×

NMB BANK
NIC ASIA

पाँच वर्ष कैदको माग गर्दै मन्त्री यादवविरुद्ध कांग्रेस नेताले दिए प्रहरीमा जाहेरी

माघ १३, २०७८

NTC
Premier Steels

गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्तिले हिंसालाई प्रश्रय दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

Muktinath Bank

नेपाली कांग्रेसका नेता रञ्जित कर्णले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटसमक्ष जाहेरी दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताको अवरोधप्रति आक्रोश व्यक्त गर्दै गौर हत्याकाण्ड दोहोर्‍याउने चेतावनी दिएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

रौतहटको गौरमा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले २०६३ चैत ७ गते माओवादीका २७ कार्यकर्ताको सामूहिक हत्या गरेका थिए । 

Vianet communication

उक्त प्रकरणलाई गौर हत्याकाण्डका रूपमा चर्चा गर्ने गरिएको छ । 

नेता कर्णले मुलुकी अपराध संहिता २०७४ को दफा ४९ को ४ को कसूर ठहर गरी सोही दफाको ५ (ग) बमोजिम सजायको माग दाबी गरेका छन् ।

मुलुकी अपराधसंहिता २०७४ को दफा ४ को कसूर ठहर भएमा ५ वर्ष कैद र ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

साथै कर्णले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पनि पठाएका छन् ।

'तत्कालीन मधेशी जनअधिकार फोरम नेपालले गौरको राइस मिलमा मिति २०६३ चैत ७ गते नेकपा माओवादीका २७ जना कार्यकर्तालाई विभत्स हत्या गरेको घटना भवितव्य हो, नियोजित होइन भन्दै आएका वर्तमान जसपा अध्यक्ष उपेन्द्र यादवको दाबीलाई गलत सावित गर्दै गर्वका साथ पुन: यस्ता घटना घटाउने र त्यसमा तपाईं पनि मारिन सक्ने भन्ने अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानूनबमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउन सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवासमक्ष सादर अनुरोध छ,' ज्ञापन पत्रमा भनिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x