×

NMB BANK
NIC ASIA

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता, गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

पुस २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

Muktinath Bank

एमालेको तर्फबाट दलित, महिला र अन्य गरी ३ पदमा मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दलिततर्फ गुल्मीका कृष्ण सुनार, महिलातर्फ बाँकेकी भारती उपाध्याय खनाल र अन्यतर्फ दाङका रामदयाल गुप्ताले मनोनयन दर्ता गराएका हुन् ।


Advertisment
Nabil box
Kumari

राष्ट्रियसभा निर्वाचनमा सत्तापक्षीय गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेभन्दा अगाडि सत्तारुढ गठबन्धनले उम्मेदवारी दर्ता गराएका थिए ।

Vianet communication
Laxmi Bank

गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा रहेका छन् । तीनै जनाले क्रमशः अन्य, महिला र दलिततर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभाका ३ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । 

पार्टीको झण्डासहित समर्थकबीच मनोनयन दर्ता गर्न गठबन्धन र एमालेका उम्मेदवार मनोनयन स्थलमा पुगेका थिए । माघ १२ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेशमा २९६ मतदाता छन् । जसमध्ये ८१ जना प्रदेशसभा सदस्य र २१५ जना स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष रहेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउन राजनीतिक दलले दलबलसहित उपस्थिति देखाएका छन् । सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले पार्टीको झण्डा र ब्यानरसहित उपस्थिति देखाएका छन् ।

नेकपा एमालेले पनि मनोनयन दर्ताको क्रममा दलबलसहित उपस्थिति देखाएको छ । पार्टी विभाजनको असर भोगेको एमालेले ‘अपवित्र’ गठबन्धन भन्दै नाराबाजीसहित र्‍याली निकालेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x