×

NIC ASIA

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध यति प्रगाढ छ कि उनीहरूको आफ्नै पार्टीका कोही नेतासँग यति विश्वासिलो सम्बन्ध सायदै होला ।

Muktinath Bank

प्रचण्ड र नेपालले एकअर्कासँग नसोधी कुनै पनि राजनीतिक ‘मूभ’ लिँदैनन् । कुनै बेला एकअर्कालाई देख्न पनि नचाहने अवस्था भएका यी नेताबीच अहिलेको मोह कुनै बेलाको आक्रोश र द्वन्द्व बिर्साउने खालको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी सशस्त्र द्वन्द्वमा हुँदादेखि नै नेपाल र प्रचण्डको सम्बन्ध बलियो बनेको थियो । २०५८ सालपछाडि माओवादीको सशस्त्र संघर्ष चरमोत्कर्षमा थियो ।


Advertisment
Nabil box
Kumari

तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गतेपछि अधिनायकवादी शासनको अभ्यास थालेका थिए । दलहरूलाई राजनीतिक भूमिकाविहीन बनाइएको थियो । माओवादीले उत्कर्षमा पुर्‍याएको सशस्त्र संघर्ष व्यवस्थापनमा राजनीतिक दलहरूले उपाय दिन सकेका थिएनन् । प्रत्यक्ष शासन गरिरहेका ज्ञानेन्द्र माओवादीमाथि बल प्रयोग गरेर दबाउने रणनीतिमा थिए, माओवादीलाई आतंककारी घोषणा गरिएको थियो । 

Vianet communication

त्यसबेला जसले माओवादीसँग सम्पर्क राख्यो, त्यो आतंककारीको मतियार कहलिन्थ्यो र कानूनी कारबाहीको भागिदार हुन्थ्यो । त्यस्तो अवस्थामा माधवकुमार नेपालले पार्टीमा आन्तरिक रूपमा निर्णय गराएर भूमिगत रहेका प्रचण्डलाई भेट्न पार्टीका नेताहरू वामदेव गौतम र युवराज ज्ञवालीलाई खटाए ।

सुरक्षाकर्मीलाई झुक्याएर नेताद्वय गौतम र ज्ञवालीले प्रचण्डलाई भेटेर आएपछि नेता नेपाल आफैं पनि प्रचण्डलाई भेट्न भारतको लखनउ र सिलगुढी पुगे । यही प्रयासले माओवादी र त्यसबेला ७ राजनीतिक दलको गठबन्धनबीच १२ बुँदे सहमति भयो । त्यसैको जगमा भएको २०६२÷६३ को जनआन्दोलनले पनि सफलता पायो ।

यसरी जोखिमयुक्त अवस्थाबाट जोडिएको नेता नेपाल र प्रचण्डको सम्बन्ध सरल बाटोबाट अगाडि बढ्न सकेन । 

लडाइँ हार्नेलाई जित्ने विपक्षीको सम्मान

२०६४ सालमा संविधान सभाको पहिलो निर्वाचन भयो । नेकपा एमालेले जम्मा ३३ सिटमा मात्रै  चित्त बुझाउनुपर्‍यो । पार्टीलाई निर्वाचनमा जिताउन नसकेको नैतिक जिम्मेवारी लिएर नेपालले एमालेको पार्टी महासचिवबाट राजीनामा घोषणा गरे । १५ वर्षदेखिको निरन्तर नेतृत्वमा ‘ब्रेक’ लाग्यो ।

चुनाव जितेर आएका माओवादीले एमालेसँगको गठबन्धन सरकार बनायो । २०६५ भदौमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भए । माधव नेपाल संविधान सभामा नभई नहुने व्यक्ति भनेर प्रचण्डले उनलाई मनोनितको प्रस्ताव गरे । नेपाल आफैंले प्रचण्डको प्रस्ताव अस्वीकार गरे । पछि प्रचण्डले नेकपा एमालेलाई पत्र नै लेखेर नेपाललाई संवैधानिक समितिको सभापति बनाउने भनेपछि एमालेले नेपाललाई मनोनित संविधानसभा सदस्य बनाउने निर्णय ग¥यो ।

नेपाल मनोनित भएर संवैधानिक समितिका सभापति भए । उनको मनोनयन लडाइँ हारेका सिपाहीलाई जित्ने विपक्षीले गरेको सम्मानजस्तो भयो । 

प्रधानसेनापति प्रकरण (रुक्माङ्गद कटुवाललाई विस्थापित गर्ने प्रयास) मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले साथ नदिएपछि प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिनुप¥यो । माओवादी नेतृत्वको सरकार ९ महिनामै ढल्यो ।

