×

NMB BANK
NIC ASIA

संखुवासभा घटना

‘मिसन एमएम– ६’ : तीनवटा ‘क्लु’ जसले प्रहरीलाई अभियुक्त लोकबहादुरतर्फ डोहोर्‍यायो

भदौ २७, २०७८

NTC
Premier Steels

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ सदस्यको हत्या गरेको आरोपमा स्थानीय लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले आइतवार सार्वजनिक गरेको छ ।

Muktinath Bank

पक्राउ परेका लोकबहादुर नातामा मृतक तेजबहादुरका भतिजा पर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक अनुसन्धान अधिकृतका अनुसार लोकबहादुरको घरनजिकै रगत देखिनु पहिलो यस्तो क्लु थियो, जसले प्रहरीलाई हत्यारा पत्ता लगाउने बाटोतर्फ डोहोर्‍याएको थियो ।


Advertisment
Nabil box
Kumari

अभियुक्त लोकबहादुर कार्की

Vianet communication

‘लोकबहादुरको घर सबैभन्दा नजिक १५/२० मिटरको दूरीमा छ, त्यो भन्दा नजिक अरू कुनै घर छैनन्,’ ती अधिकृतले लोकान्तरसँग भने । 

दोस्रो ‘क्लु’ उनी लास देख्ने पहिलो व्यक्ति हुन् । उनले आफन्तलाई ‘बडा बा’ (मृतक तेजबहादुरलाई लोकबहादुरले बडा बा भन्थे) को लास फलानो ठाउँमा छ भनेका थिए । तर उनले भनेको ठाउँमा लास थिएन ।

उनले लास कुन ठाउँमा छ भनेर यकिन नभई आफन्तलाई लास फलानो ठाउँमा छ भनेर कसरी भने त ? भन्ने प्रश्नको उत्तर खोज्दा प्रमाण भेटिएको ती अधिकृतले बताए ।

तेस्रो, हत्याको प्रकृति नै प्रहरीका लागि ‘क्लु’ बन्यो । 

घटनाको अनुसन्धान गर्दै डीआईजी अरुण बीसीहत्याको प्रकृति हेर्दा यसरी हत्या कि त मानसिक रोगीले गर्छ, कि त आफन्तले गर्छ भन्ने प्रहरीलाई शुरूमै लागेको थियो ।

‘मेरो अनुभवका आधारमा यस्तो हत्या चिनजानको मान्छेले गर्न सक्छ,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ‘आफ्नो पोल खुल्ने भएपछि देख्ने जतिलाई मार्दै गएको हुनसक्छ, भन्ने पाटोमा अनुसन्धान अगाडि बढाएका थियौं ।’

लोकबहादुर मानसिक रोगी पनि रहेको र उनले त्यसको औषधि समेत सेवन गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

उनले तेजबहादुरलाई पटक–पटक अक्रोशयुक्त व्यवहार गर्ने गरेको समेत अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । 

प्रहरीको पत्रकार सम्मेलन

अभियुक्तले चिर्पट (दाउरा)ले टाउको हानेर हत्या गरेको बयान दिएको प्रदेश नम्बर १ का प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण बिसीले पत्रकार सम्मेलनमा बताए ।

घटना एकाबिहानै घटेको प्रहरी अनुसन्धानमा देखिएको छ । 

खेताला खोज्न भनेर निस्किएका तेजबहादुरलाई देख्नेबित्तिकै आक्रमण गरी हत्या गरेको र उक्त घटना देख्ने सबैलाई पालैपालो आक्रमण गर्दै गएको खुलेको छ ।

प्रहरीले व्यक्तिगत रिसइबी, आवेग, सुनियोजित हत्या अथवा लुटपाटसहित विभिन्न कोणबाट अनुसन्धान गरेको डीआईजी बीसीले बताए ।

घरमा रहेको ५ लाख र केही गरगहना सुरक्षित रहेकाले लुटपाटको उद्देश्य होइन भन्नेमा प्रहरी शुरूमै पुगेको थियो ।

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान सुनसरीमा गरिएको पोस्टमार्टममा भुत्ते हतियारले हान्दा टाउको रगत जमेर मृत्यु भएको देखिएको थियो ।

सीआईबीका डीएसपी रुगम कुँवरको नेतृत्वमा ३ जना सदस्य, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदी, प्रदेश नम्बर १ का प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण बिसीसहित ४० जना प्रहरीको टोली घटनास्थलमा रहेर अनुसन्धानमा विभिन्न भूमिका निर्वाह गरेका थिए ।

डीएसपी कुँवर

वृद्धा पार्वता कार्की, छोरा तेजबहादुर कार्की, बुहारी मनमाया भन्ने कमला कार्की, नातिनीबुहारी रञ्जना कार्की, नाति विपिन कार्की र नातिनी गोमा कार्कीको सोमवार हत्या भएको थियो ।

हजुर आमाको शव घरभित्र, छोराबुहारीको शव खोला छेउमा र नातिनातिनाको शव घरमाथि खर बारीमा भेटिएको थियो ।

उक्त परिवारका वयोवृद्ध हजुरबुवा तथा नातिहरू २२ वर्षीय नरेश कार्की र २५ वर्षीय रमेश कार्की जीवित छन् । वैदेशिक रोजगारीमा रहेका नरेश र रमेश नेपाल फर्किएर काजकिरियामा बसेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x