×

NMB BANK
NIC ASIA

टेन्सन, डिप्रेसन, एन्जाइटी, माइग्रेन आदि आजका आमसमस्या हुन् । यसका प्रमुख कारणमा बेरोजगारी, अभाव, गरीबी आदि नै पर्छन् ।

Muktinath Bank

यसबाट खासगरी तेस्रो विश्व अर्थात् अविकसित र गरीब मुलुकहरू बढी ग्रसित छन् । हाल वैदेशिक रोजगार पनि यसको थप कारण बन्न पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरबास बन्धकी राखेर वैदेशिक रोजगारमा गएकाहरूमध्ये कतिपयको फर्केर आउँदा घर, परिवार र पैसा सबै स्वाहा भइसकेका हुन्छन् । विकसित मुलुककै कुरा गर्ने हो भने पनि बढी खटाइ र थकानका कारण यसबाट ग्रसित हुनेहरूको संख्या बढ्दै गएको पाइन्छ । 


Advertisment
Nabil box
Kumari

विज्ञान र प्रविधिले जुन मात्रामा आवश्यकता बढाइदिएको छ, त्यसको अनुपातमा आपूर्ति हुन नसक्दा समस्या बल्झिँदै गएका छन् । 

Vianet communication

यो यस्तो समस्या हो, जसका लागि लामो समयसम्म औषधि खार्नुपर्ने हुन्छ । औषधी खाँदा पनि निको हुन्छ नै भन्ने ग्यारेन्टी छैन । निको नै भए पनि औषधि खान छाड्नासाथ पुनः बल्झिने गरेका छन् । फेरि औषधि खाने पैसा नै पनि सबैमा हुन्छ भन्ने छैन ।

औषधि कतिलाई पुग्छ, कतिलाई पुग्दैन । पुग्नेहरूकै लागि पनि लामो समयसम्म औषधि खाँदा ‘साइड इफेक्ट’ देखिने जोखिम त्यति नै बढी छ ।

केही वर्षयता यस निम्ति शारीरिक अभ्यासहरू समेत विकास भएका छन् । यसको नियमित प्रयोगबाट निको हुने गरेको उदाहरण प्रशस्तै भेटिन्छन् । पैसा पनि नलाग्ने, कतै जान पनि नपर्ने, घरमै बसेर अनुकूल समयमा गर्न सकिने र ‘साइड इफेक्ट’ पनि नगर्ने यसको विशेषता हो । 

यस्ता अभ्यासमध्ये जेपीएमआर अर्थात् ज्याकपसन्स प्रोग्रेशिव मशल रिल्याक्सेसन्स पनि एउटा हो, जसलाई निकै हदसम्म प्रभावकारी मानिएको छ । यसैको कारण हुनुपर्छ, यसले अरुभन्दा अपेक्षाकृत बढी नै लोकप्रियता पाएको देखिन्छ । यसमा पहिले मशललाई प्रोग्रेशिव गर्न लगाइन्छ र पछि रिल्याक्सेसन गर्न सिकाइन्छ । यसको अभ्यास पंक्तिकार आफैंले पनि गरिसकेको छ र राम्रै फाइदा पाएको अनुभव छ । यसैबाट उत्साहित भएर यसले आफैं पनि एउटा अभ्यास तयार पारेको छ ।

हाल आफ्नै नामको यूट्युब च्यानलबाट प्रगोगावस्थामा रहेको यस अभ्यासलाई हजारौं वर्ष पूर्वका ऋषिमुनिहरूले पत्ता लगाएका वैदिक प्रविधिलाई समेत मिलाएर थप प्रभावकारी बनाउने प्रयास गरिएको छ । 

आवश्यक पर्नेले यूट्युबमा kamal@rijal jpmr टाइप गरी वा तल दिइएको लिंक खोलेर हेर्न र प्रयोग गर्न सक्नुहुनेछ । यसलाई अपनाउन धैर्य भने अलि बढी नै चाहिन्छ । तत्कालै भएन भनेर आत्तिन पनि हुँदैन र छाड्न पनि हुँदैन । नियमित रूपमा निरन्तर गर्दै गए केही न केही फाइदा भएकै हुन्छ । समस्या पालेर छट्पटिनुभन्दा अलिकति समय दिएर अपनाउनु नै उत्तम हुनेछ । 

लामो समय आफैंले अभ्यास गरेर तयार पारी जनहितमा जारी गरिएको हुँदा आवश्यक पर्नेहरू आफैंले पनि प्रयोग गर्न सक्नुहुन्छ र आफू जस्तै आवश्यकता पर्ने अरूलाई पनि बताएर सहयोग गर्न सक्नुहुन्छ । तपाईंको सानो सहयोगले अरू धेरैको जीवन बदलिन सक्छ ।

आखिर धर्म भनेकै यस्तै पवित्र कार्यहरू नै हुन् । धर्मका लागि विभिन्न मठमन्दिर चहार्दै हिँड्नुभन्दा यस्ता परोपकारी कार्य नै कति हो कति बढी उत्तम हुन सक्छ । थप बुझ्न र जान्न चाहनेले [email protected] मा सम्पर्क गर्न सक्नुहुनेछ । अस्तु अहिलेलाई यति नै !

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x