×

NMB BANK
NIC ASIA

सिबिफिनले औंल्यायो बैंकिङ तरलता अभावको खास कारण, दियो यस्ता सुझाव

माघ २३, २०७८

NTC
सांकेतिक तस्वीर
Premier Steels

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले छोटो अवधिको कर्जा र अनुत्पादक क्षेत्रमा लगानी बढेकाले तरलता अभाव भएको प्रस्ट पारेको छ ।

Muktinath Bank

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव र समाधानको विषयमा सिबिफिनले अध्ययन गरेर एक अध्ययन प्रतिवेदन नै तयार पारेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिवेदनअनुसार निक्षेप मिश्रणले ल्याएको तरलता असन्तुलन र अनुत्पादक क्षेत्रमा कर्जा लगानी नियन्त्रण हुन नसक्दा तरलता अभाव भएको देखिएको छ ।


Advertisment
Nabil box
Kumari

अध्ययनअनुसार २०७८ असारमा ४७ प्रतिशत रहेको मुद्दती निक्षेपको अंश २०७८ मंसिरमा ५४.३ प्रतिशत पुगेको छ । यो अवधिसम्ममा वचतको अंश ५४.३ प्रतिशतबाट ३१.५ प्रतिशतमा झरेको छ ।

Vianet communication

बैंकहरूको निक्षेपमा चल्ती र वचतको अंश घट्दै गइरहेको छ ।

मुद्दतीको अंश भने एक्कासि बढेका कारण तरलता व्यवस्थापनमा दबाब पुगेको पनि सिबिफिनले तयार पारेको उक्त अध्ययन प्रतिवेदनले औंल्याएको छ । 

मुद्दती निक्षेप बढेको भएतापनि २ वर्षभन्दा कम अवधिको निक्षेपको अंश करीब ९० प्रतिशत छ ।

यसले एक वर्ष वा त्यो भन्दा कम अवधिको समयमा वाणिज्य बैंकहरूलाई निक्षेप नवीकरण गर्नुपर्ने दबाब छ, जसका कारण तरलता तथा ब्याजदरलाई प्रभावित भइरहेको छ ।

राष्ट्र बैंकको मंसिर २०७८ को तथ्यांक अनुसार उपभोग्य कर्जा अन्तर्गतको अन्य शीर्षकमा ६२३ अर्ब रुपैयाँ कर्जा गएको छ । अन्य शीर्षकअन्तर्गत नै थप ४३२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यो तथ्यांकमा उद्देश्य नखुलेको कर्जा जोड्ने हो भने जम्मा कर्जा १० खर्ब ५५ अर्ब रुपैंयाँ कर्जा अनुत्पादक क्षेत्रमा गएको दाबी सिबिफिनको छ ।

मंसिरसम्ममा जम्मा ४६ खर्ब ३ अर्ब रुपैयाँको कर्जा प्रवाह भएको छ । यस्तो कर्जा अनुत्पादक क्षेत्रमा मात्रै २३ प्रतिशत गएको देखिएको छ ।

यस्ता अनुत्पादक क्षेत्रमा ह्वात्तै कर्जा बढ्नुले पनि तरलता व्यवस्थापनमा चाप परेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ ।

तरलता संकट समाधानका उपाय बैंकहरूको निक्षेपमा चल्ती र बचतको अंश घट्दै जाँदा देखिएको तरलता संकट समाधान गर्न सरकारी संस्थाहरूमा रहेको मुद्दती निक्षेपहरू कम्तिमा ३ वर्ष अवधिसम्म राख्नुपर्ने व्यवस्था लागू गर्नुपर्ने सुझाव सिबिफिनको छ ।

बचत र मुद्धति निक्षेपको ब्याजदरमा धेरै अन्तर हुँदा बचतमा निक्षेप राख्ने प्रवृत्ति घटेको छ ।  यसले एक वर्ष भन्दा मुनिको मुद्दती निक्षेपमा बचत खाताको ब्याजदर १ प्रतिशत भन्दा बढी प्रिमियम थप गर्न पाउने व्यवस्था गर्न पनि सिबिफिनले सुझाव दिएको छ । 

मुद्दती निक्षेप ३ वर्षसम्म कुनै ब्याजदरमा लिइएको बर्सेनि ५ वर्षसम्म र सोभन्दा बढी अवधिको लागि कम्तिमा २५ आधार अंक फरक पर्ने गरी ब्याजदरको अन्तर तोकिनुपर्ने सुझाव पनि बैंक तथा वित्तीय संस्था सञ्चालकहरूको उक्त संस्थाले राष्ट्र बैंकलाई दिएको छ ।

अनुत्पादक क्षेत्रमा कर्जा लगानी नियन्त्रणका लागि पनि उत्पादनमूलक र अनुत्पादक क्षेत्रमा दुई प्रकारको ब्याजदर प्रणाली लागू गर्न उपयुक्त हुने यो संस्थाले केन्द्रीय बैंकलाई दिएको छ । 

उत्पादनमूलक क्षेत्र बाहेक अन्य क्षेत्रमा कर्जा लगानी गर्दा ब्याजदर तथा अन्य सेवा शुल्क निर्धारण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई नै स्वायत्तता प्रदान गरिनुपर्ने हुन्छ । 

यसका अतिरिक्त सरकारले आयातमा कडाइ गर्नुपर्ने, रेमिटेन्स आयलाई व्यवस्थित गर्नुपर्ने, कर्जा मिश्रणले ल्याएको तरलता असन्तुलन सन्तुलन हुनुपर्ने र सरकारी पूँजीगत खर्चमा वृद्धि गर्दै प्रक्रियामुखी भुक्तानी प्रणालीमा सुधार गरेको अवस्थामा तरलता व्यवस्थापन सहज हुने सुझाव सिबिफिनले दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x