×

NMB BANK
NIC ASIA

बङ्गलादेशबाट आइपुग्यो सबै मल

असार २९, २०७८

NTC
Premier Steels

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बङ्गलादेशसँग गरेको जीटुजी (सरकार–सरकार) सम्झौताअनुसार सम्पूर्ण मल नेपाल आइपुगेको छ ।

Muktinath Bank

कृषि मन्त्रालयले ५० हजार मेट्रिक टन युरिया मल लिने भनी बङ्गलादेश सरकारसँग जीटुजी सम्झौता गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही सम्झौताबमोजिम तीन लटमा सबै मल नेपाल ल्याइसकेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले भने, “अरू ठाउँभन्दा त्यहाँ सस्तोमा मल पाएका कारण थप दुई हजार मेट्रिक टन युरिया मलसमेत गरी ५२ हजार मेट्रिक टन मल नेपाल आइसकेको र बिक्री वितरणसमेत सुरु भइसकेको छ । ”

Vianet communication

सम्झौताकै क्रममा ५ प्रतिशत तलमाथि (माइनस–प्लस) हुनेगरी सम्झौता भएको हुन्छ । आवश्यकता अनुसार ५ प्रतिशत मल कम हुनसक्छ वा बढी हुनसक्छ । नेपाल सरकारलाई सस्तो लागेर दुई हजार मेट्रिक टन मल ल्याइएको हो ।

२०७७ को धान सिजनमा युरिया मलको हाहाकार भएपछि तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले बङ्गलादेशबाट पैँचोमा मल ल्याउने भनी कुराकानी अगाडि बढाएका थिए ।

कुरा सकारात्मक रूपमा अगाडि बढेपछि भदौको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग फोनमा संवाद गरी पैँचोमा मल ल्याउने सुनिश्चित गरेका थिए ।

बङ्गलादेश मल दिन तयार भएपछि २०७७ असोजमा मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गरी मल ल्याउने प्रक्रिया सुरु गर्न कृषि मन्त्रालयलाई सैद्धान्तिक अधिकार दिएको थियो ।

कृषि मन्त्रालयले प्रक्रिया सुरु गरेको एक महिनामा नै बङ्गलादेशले पैँचो मल दिन नसकिने बरु खरिद गर्नसके मात्र सहयोग गर्ने भनेर कृषि मन्त्रालयलाई पत्र पठाएको थियो । त्यसपछि कृषि मन्त्रालयले खरिद गरेर नै मल ल्याउने भनि बङ्गलादेशसँग संवाद सुरु ग¥यो । पत्रको आदानप्रदान भयो ।

विभिन्न चरणमा भौतिक तथा भर्चुअल बैठक पनि भयो । बल्ल बङ्गलादेशले मल दिन तयार भए पनि कृषि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लग्यो । मन्त्रिपरिषद्ले जीटुजीमार्फत बङ्गलादेशसँग मल खरिद गर्न सैद्धान्तिक अधिकार दियो । सो अधिकारबमोजिम कृषि मन्त्रालयले प्रक्रिया सुरु ग¥यो ।

२०७७ पुस २ गते मात्र युरिया मल ल्याउने भनी नेपाल र बङ्गलादेशबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापछि मल ल्याउन प्रक्रिया सुरु भएको सात महिनापछि मात्र सम्पूर्ण मल नेपाल आइपुगेको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडका कार्यकारी निर्देशक नेत्र भण्डारीले बङ्गलादेशले यसरी पहिलो पटक अरू देशलाई मल बिक्री गरेका कारण प्रक्रिया बुझ्दै गरेकाले थोरै ढिलो भएको बताए ।

कोरोना महामारीका कारण पनि मल आउनमा थोरै ढिलाइ भएको हो तर यसलाई खासै ढिलो भन्न नसकिने उनले बताए तर बङ्गलादेशबाट मल खरिद गर्दा नेपाललाई थुप्रै फाइदा भएको उनले बताए ।

उनले भने, “मलको अन्तर्राष्ट्रिय मूल्य दिनदिनै वृद्धि भइरहेको छ तर बङ्गलादेशले हामीलाई पुरानै मूल्यमा सबै मल उपलब्ध गराएको छ । सुरुमा हामीलाई शङ्का लागेको थियो कि मूल्य वृद्धि भएपछि केही आनाकानी हुन्छ कि तर त्यस्तो केही भएन । सामान्य ढुवानीमा तथा कानुनी प्रक्रियामा केही ढिला भयो, अरू सबै काम समयमा पूरा गरी मल ल्याउन सफल भयौँ । ”

उनले आवश्यक प¥यो भने त्यो देशले थप मल दिनसक्छ, त्यसका लागि सरकारले पहल गर्नुपर्ने बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x