×

NMB BANK
NIC ASIA

भुपू गोर्खा सैनिकको माग पुरा गर्न पहल नभए नेपालमै आमरण अनसन सुरू गर्ने घोषणा

साउन २४, २०७८

NTC
Premier Steels

नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको समस्या समाधानमा प्रभावकारी प्रयास नगरे नेपालमा पनि नागरिक समाजले आमरण अनसन शुरू गर्ने घोषणा गरेका छन् ।

Muktinath Bank

ब्रिटिस गोर्खा सैनिकलाई समान व्यवहार, सेवाको स्वच्छ मूल्यांकन र मानवीय व्यवहार नभएको भन्दै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले बेलायतमा आमरण अनसन सुरू गरेका छन् । उनीहरूको अनसनलाई ऐक्यबद्धता जनाउँदै नेपालमा रहेको राष्ट्रिय स्वाभिमान जागरण अभियानका अभियन्ताहरूले नेपालमा पनि आमरण अनसन सुरू गर्ने चेतावनी दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय स्वाभिमान जागरण अभियानमा आबद्ध नागरिक समाजमा अगुवाहरु डा. युवराज संग्रौला, डा. कुमार शर्मा आचार्य र प्रेमचन्द्र राईले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको माग पूरा गराउन सरकारले प्रभावकारी पहल गर्नुपर्ने र त्यसो नगरे नेपालमा आमरण अनसन सुरू गर्ने घोषणा गरेका हुन् । उनीहरूले सरकारलाई सात दिनको समयसीमा दिएका छन् ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय स्वाभिमान जागरण अभियान र भुपू ब्रिटिश गोर्खा सैनिकहरुले आज भर्चुअल रूपमा संवाद कार्यक्रम आयोजना गरेका थिए । सोही कार्यक्रममा नागरिक समाजका अगुवाहरुले आमरण अनसन बस्ने घोषणा गरेका हुन् ।

Vianet communication

भुपू ब्रिटिश गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ति, बयस्क छोरा–छोरीहरुलाई बेलायतमा निःशर्त आवासीय भिसा दिनुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन् ।

यस अघि बेलायतमा १३ जना भुपू ब्रिटिश गोर्खा सैनिकहरूले रिले अनसन गरिहेको  थिए । हिजोबाट उनीहरूले आमरण सुरू गरेका छन् ।

बर्षौदेखि नेपाली नागरिकको बेहाल भइरहँदा पनि सरकारले बेवास्ता गरेको डा. युवराज संग्रौलाले बताए । भुपू ब्रिटिश गोर्खा सैनिकहरूको माग जायज रहेको र उनीहरूको माग सम्बोधनको लागि नेपाल सरकारले पहल लिनुपर्ने संग्रौलाको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x