×

NMB BANK
NIC ASIA

बाली जोगाउन किसानको नयाँ जुक्ति : रातभर खेतबारीमा झिलिमिली बत्ती

माघ ६, २०७८

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

बँदेल, नीलगाई र बाँदरलगायतका वन्यजन्तुले अन्न तथा तरकारी बाली खाएर सखाप पार्न थालेपछि धनुषाका किसानले नयाँ जुक्ति अपनाएका छन् । यहाँका किसानले खेतबारीमा झिलिमिली बिजुली बत्ती बालेर वन्यजन्तुको उपद्रोबाट बालीनाली जोगाउन नयाँ उपाय लगाएका हुन् ।

Muktinath Bank

दीपावलीमा घर झिलिमिली बनाउन प्रयोग गरिएका बिजुली बत्ती अहिले यहाँका किसानले जङ्गली जनावर धपाउन उपयोगमा ल्याएका हुन् । झिलिमिली बत्ती देखेर बँदेल, नीलगाई र बाँदरलगायतका वन्यजन्तु खेतबारीमा नआउने र उत्पादन गरेको अन्न तथा तरकारी बाली जोगिने किसानले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिउँसो रेखदेख गर्न सकिने भए पनि राति खेतबारीमै बस्न नसकिने हुँदा जङ्गली जनावर धपाउन झिलिमिली बत्ती तथा उज्यालो प्रकाश दिन बल्ब बाल्ने गरेको मिथिला नगरपालिका–६, ढल्केबरका किसान नेमलाल महतोले बताए । झिलिमिली बत्ती बालेदेखि वन्यजन्तु खेतबारीमा नआएको र बालीनाली सुरक्षित रहने गरेकोे उनले सुनाए।


Advertisment
Nabil box
Kumari

किसान नेमलालले आफ्नो टोल देखाउँदै भने, “यो टोलमा ३०० भन्दा बढी किसानका घर छन् । बालीनाली जोगाउन सबैले यही तरिका अपनाएका छन् । साँझ पर्ने बेला घरसँगै खेतबारीको पनि बत्ती बालिन्छ । ” तिहारमा घर ल्याएको झिलिमिली बत्ती अहिले तरकारी बारीमा प्रयोग गरेको अर्का किसान सोमप्रसाद लामाले बताए।

Vianet communication

खेतबारीमा पिलिक–पिलिक बत्ती बलेको देखेर वन्यजन्तु डराएर आउँदैनन् र बालीनाली जोगिने गरेको छ । खेतबारीमा बाल्न प्रयोग गरेको बिजुलीका कारण उत्पादनमा लागत बढे पनि बाली जोगाउन गरिएको थुप्रै प्रयास खेर नगएको उनले बताए । “बालीनाली जोगाउन बलिया घेराबेरा लगायो, नीलगाई र बँदेलले भत्काइदिन्छ । अन्तिम विकल्पका रूपमा झिलिमिली बत्ती बाल्न थालेका हौँ,” लामाले भने। गोरखापत्र दैनिकमा विजयकुमार साहले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x