त्यसपछि एमाले र कांग्रेसले सरकार बनाउने भए । संसद र संविधान सभाको सबैभन्दा ठूलो दल प्रतिपक्षमा पुग्यो । चुनाव हारेर पनि सांसद मनोनित भएका माधव नेपाल २०६६ जेठमा प्रधानमन्त्री नियुक्त भए ।

दिउँसो दन्त बझान, साँझ सँगै भोजन 

माधव नेपाल सत्ता उक्लिने र प्रचण्ड सत्ताबाट बाहिरिने भएपछि नेपाल र प्रचण्डको सम्बन्ध तिक्ततामा परिणत भयो । अवस्था यस्तोसम्म भयो – संसदमा बजेट पेश गर्न गएका नेपाल क्याबिनेटका अर्थमन्त्री सुरेन्द्र पाण्डेको ‘ब्रिफकेश’ माओवादी सांसदले खोसेर च्यातिदिए, उनीमाथि आक्रमण गरे । संसदमा हंगामा भयो । पाण्डेलाई संसदमा बजेट पेश गर्न दिइएन ।

सत्ताबाट बाहिरिएपछि माओवादीले सडक आन्दोलन रोज्यो । २०६६ पुसमा माओवादीले सडक आन्दोलन तताएको थियो । पुस ८ गते बानेश्वरमा आयोजित सभामा प्रचण्डले नेपाल नेतृत्व सरकार भारतीय कठपुतली भएको र दाससँग कुरा गर्नुको औचित्य नरहेकाले मालिकसँगै कुरा गर्ने उद्घोष गरेका थिए ।

सभाबाट प्रचण्डले नेपाललाई ‘विषवृक्ष’ भनिदिए । उनले भनेका थिए, ‘कल्पवृक्ष भनेर रोपेको त विषवृक्ष पो परेछ ।’ नेपालले आफूलाई धोका दिएको अर्थमा उनले यसो भनेका थिए । 

दिउँसो नेपाललाई कठपुतली र विषवृक्ष भनेका प्रचण्ड साँझ मण्डिखाटारस्थित एक व्यापारीको घरमा नेपालसँग वार्तामा सहभागी भए । माओवादीले त्यसबेला नेपाल नेतृत्वको सरकारसँग वार्ता र आन्दोलन सँगसँगै अघि बढाएको थियो । वार्तामा प्रचण्डले आफ्नो प्रतिष्ठाको लागि मात्रै भए पनि प्रधानसेनापतिबाट हटाइदिन आग्रह गर्ने गरेको त्यतिबेला वार्तामा सहभागी नेताहरूले बताउने गरेका छन् । नेपालले प्रचण्डको आग्रह अस्वीकार गरेका थिए । 

फर्कंदा प्रचण्डको चश्मा व्यापारीको घरमै छुटेछ । उनले भोलिपल्टको संसद बैठकमा सेतो कागजले बेरेर चश्मा प्रचण्डलाई फिर्ता दिए । मण्डिखाटारमा उनीहरूले सँगै खानपिन गरेको फोटो पनि बाहिरियो । यसले नेपाल र प्रचण्ड बीचको ‘लभ–हेट’को सम्बन्ध थप पटाक्षेप गरिदियो । दिनभर दन्त-बझान गर्ने, साँझ वार्तामा बस्ने र सँगै भोजन गर्ने शृंखला लामै समयसम्म चलिरह्यो । 

०७७ फागुन ११ मा संसद पुनस्थापना भएपछि लड्डु खुवाएर खुशी साट्दै माधव नेपाल र प्रचण्ड ।

सोही दिनको संसद बैठकलाई सम्बोधन गर्दै नेता नेपालले प्रचण्डले लगाएको विषवृक्षको आरोपको जवाफ दिए । संसदमा नेपालले भनेका थिए, ‘न म विषवृक्ष हुँ, न कल्पवृक्ष तर म एउटा त्यस्तो वृक्ष बन्न चाहन्छु जसले नेपाली जनतालाई सकेसम्म मीठो फल दिने प्रयत्न गर्छ, नसके बाटो हिँड्ने बटुवालाई छहारीसम्म अवश्य दिनेछ ।’

प्रचण्डले नेपाल नेतृत्वको सरकारलाई घुँडा टेकाउने भन्दै २०६७ वैशाखमा देशव्यापी आमहड्तालको घोषणा गरेका थिए । तर नेपालले माओवादीको आन्दोलत तुहिने घोषणा गरेका थिए । हुन पनि त्यस्तै भयो । माओवादी ६ दिनमै आन्दोलन फिर्ता लिन बाध्य भयो ।

