×

NMB BANK
NIC ASIA

चीन र ताइवानबीच होला युद्ध ?

माघ ३, २०७८

NTC
Premier Steels

चीनका लडाकू विमानहरू फेरि ताइवानको सीमामा प्रवेश गरेका छन् । 

Muktinath Bank

सन् २०२१ मा चीनका लडाकू विमानहरूले कीर्तिमान कायम गर्दै ताइवानको एयरस्पेसमा प्रवेश गरेका थिए । सन् २०२२ को १५ दिनमा पनि उनीहरू नौपटक त्यहाँ पसिसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी घटनाहरूका कारण चीन र ताइवानबीचको तनाव बढिरहेको छ । ताइवानलाई चीनमा पुनरेकीकरण गर्नका लागि यो सब गतिविधि भइरहेको हो । 


Advertisment
Nabil box
Kumari

चीनले ताइवानलाई आफ्नै एक प्रान्त मान्ने गरेको छ र अन्ततोगत्वा त्यो फेरि चीनकै हिस्सा हुने बताएको छ । 

Vianet communication

उता ताइवान आफूलाई स्वतन्त्र राष्ट्र मान्छ । उसको आफ्नै संविधान छ र जनताले छानेको सरकारको शासन छ । 

ताइवान दक्षिणपूर्वी चिनियाँ तटको १०० माइल पर रहेको टापु हो । 

यो पहिलो टापु शृंखलामा छ । त्युमा अमेरिका समर्थित कैयौं देश छन् । 

चीनले ताइवान नियन्त्रणमा लिएमा पश्चिमी प्रशानत महासागरमा आफ्नो दबदबा देखाउन पाउनेछ । 

त्यसपछि ग्वाम र हवार्ई टापुहरूमा रहेको अमेरिकी सैन्य अड्डा पनि जोखिममा पर्नेछन् । 

तर चीनले आफ्नो उद्देश्य शान्तिपूर्ण रहेको बताएको छ । 

ताइवानका रक्षामन्त्रीले चीनसँगको सम्बन्ध विगत ४० वर्षमा सबभन्दा खराब चरणमा रहेको बताए । 

त्यसो त चीनले गैरसैन्य तरिका अपनाएर पनि ताइवानलाई आफूसँग मिसाउन सक्छ । 

दुई देशबीच आर्थिक सम्बन्ध बलियो बनेमा पुनरेकीकरण सम्भव हुन्छ । 

तर दुई देशबीच लडाइँ भएमा ताइवानको सैन्य शक्ति चीनका अगाडि टिक्न सक्दैन ।

चीनले सेनामा गर्ने वार्षिक खर्च अमेरिकापछिको सबभन्दा धेरै छ । उसको सैन्यशक्ति विविध र विशाल छ । 

क्षेप्यास्त्र प्रविधि, जलसेना, वायुसेना, साइबर सेना सबैमा चीन अब्बल छ । 

पश्चिमका कतिपय जानकारहरूका अनुसार, दुई देशबीच भिडन्त भएमा ताइवानले जोडबल लगाएर चीनको आक्रमणलाई केही सुस्त बनाउन सक्छ । 

उसलाई अमेरिकाले सहयोग गर्न सक्छ । तर अमेरिकाले ताइवानका विषयमा रणनीतिक अस्पष्टताको नीति अपनाएको छ । अर्थात्, अमेरिकाले जानीबुझी आफ्नो नीति दोधारे राखेर ताइवानमाथि चीनको आक्रमण हुँदा कसरी ताइवानलाई सहायता गर्ने भन्दैन । 

कूटनीतिक रूपमा अमेरिकाले अहिले एक चीन नीतिलाई समर्थन गर्ने गरेको छ । उसको औपचारिक सम्बन्ध ताइवानसँग नभई चीनसँग छ । 

सन् २०२१ मा चीनले ताइवानको वायु रक्षा क्षेत्रमा आफ्ना लडाकू विमान पठाएको पठायै गरेर दबाब दिएको थियो । 

कुनै देशको वायु रक्षा क्षेत्रमा देशको रक्षाका लागि विदेशी विमानहरूलाई चिनेर तिनको निगरानी र नियन्त्रण गरिन्छ । 

ताइवानले सन् २०२० मा विमानहरू पसेको आँकडा सार्वजनिक गरेको थियो । यस किसिमको प्रवेश अघिल्लो अक्टोबर महिनामा निकै बढ्यो । 

अक्टोबर २०२१ मा एक दिनमै चीनका ५६ विमानहरू ताइवानी क्षेत्रमा प्रवेश गरे । 

ताइवान र चीनबीचको द्वन्द्वले संसारलाई असर गर्छ । 

ताइवानको अर्थतन्त्र संसारका लागि महत्त्वपूर्ण छ । 

दिनदिनै उपयोग हुने विद्युतीय गजेटहरू फोन, ल्यापटप, घडी र गेमिङ उपकरणमा जडान गरिने चिप धेरैजसो ताइवानमा बन्छन् । 

संसारलाई अहिले चिपको ठूलो आवश्कयता छ । 

सन् २०२१ मा संसारको चिप उद्योग लगभग १०० अर्ब डलरको थियो र त्यसमा ताइवानको दबदबा छ । 

ताइवानमा चीनको कब्जा भएमा संसारको यति महत्त्वपूर्ण उद्योगमा चीनको नियन्त्रण कायम हुन्छ । 

त्यसो त चीन र ताइवानबीच तनाव बढेको भए पनि ताइवानीहरूलाई त्यसको खासै असर नपरेको अनुसन्धानहरूले देखाएका छन् । 

गत अक्टोबर महिनामा ताइवान पब्लिक ओपिनियन फाउन्डेसनले चीनसँग युद्ध हुन्छ भनी ताइवानीहरूलाई सोधेको थियो । ताइवानका लगभग ६४ प्रतिशत मानिसहरूले त्यसको उत्तर हैन भने । 

अर्को रिसर्चमा ताइवानका अधिकांश मानिसले आफूलाई चिनियाँहरूभन्दा फरक माने । 

नेसनल चेंग्ची विश्वविद्यालयले गरेको सर्वेक्षणमा सन् १९९० को तुलनामा अहिले ताइवानीहरूमा ताइवानी पहिचान बढिरहेको छ । मानिसहरू आफूलाई चिनियाँ वा ताइवानी दुवै मान्न छोडेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x