×

NMB BANK
NIC ASIA

विश्व बजारमा चिप्सको अभाव : कार निर्माताहरू उत्पादनमा कटौती गर्न बाध्य, नेपाली बजार पनि प्रभावित

भदौ ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण आधुनिक सवारी साधनहरूमा प्रयोग हुने कम्प्यूटर चिप्सको सप्लाई चेनमा नराम्रो धक्का पुगेको छ ।

Muktinath Bank

जसको कारण अटोमोवाइल कम्पनीहरुले कम्प्यूटर चिप्स तथा सेमीकन्डक्टर नपाउँदा उत्पादनमा कटौती गर्न बाध्य भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत शुक्रबार मात्रै जापनीज अटो जायन्ट टोयोटाले आगामी सेप्टेम्बर महिनाको उत्पादनमा ४० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।


Advertisment
Nabil box
Kumari

हालै मात्र अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले आफ्नो अमेरिकी दुईवटा उत्पादन प्लान्टको दोहोरो सिफ्ट बन्द गर्ने निर्णय गरेको छ ।

Vianet communication
Laxmi Bank

निसानले अमेरिकी र मेक्सीको प्लान्टमा हुने उत्पादनलाई घटाएको छ ।

यस्तै फक्सवागेनले आफ्ना १० हजार कामदारलाई घर पठाउन बाध्य भएको जनाएको छ ।

चिप्सको सप्लाईमा आएको मन्दिका कारण भारतीय अटोमोवाइल कम्पनीहरु समस्यामा परेका छन् ।  

नेपाली बजारको झण्डै ९७ प्रतिशत सवारी साधन भारतीय उत्पादनमा निर्भर रहेको छ । महिन्द्राका उत्पादनहरु विगत १ वर्षदेखि माग अनुसारको सप्लाई भइरहेको छैन ।

हुन्डाई, सुजुकी, टाटा मोटर्सका भारतीय प्लान्टबाट उत्पादन हुने कतिपय कार मोडल खरिद गर्न कुर्नुपर्ने वाध्यता सृजना भएको अटोमोवाइल व्यवसायीहरूले जनाएका छन् ।        

अहिले आधुनिक सवारी साधन बन्नका लागि पार्टसहरु इन्जिन, गियरबक्स, च्यासीस, ह्वील, टायर, ग्लास, प्लास्टीक, स्टीलका साथसाथै विभिन्न प्रकारका इलेक्ट्रोनीक कन्डक्टर तथा माइक्रो चिप्सहरु जस्ता पार्टस् पनि आवस्यक पर्न थालेको छ ।

आधुनिक कारहरुमा इन्जिनमा कति फ्यूल पठाउनेदेखि विण्ड स्कृनको वाइपर वा हेडलाइट कति बेला चलाउने, एयरव्याग कस्तो अवस्थामा खुल्नेदेखि क्लाइमेट कन्ट्रोल जस्ता फङ्सनहरु कम्प्युटर चिप्सको मद्दतले संचालन हुने गरेको छ ।

प्रविधिको बढ्दो प्रयोगसँगै एउटा कारमा झण्डै १ सयवटा जति माइक्रो चिप्सहरुको प्रयोग हुन थालेको छ ।

अझ कारमा व्यापकरुपमा कनेक्टेड फिचर र अटोनोमस प्रविधिको विकास भएसँगै चिप्सको मागमा अत्याधिक वृद्धि हुँदै गएको छ ।

यस्तो अवस्थामा चिप्सको अभाव हुँदा अटो मोबाइल उद्योगमा नराम्रो धक्का पुगेको अटोमोबाइल व्यवसायीहरूले बताउन थालेका छन् । एजेन्सीअरूको सहयोगमा 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x