मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
कैलाली जिल्लाको भजनी नगरपालिकामा निर्माणाधीन तटबन्ध बगेको छ ।
नगरपालिकाको वडा नम्बर ३ स्थित कान्द्रा नदीको कुसुमघाटमा गत वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको तटबन्ध बगेको हो ।
निर्माणमा चरम ढिलासुस्ती र प्राविधिक त्रुटिका कारण नदीमा आएको सामान्य बाढीले पनि तटबन्धको केही भाग भत्काएर बगाएको भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिए ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीको डिजाइनमा भएको त्रुटि र निर्माण कम्पनीले गरेको ढिलासुस्तीले सम्पन्न हुन नपाउँदै तटबन्ध भत्काएको उनले बताए ।
डिभिजन कार्यालय र निर्माण कम्पनीले स्थानीय तहसँग कुनै समन्वय समेत नगरेको वडाध्यक्ष चौधरीको भनाइ छ । मानव बस्ती, दूर्गा माध्यमिक विद्यालय, बीओपी कुसुमघाट सहितका क्षेत्र जोगाउन निर्माण गर्न थालिएको तटबन्ध नै भत्किएपछि उच्च जोखिममा परेको बताइएको छ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले निर्माण कम्पनीको ढिलाइले तटबन्धको केही भागमा क्षति पुगेको बताएको छ तर डिजाइनमा भने कुनै कमी नभएको कार्यालयको दाबी छ ।
डिभिजन प्रमुख डम्मरप्रसाद धितालका अनुसार तटबन्ध निर्माणको लागि राजेन्द्र निर्माण सेवासँग २०७७ जेठ २५ गते निर्माण सम्झौता भएको थियो । २०७८ भदौ ३ गते समेत तटबन्ध निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा रहेको छ ।
डिभिजन कार्यालयले भत्किएको तटबन्धसहित नगरपालिकाको वडा नम्बर ९ भुरुवामा २ स्थानमा तटबन्ध निर्माणको लागि ३ करोड ३३ हजार ७०७ रुपैयाँ लागतमा निर्माण सम्झौता गरेको छ । तर हालसम्म ४० प्रतिशत मात्रै काम गरेको डिभिजन प्रमुख धितालले बताए ।
भुरुवामा निर्माण गरिने भनिएको तटबन्धको काम निर्माण कम्पनीले शुरू समेत नगरेको डिभिजन प्रमुख धितालले लोकान्तरलाई जानकारी दिए ।
निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाले निर्माणको ठेक्का पाएको सबै काम प्रभावित भएको बताइएको छ । राजेन्द्र निर्माण सेवाका सञ्चालक डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद हुन् ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...