२६ जेठ २०८३, मंगलबार

एमाले विधान महाधिवेशनको दोस्रो दिन समूहगत छलफल शुरू

एमाले विधान महाधिवेशनको दोस्रो दिन समूहगत छलफल शुरू
फाइल फोटो

नेकपा एमालेको गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफल शुरू गरिएको छ ।

महाधिवेशनमा पेश गरिएका राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न समूह क–ञसम्म बनाइएका छन् ।

शनिवार बिहान साढे ८ बजेदेखि समूहगत छलफल शुरू भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सातै प्रदेश, जनसंगठन विशेष कमिटीहरू, केन्द्रीय निकायका छुट्टाछुट्टै समूह बनाइएका छन् ।

शुक्रवारदेखि शुरू भएको विधान महाधिवेशन आइतवारसम्म सञ्चालन हुनेछ । शुक्रवारको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्