचारी केशव कोइरालाले भने, ‘सचिवज्यूहरू भने महिनामा एकपटक आइपुग्नुहुन्छ ।’
धनकुटास्थित तत्कालीन क्षेत्रीय प्रशासन कार्यालयको भवनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयका रूपमा रूपान्तरण गरिएको छ ।
पूर्वी पहाडी जिल्लाका जनताहरूलाई सेवा दिने उद्देश्यले खोलिएको कार्यालयमा २ जना कर्मचारी रहेका छन् । एकजना नायब सुब्बा र एकजना कार्यालय सहयोगीका भरमा मुख्यमन्त्रीको सम्पर्क चल्दै आएको छ ।
कार्यालयमा काम नभएपछि कर्मचारीहरूलाई दिन कटाउनै मुस्किल हुन्छ । शायद जनतालाई पनि कार्यालयप्रति कुनै विश्वास छैन, त्यसैले न काम लिएर आउँछन्, न त गुनासो नै ।
धनकुटा, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु लगायतका जिल्लाका जनतालाई सो कार्यालयबाट सेवा दिने जनाइएको थियो ।
‘कार्यालयमा माकुरोको जालो र लेउ लागेको छ,’ प्रदेश सांसद कुसुम श्रेष्ठले भनिन्, ‘धनकुटेली जनतालाई त्यस्तो कार्यालय चाहिँदैन, मुख्यमन्त्रीले आफ्नै घर वा ससुरालीतिर सारे हुन्छ ।’
मुख्यमन्त्रीले जनतासँग गरेको वाचा भुलेको भन्दै उनले प्रदेश सरकार संघको कठपुतली बन्दा जनताले सास्ती खेप्नु परेको आरोप समेत लगाइन् ।
तेह्रथुम वसन्तपुरका प्रकाश श्रेष्ठ पनि मुख्यमन्त्रीले सम्पर्क कार्यालयलाई उपेक्षा गरेर जनताप्रति बेवास्ता गरेको आरोप लगाउँछन् ।
‘मुख्यमन्त्रीलाई काठमाडौं जान पानी पँधेरो जस्तो छ, तर आफैँले खोलेको कार्यालयमा आएर जनताको समस्या सुनिदिए के बिग्रिन्थ्यो ?’ श्रेष्ठले गुनासो गरे ।
यता, मुख्यमन्त्री राईको सचिवालयका सदस्यहरूले भने सो कार्यालयका विषयमा खासै जानकारी नभएको बताउँछन् । ‘कर्मचारीहरूले नै हेर्ने गरेकाले हामीलाई त्यसबारे खासै जानकारी छैन,’ मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले लोकान्तरसँग भने ।
प्रदेश १ का प्रमुख सचिव सुमनराज प्याकुरेल आगामी आवदेखि कार्यालयलाई व्यवस्थित बनाउने बताउँछन् । ‘कोभिडका कारण प्रशासनिक काममा समेत समस्या भएकाले सो कार्यालयबाट भनेजति सेवा दिन सकिएन,’ प्याकुरेलले भने, ‘आगामी आर्थिक वर्षदेखि व्यवस्थित बनाउँछौं ।’
धनकुटामा मात्र होइन, मुख्यमन्त्री राईले काठमाडौंमा पनि सम्पर्क कार्यालय खोलेका छन् । उक्त कार्यालयको भाडा नै मासिक साढे ३ लाख छ ।
मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय सञ्चालनका लागि भनेर महिनाको ३ लाख ५१ हजार ५ सय रुपैयाँ पर्ने घर भाडामा लिइएको छ ।
महाराजगञ्जस्थित उक्त सम्पर्क कार्यालयको भाडामात्र वार्षिक ४२ लाख १८ हजार हुन आउँछ । उक्त कार्यालय २ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।
प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आज दिउँसो ३ बजे बस्न लागेको हो ...
बुटवल, साउन २४ । बुटवलको मुख्य बजार अन्तर्गत राजमार्ग चौराहा– चिडियाखोला सडक खण्ड । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलोले सवारी देख्न नसकिने अवस्था । वर्षायाम शुरू भए यता सानो पानी पर्दा सम...
नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरी नायव उपरीक्षक(डीएसपी) हरुको सरुवा गरेको हो । तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी व्यवस्था मिलाइएको ...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरु दर्ता हुने क्रम सुर...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– ५ दलीय सत्ता गठबन्धन कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता क...
यही साउन १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा ४ जना मृत फेला परे । घटनाको अनुसन्धान गर्दै जाँदा घरमूली ४१ वर्षीय दिनेश पाण्डेले श्रीमती र २ छोराछोरीको हत्या गरी आत्महत्या गरेको खुल्यो ।...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...