×

NIC ASIA

पूर्व विद्यार्थीले छोराछोरीका नाममा विद्यालयमा स्थापना गरे अक्षयकोष

असोज ३०, २०७८

Prabhu Bank
NTC
Premier Steels

पाल्पाको रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन् ।

Muktinath Bank

उनले छोरा संकल्प र छोरी सलोनीका नाममा विद्यालयलाई ५१ हजार ६७० रुपैयाँको ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सो रकम बराबरको चेक शनिवार नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गरे । शनिवार विद्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा विद्यार्थी पुनर्मिलन कार्यक्रममा सो चेक हस्तान्तरण गरिएको हो । 


Advertisment
Nabil box
Kumari

सो रकम ११ कक्षामा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सहयोगदाता कँडेलले बताए । अध्यक्ष कँडेलले यसअघि पनि रामतुलसी माविमा आफ्ना पिता तारानाथ कँडेल र माता तिलमाया कँडेलका नाममा ५१ हजार ४७० रुपैयाँ रकम बराबरको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेका छन् ।

Vianet communication

उनले दरैठाँटी माविमा पनि मातापिताका नाममा ५१ हजार ६०६ रुपैयाँ बराबरको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएका छन् ।

‘आफूले जीवनमा कमाई गरेको केही रकमले शैक्षिक क्षेत्रमा लगानी गर्ने मनसायले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हुँ, अहिले स्थापना गरेको कोषमा रकम थप गर्दै जानेछु, शैक्षिक क्षेत्रमा लगानी गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ,’ कँडेलले भने ।

विद्यालयका प्रधानाध्यापक लम्सालले विद्यालयमा हालसम्म विभिन्न व्यक्तिबाट करीब २० लाख बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना भएको जानकारी दिँदै यसरी विद्यालयलाई सहयोग गरेका सबै सहयोगदातालाई धन्यवाद दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

जेठ ६, २०८१

काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा शुरू गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो ।&...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x