×
Bajaj Top
Khukuri
FONEPAY

राजधानीमा सुख्खा बन्दरगाह

चोभारमा तयार भयो सुख्खा बन्दरगाह : के-के छन् सुविधा, कहिले आउँछ सञ्चालनमा ?

काठमाडाैं | भदौ १८, २०७८

NTC
TVS INSIDE

काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

Sanima Bank
morang Auto yamaha

अबको केही महिनामा नै यसलाई सञ्चालन गर्न सक्ने गरी संरचना निर्माण भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

उद्योग तथा वाणिज्य मन्त्रालय मातहतमा निर्माण भएको यस बन्दरगाहलाई सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको निर्देशक गजुरेलको भनाइ छ ।

बन्दरगाहको २ माइलस्टोनमध्ये १ माइलस्टोन संरचना निर्माण करीब-करीब सकिएको छ,’ उनले थपे, ‘अब सञ्चालन माइलस्टोन पनि पूरा हुनेछ ।’

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

बन्दरगाह सञ्चालनका लागि सरकारले निर्णय गर्नुपर्ने छ । यसका लागि आवश्यक छलफल भइरहेको उनले बताए । 

उनले भने, ‘हामीले संरचना निर्माण भएको जानकारी सरकारलाई दिइसकेका छौँ, अब सरकारले पनि छिट्टै सञ्चालन गर्ने सोच बनाएको बुझिएको छ ।’

कस्तो छ संरचना ? 

२ सय २० रोपनीमा फैलिएको सुख्खा बन्दरगाहमा ३ वटा मुख्य गेट राखिएको छ । मास्टरप्लान अन्तर्गत यी गेटहरू बनाइएका छन् । 

३ वटा भवन बनाइएको छ, जसमा प्रशासनिक, भन्सार तथा क्वारेन्टीनको अलग–अलग भवन निर्माण गरिएको छ ।

बन्दरगाहमा ३ ठूला गोदाम निर्माण भएको छ । ३ वटा स्टफिङ/डिस्टफिङ भन्ने संरचना बनाइएको छ । जसमा सवारी साधनले ल्याउने सामानहरूलाई भन्सार प्रयोजनका लागि चेकजाँच गर्ने तथा लोड/अनलोड गर्ने सुविधा छ । 

यस्तै बन्दरगाहमा पार्किङ यार्ड र कन्टेनर पार्किङ यार्ड निर्माण गरिएको छ । यसमा आवश्यक लाइटिङ सिस्टम, इलेक्ट्रिक सब स्टेसन तथा सीसी क्यामेराहरू पनि जडान भइसकेको छ । 

बन्दरगाहलाई २ भागमा विभाजन गरिएको छ, एउटा आन्तरिक र अर्को बाह्य । कसैले काठमाडौंका लागि पार्किङ गर्न चाहेमा त्यो सुविधा पनि छ । यहाँ सामान केही दिनका लागि राख्छु वा सवारी साधन ल्याएर केही दिनका लागि पार्किङ गर्छु भनेमा पनि सुविधा उपलब्ध छ ।

मास्टरप्लान अनुसार यस पार्किङमा ५ सय कन्टेनर तथा अन्य ५ सय सवारी साधन राख्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । 

त्यहाँ भइरहेका गतिविधिहरूको सुक्ष्म निगरानीका लागि सीसी क्यामेरा पनि बन्दरगाहमा राखिएको छ ।

बन्दरगाहमा ठूला मालबाहक सवारी साधनहरूका कारण निस्कने ध्वनी नियन्त्रणका लागि प्रणाली विकसित गरिएको छ ।

कार्यकारी निर्देशक गजुरेलले भने, ‘हामीले यहाँ साउन्ड ब्यारियर इन्स्टल गरेका छौँ, यसले ध्वनि नियन्त्रण गर्न सहज हुनेछ ।’

विश्व बैंकको १ अर्ब ८० करोड ऋण सहायतामा बन्दरगाह निर्माण भएको छ, जसमध्ये १ करोड ६० करोड बन्दरगाह निर्माणमा र बाँकी २० करोड कार्यालय निर्माणमा खर्च भएको बताइएको छ ।

चीनको साक्षी र नेपालको आशिष निर्माण कम्पनीले बन्दरगाह निर्माणको ठेक्का पाएका थिए । 

