×

NMB BANK
NIC ASIA

सर्वदलीय बैठक

बालुवाटारमा सर्वदलीय बैठक, एमाले अनुपस्थित

असोज १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

संसद्‍मा २३ दिनदेखि जारी अवरोध हटाउने प्रयास स्वरूप प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

Muktinath Bank

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई सर्वदलीय बैठकमा बोलाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी छैन ।


Advertisment
Nabil box
Kumari

सर्वदलीय बैठकअघि प्रधानमन्त्रीले कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पठाएका थिए । 

Vianet communication
Laxmi Bank

माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न पार्टीले गरेको सिफारिश कार्यान्वयन नगरेको भन्दै एमालेले संसद्‍मा अवरोध जारी राखेको छ ।

एमालेको अवरोधका बावजुद सरकारले संसद्‍बाट बजेट प्रतिस्थापन विधेयक पारित गरिसकेको छ । 

यसअघि संसद् गतिरोध फुकाउन सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक राखे पनि एमाले अनुपस्थित रहेको थियो ।

१४ सांसदमाथि पार्टीले गरेको कारवाही सदर नगरेर सभामुख आफ्नो दल विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएको छ । 

आफूहरूका माग सम्बोधन नहुँदासम्म सरकारले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने एमालेका एक प्रभावशाली नेताले लोकान्तरसँग बताए ।

माधव नेपाल नेतृत्वको पार्टीविरुद्ध आफूहरू अदालतमा समेत गएकाले उसको सहभागिता रहेको बैठकमा आफूहरू सहभागी नहुने उनको भनाइ छ ।

बजेट पारित गरेपछि प्रतिनिधि सभा बैठक आजसम्मका लागि स्थगित गरिएको छ ।

आजको बैठक सूचारु गराउन प्रधानमन्त्रीले पहल गरेका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x