×

टीकापुर नगरपालिकामा सुत्केरीलाई पोषण कोसेली वितरण

असार २३, २०७८

प्रतिकात्मक तस्वीर

कैलालीको टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षमा ४२६ सुत्केरीलाई उपमेयर पोषण कोसेली वितरण गरेको छ ।

नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका ४२६ सुत्केरीलाई कोसेली दिएको हो ।


Advertisment

नगरपालिकाले स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहन गर्न र नियमित गर्भजाँचमा ल्याउन कोसेली कार्यक्रम शुरू गरेको छ ।
 
कोसेली पाएपछि सुत्केरी महिला खुशी भएका छन् । टीकापुर–१ की रुपा चौधरीले कोसेली पाएपछि खुशी लागेको बताइन् । ‘मेरो २ महिनाकी छोरी छन्, पहिलो सन्तान हो । कोसेली लिन श्रीमान् पनि सँगै जानुभएको थियो,’ रुपाले भनिन्, ‘कोसेली दिनुअघि गर्भावस्था तथा सुत्केरी अवस्थामा ध्यान दिनुपर्ने कुरा, बच्चाको स्याहार, खानपानबारे जानकारी दिइयो । सुत्केरी भइसकेपछि पनि नियमित तीनपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्नेसमेत जानकारी पाएँ ।’


Advertisment

रुपाका अनुसार सँगै कोसेली लिन आएका उनका श्रीमान्ले बच्चा र सुत्केरी स्याहारबारे सचेत भएको बताइन् ।

बुहारी सुत्केरी भएर कोसेली लिन आएकी टीकापुर–५ की सन्ध्या विककी सासू रुपकला विकले बुहारी विशेष अवस्थामा रहिछन् भन्ने बुझेको बताइन् । ‘हुन त मैले नि ४ सन्तान जन्माएकी हुँ, हाम्रा पालामा यस्तो सुविधा थिएन । सुत्केरीको खानपानमा निकै ध्यान दिनुपर्ने रहेछ भन्ने सिकें,’ रुपकलाले भनिन्, ‘अब बुहारीलाई छोरीजस्तै स्याहार गर्नेछु । बच्चाको सबै काम आफैं गर्छु । बुहारी स्वस्थ भए पो बच्चा स्वस्थ हुने रहेछ ।’

कोसेली लिँदा अनिवार्य ४ पटक गर्भजाँच गरेको, नियमित आइरन चक्की खाएको, खोपको मात्रा पूरा गरेको र स्वास्थ्य संस्थामै सुत्केरी सेवा लिएको हुनुपर्दछ । टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सिनियर अनमी हेमा ज्ञवालीले कोसेली लिन आउने सुत्केरी, सुत्केरीका श्रीमान्, सासूससुरालाई सुत्केरी अवस्थामा ध्यान दिनुपर्ने खानपान र स्याहारबारेसमेत ज्ञान दिने गरेको बताइन् ।

‘यो कार्यक्रम जनचेतना जगाउनकै लागि हो । हामीले एक दिन मात्र कोसेली दिएर वर्षभरिलाई पुग्ने र पोषण सुधार हुँदैन,’ ज्ञवालीले भनिन्, ‘हाम्रो उद्देश्य सधैं यस्तै खानेकुरामा ध्यान दिऊन्, परिवारको साथ र सहयोगमा बच्चा हुर्काउन मिलोस् भन्ने हो ।’

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x