नेकपामा त्रास र साथ 

२०७४ सालको दशैंको बेला पारेर तत्कालीन एमाले अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डले पार्टी एकीकरण गर्ने सहमति गरे । २ नेताका यी निर्णय सार्वजनिक नहुँदासम्म दुवै पार्टीका अरू नेताहरूले सुइँकोसम्म पाएनन् ।

२०७५ जेठ ३ गते पार्टी एकीकरणको घोषणा भयो । पार्टीमा २ अध्यक्षको प्रणाली अबलम्बन गरियो । ओली र प्रचण्डलाई नेकपा नामको जहाजको २ पाइलटको रूपमा व्याख्या गरियो । पार्टीमा ओली र प्रचण्डको हालिमुहाली भयो । नेपाल किनारामा पारिए ।

सरकार गठनदेखि राजनीतिक नियुक्तिसम्म ओली र प्रचण्डको सहमति र भागबण्डामा टुंगिन्थ्यो । नेपाललाई न त ओलीले रूचाउँथे, न त प्रचण्डले नै खोज्थे । नेपालले एक्लिएको महसूस गरेका थिए, पार्टी विधि र पद्धतिमा नचलेको नेपालको गुनासो हुन्थ्यो । 

बिस्तारै ओली र प्रचण्डको कुरा मिल्न छोड्यो । बल्ल प्रचण्डले नेपालको साथ खोजे । ओली र प्रचण्डको विवाद मिलाउन नेपालले भूमिका पनि खेले । ओली र प्रचण्डको भेटघाट नै बन्द भएको अवस्था प्रचण्डको सन्देश लिएर नेपाल ओलीसँग छलफल गर्न पटक–पटक बालुवाटार गए तर ओली र प्रचण्डको कुरा मिल्न सकेन । अन्ततः ओलीले २०७७ पुस ५ गते संसद विघटन गरिदिए ।

त्यसपछि ओली र प्रचण्ड–नेपालको कित्ता ‘क्लीयर’ भयो । फेरि प्रचण्ड र नेपालको सहयात्रा शुरू भयो । 

प्रचण्ड र नेपाल मिलेर ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने निर्णय गरे । ओली एक्लैले पार्टीको केन्द्रीय सदस्य थपेर १५ सय पुर्‍याइदिए । प्रचण्ड–नेपालले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाए र केपी ओलीलाई पार्टी सदस्य समेत नरहने गरी हटाउने कारबाही गरे । प्रचण्ड–नेपाल एकातिर र ओली अर्कोतिर भएर पार्टीको समानान्तर गतिविधि चल्यो ।

प्रचण्ड–नेपालले सडक संघर्ष शुरू गरे । दुवैतर्फको शक्ति प्रदर्शनको क्रम शुरू भयो । २०७७ फागुन ११ गते संसद पुनस्थापना भएको दिन प्रचण्ड र नेपालले लड्डु साटासाट गरे । 

तर फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्काइदियो । ‘हामी यहाँ छौं’ भनेर सडकमा सँगै पलेटी कसेका २ नेता अब २ फरक पाटीमा भए तर उनीहरूको सहकार्य अविराम जारी छ । 

२०७८ वैशाख ८ गते तत्कालीन प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद विघटन गरेपछि प्रचण्ड र नेपाल बीचको मोह झन्झन् गहिरिएको छ । त्यसयता २ नेताले कुनै पनि राजनीति निर्णय एकअर्काको परामर्श विना गरेकै छैनन् । 

असार २८ गते दोस्रो पटक संसद पुनःस्थापना भएपछिका २३ दिनमा मात्रै १० पटक प्रचण्ड नेपालनिवास कोटेश्वर पुगेका छन् । सत्ता गठबन्धनका कामदेखि एमालेमा ओलीले लिनसक्ने राजनीतिक निर्णयसम्मका विषयमा २ नेताले खुलेर छलफल गरेका छन् ।

यतिसम्म कि माधव नेपालले ओलीलाई ‘महाराजधिराज’ भनेर व्यंग्य गर्दा खुशीले गदगद भएका प्रचण्ड नेपाललाई धन्यवाद दिन समेत कोटेश्वर पुगेका थिए । 

यस्तो छ असार २८ गतेयता प्रचण्ड र नेपालबीचको भेट शृंखला   

असार २८ :सर्वोच्च अदालतले संसद पुनःस्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि अदालतमा रिट दर्ता गरेका ५ दलीय गठबन्धनका नेताको बैठक कोटेश्वरमा भएको थियो । साँझ सवा ५ बजे वन पैदावारको कार्यालयमा बसेको बैठकमा एमालेका वरिष्ठ नेता नेपाल, माओवादीका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरू सहभागी थिए ।  

