×

NMB BANK
NIC ASIA

नामकरणको ‘ना’ नै उच्चारण नगरी प्रदेशसभा अधिवेशन अन्त्य

साउन ३२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश सभाको पछिल्लो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण गर्न ढिलाइ भएकाले चाँडै गर्ने उद्घोष गरेका थिए ।

Muktinath Bank

मुख्यमन्त्री राईले आफैं चासो देखाएको भनी सांसदहरू अचम्म मानिरहेका थिए तर प्रदेश सभामा एकपटक पनि नामकरणको विषय नै नउठी आठौं तथा बजेट अधिवेशन अन्त्य भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारले सभामुखको सल्लाह विना नै संसद अधिवेशनको अन्त्य गर्ने निर्णय गरेको थियो । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेपछि प्रदेश प्रमुखले संसद सचिवालयलाई समेत सोमवारै पत्र पठाएका थिए तर सभामुख प्रदिप कुमार भण्डारीले मंगलवार १ बजेका लागि बैठक बोलाएका थिए । आफूलाई सरकारले गरेको सिफारिसबारे कुनै जानकारी नभएकाले बैठक बोलाएको भण्डारीले बताए ।


Advertisment
Nabil box
Kumari

संसद सचिवालयले समेत सोमवार राति १२ बजेदेखि चालू अधिवेशन अन्त्य हुने सूचना जानकारी गराइसकेको छ । अधिवेशन अन्त्य भएपछि माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्व मन्त्री ईन्द्र आङवाले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘अरु अपेक्षा त के नै हुनु तर आफ्नै छायाँसँग तर्सिंदै आफ्नो आयु सकिने भो प्रदेश सरकारको ।’

Vianet communication
Laxmi Bank

हुँकारका साथ चालू बजेट अधिवेशनबाटै प्रदेशको नामकरण गर्ने मुख्यमन्त्रीलाई अचानक अधिवेशन अन्त्य गर्नुपर्ने बाध्यता के परेछ भन्दै उनले प्रश्न समेत गरेका छन् । सरकारले नामकरणको विषयमा चुइँक्क नबोली अधिवेशन अन्त्य गर्नु लज्जास्पद भएको नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री हिम्मतबहादुर कार्कीले प्रदेशको नामकरणको विषयमा सहमति नभएका कारण अधिवेशनको अन्त्य गरिएको बताए । एमाले र कांग्रेसको आन्तरिक समस्याका कारण सांसदहरू बैठकमा सक्रिय नभएका कारण अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको कार्कीले बताए ।

प्रदेशसभा गठन भएको ४ वर्ष हुनैलाग्दा एकपटक मात्रै मुख्यमन्त्री राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेतासँग छलफल गरेका छन् । एमालेभित्र नै सहमति हुन नसकेको सत्तारुढ दलका नेताहरू बताउँछन् । 

एमालेमा माधवकुमार नेपाल पक्षका सांसदको आशमा मुख्यमन्त्री रहेका छन् भने माधव पक्षका सांसदहरू केन्द्रको निर्देशन पर्खेर बसेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x