चितवन पुगेर नेम्वाङले भने– साथीभाइको सल्लाह वरिष्ठ उपाध्यक्षमा उठ्नुस् भन्ने छ

चितवन पुगेर नेम्वाङले भने– साथीभाइको सल्लाह वरिष्ठ उपाध्यक्षमा उठ्नुस् भन्ने छ

नेकपा एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उठ्न साथीहरूले सल्लाह दिएको बताएका छन् ।


Advertisement

सहमति नभइ मतदान हुने अवस्थामा महाधिवेशन स्थलबाटै उम्मेदवारी घोषणा गर्ने उनले बताए । 


Advertisement

दशौं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका नेम्वाङले बिहीवार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सहमति नभएको अवस्थामा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका हुन् । 

‘केपी ओलीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गछौं, सहमतिको प्रयास गर्ने थलो पनि महाधिवेशन स्थल हो, सहमति नभए निर्वाचन गर्ने थलो पनि महाधिवेशन नै हो,’ उनले भने, ‘साथीभाइको सल्लाह वरिष्ठ उपाध्यक्षमा उठ्नु भनेका छन, अहिलेसम्म घोषणा गरेको छैन, महाधिवेशन स्थलमै गर्छु ।’


Advertisement

महासचिव ईश्वर पोखरेलले पनि वरिष्ठ उपाध्यक्ष पद ताकिरहेका छन् । एमालेको दशौं महाधिवेशन भोलिदेखि चितवनमा शुरू हुँदैछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्