वि.सं. २०७५ माघ ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बन्दरगाह निर्माणको काम साढे २ वर्षमा सकिन लागेको हो ।

१८ महिनामाा निर्माण सम्पन्न गर्ने समझदारी भएपनि विभिन्न कारणले ढिलाइ हुँदा साढे २ वर्षमा बन्दरगाहको संरचना तयार भएको कार्यकारी निर्देशक गजुरेलको भनाइ छ । 

स्थानीयको विवाद र कोरोनाका कारण एक वर्ष यसको काम नभएको उनले सुनाए ।

मालबाहक गाडीको जाँच पासमा सहज

वीरगञ्ज, विराटनगर, भैरहवा, काँकडभित्ता, तातोपानीलगायतका स्थानमा बन्दरगाह सञ्चालनमा छन् ।

काठमाडौंमा कुनै देशको सीमा नजोडिएको भएपनि बाहिरबाट आयात हुने करीब ६० देखि ७० प्रतिशत वस्तुको उपभोग काठमाडौंबाट हुने भएकाले यसलाई मध्यनजर गर्दै बन्दरगाह निर्माण गरिएको हो । 

यहाँ बन्दरगाह सञ्चालनमा आएसँगै भन्सारमा चाप घट्ने अपेक्षा गरिएको छ । 

काठमाडौँ तराई फास्ट ट्र्याक बनिसकेपछि वीरगञ्जबाट आउने सामानका लागि दूरी कम हुन्छ, भने यसले खर्च घटाउने छ । 

यसो हुँदा व्यापार सहजीकरण, व्यापारी तथा व्यवसायीलाई नयाँ संरचनाका साथ सुविधा मिल्नेछ । 

यति मात्रै नभएर आगामी दिनमा काठमाडौंबाट निर्यात हुने वस्तुहरू सुख्खा बन्दरगाहबाटै गर्न सकिनेछ । 

आगामी दिनमा चीन र भारतबाट रेल आएमा पनि यो जंग्सन पोइन्टको रूपमा विकास हुने बताइएको छ ।

कहिले आउँछ सञ्चालनमा ? 

संरचना निर्माणको काम सकिएपनि यो कहिले सञ्चालनमा आउँछ, भन्ने चाहिँ यकिन भैसकेको छैन ।

बन्दरगाह सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र यससँग सम्बन्धित निकायहरूले छलफल गरिरहे पनि मिति तोकिएको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद रेग्मीले अन्तरसम्बन्धित निकायहरूबीच बन्दरगाह सञ्चालनका लागि छलफल भइरहेको बताए । 

उनले भने, ‘हामीले अन्तरसम्बन्धित निकायहरूसँग छलफल गरिरहेका छौँ, अब छिट्टै सञ्चालनमा आउँछ ।’


 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ के...

माघ ३, २०७८

बैंक तथा वित्तीय संस्थाहरूमा चालू आर्थिक वर्षको ६ महिनापछि बल्ल तरलता सहज हुन थालेको छ । सरकारले स्थानीय निकायको सञ्चित कोषमा भएको ८० प्रतिशसम्मको रकम वाणिज्य बैंकहरूले निक्षेपका रूपमा लिन पाउने व्यवस्था गरेको ...

माघ ३, २०७८

मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगेको चर्चा भइरहेका बेला अर्थ मन्त्रालयले भने बाहिर चर्चा भएजस्तो अर्थतन्त्रका सूचक खराब नभएको दाबी गरेको छ ।  अर्थ मन्त्रालयले सोमवार प्रेस नोट जारी गरेर सरकारको समग्र ...

माघ २, २०७८

चालू आर्थिक वर्षको ६ महिनाको विकास निर्माणका लागि गरिने पुँजीगत खर्च जम्मा १३.४४ प्रतिशत मात्रै छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आवको पहिलो ६ महिनाको कुल खर्च नै जम्मा ३१.०३ प्रतिशत रहेको...

माघ ३, २०७८

वाणिज्य बैंकहरूमा एक महिनामा नै ८७ अर्बले निक्षेप बढेको छ ।  नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा पुस मसान्तको निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।  यस्तो निक्...

माघ २, २०७८

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रवार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...