×

NMB BANK
NIC ASIA

फैसलापछिको राजनीति

एमालेको प्रतिक्रिया– सर्वोच्चको फैसला संविधानको मर्मविपरीत, दलीय प्रणालीको जरा खल्बलियो

असार २८, २०७८

NTC
फाइल फोटो
Premier Steels

नेकपा एमालेले प्रतिनिधि सभा पुन:स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने सर्वोच्चको फैसला संविधान र संसदीय शासन व्यवस्थाको मर्मविपरीत रहेको टिप्पणी गरेको छ ।

Muktinath Bank

लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यो फैसलाले दलीय व्यवस्थाको जरा नै खल्बल्याउने प्रतिक्रिया दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'हामीले ७० वर्षदेखि जे कुराका लागि संघर्ष गर्‍यौं त्यसलाई ध्वस्त पार्ने गरी फैसला आएको छ,' ज्ञवालीले भने, 'दलीय प्रणालीको मूल जरा नै खल्बल्याउने यसको परिणाम हुन्छ ।'


Advertisment
Nabil box
Kumari

सर्वोच्चको फैसलाले शक्ति सन्तुलनको सिद्धान्त पनि उल्लंघन गरेको टिप्पणी उनले गरे ।

Vianet communication

'शक्ति सन्तुलनको सिद्धान्त समेत उल्लंघन भएको छ,' ज्ञवालीले भने, '​कार्यपालिका र विधायिकाको अधिकार दुवै न्यायपालिकामा लैजाने काम भएको छ ।'

फैसलाबाट आफूहरू निकै गम्भीर भएको ज्ञवालीको प्रतिक्रिया छ ।

'हामी निकै गम्भीर भएका छौं । जे–जे कुराहरू जसरी व्याख्याका साथ फैसला आएको छ, यो असाध्यै नकारात्मक प्रभाव पार्ने खालको छ,' प्रवक्ता ज्ञवालीले भने ।

ज्ञवालीले आफूहरूले सर्वोच्चको फैसला मान्ने र यो त्रुटिपूर्ण छ भनेर जनतामा स्थापित गर्ने बताए ।

'जतिसुकै अप्रिय भए पनि पालना गर्छौं । यो फैसलाबारे जनतामा जान्छौं, छलफल गर्छौं । फैसला त्रुटिपूर्ण थियो भन्ने स्थापित गर्ने गरी अगाडि बढ्छौं,' ज्ञवालीले भने ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमवार प्रतिनिधि सभा पुन:स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x