असार ३१ : बिहान नेकपाका महासचिव विप्लवसँग भेट गरेका माधव नेपालले ११ बजेको आसपासमा प्रचण्डसँग पनि भेट गरेका थिए । नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका थिए । नेपाल र प्रचण्डको भेटमा नेकपामा महासचिव विप्लव र सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि सँगै रहेका थिए । 

साउन २ : सर्वोच्चले संसद पुनःस्थापना गरिदिएपछि ५ दलीय गठबन्धन कसरी अगाडि बढ्ने भनेर अल्मलिएको बेला नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरस्थित नेपाल निवासमा पुगेका थिए । साउन २ गते दिउँसो नेपाल र प्रचण्डबीच केहीबेर छलफल भएको प्रचण्डको सचिवालयले बताएको थियो । 

साउन ५ : कोटेश्वरस्थित नेपाल निवासमा माधव नेपाललाई भेटेका प्रचण्ड तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । सोही दिन प्रचण्डलाई भेटेलगत्तै नेपालले जसपाका अध्यक्ष उपेन्द्र  यादवसँग पनि भेट गरेका थिए । ती भेटमा ५ दलीय गठबन्धन र सरकारमा सहभागिताको विषयमा छलफल भएको थियो । यसैदिन देउवा, प्रचण्ड र नेपालले पूर्ववर्ती ओली सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने सहमति गरेका थिए । 

साउन ९ :बिहान ८ बजे नै प्रचण्ड कोटेश्वरस्थित माधव नेपाल निवास पुगेका थिए । अघिल्लो दिन माधव नेपालले ओलीलाई ‘महाराजधिराज’ भनेर व्यंग्य गरेका थिए । भेटमा नेपाललाई दाहालले ओलीलाई महाराजधिराज भनेकोमा धन्यवाद दिएका थिए । त्यसलगत्तै पेरिसडाँडामा आयोजित नरबहादुर कर्मचार्यको ८औं स्मृति दिवसको कार्यक्रममा सहभागी भएका प्रचण्डले आफूले माधव नेपाललाई धन्यवाद दिएर आएको बताएका थिए । त्यति मात्रै होइन, माओवादी केन्द्रमा ४९ जना सांसदले नै मन्त्री मागेकाले आफू आतंकित भएको अभिव्यक्ति दाहालले दिएका थिए ।

साउन १२ :सरकारको न्यूनतम साझा कार्यक्रम बनिरहेको र ५ दलीय गठबन्धनले क्याबिनेट विस्तार गर्न नसकिरहेको बेला साउन १२ गते प्रचण्ड माधव नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । नेपालसँग केहीबेर संवाद गरेर प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका थिए । 

साउन १४ : बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारका काम र मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका प्रचण्डले सिधैं कोटेश्वर पुगेर माधव नेपालसँग भेट गरेका थिए । भेटमा नेपाल समूह सरकारमा सहभागी हुने सम्भावनाबारे छलफल भएको थियो । 

साउन १७ :प्रचण्डले माधव नेपालसँग नेकपा एमालेको विवाद समाधान प्रयासबारे चासो राख्दै सरकारमा सहभागी हुने/नहुनेबारे सोधेका थिए । नेपालले पनि एमालेको विवाद समाधानतिर गएकाले सरकारमा सहभागी नहुने जानकारी प्रचण्डलाई गराएका थिए । सोही दिनको माओवादी केन्द्रको बैठकमा प्रचण्ड माधव नेपाल समूह सरकारमा नआउने विश्लेषण सुनाएका थिए । माधव नेपाल समूह कानूनी र राजनीतिक रूपमा अप्ठ्यारोमा रहेको र सहयोग गर्नुपर्ने मत पनि प्रचण्डले राखेका थिए । 

साउन १९ :एमालेको विवाद समाधानको लागि केपी ओली र माधव नेपालको भेटवार्ता हुने चर्चा चलिरहेको बेला माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका थिए । यसअघिका नेपाल र प्रचण्डको सबैजसो भेट नेपाल निवासमै भइरहेको थियो । तर साउन १९ गतेको भेट भने माधव नेपाल निकट एमालेको केन्द्रीय सदस्य पार्वती थापाको घरमा भएको थियो । कोटेश्वरको खरिबोट नजिकै उनको घर छ । थापाको घरमा नेपाल र प्रचण्डले सवा घण्टा कुराकानी गरेका थिए । बिहान ९ बजेबाट शुरू भएको भेटवार्ता सवा १० बजे सकिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x