×

NMB BANK
NIC ASIA

दोहामा थन्किएको निगमको जहाज डेढ महिनापछि बल्ल मर्मत हुँदै

माघ २४, २०७८

NTC
Premier Steels

नेपाल वायुसेवा निगमको डेढ महिनादेखि दोहामा थन्किएको एक न्यारोबडी जहाज बल्ल आवश्यक मर्मत प्रक्रियामा लगिएको छ । 

Muktinath Bank

जहाजको इन्जिनमा समस्या आएर थन्किएको यो जहाज उडाउन इन्जिन भाडामा लिने र बिग्रिएको इन्जिन मर्मत गर्न प्रक्रिया अगाडि बढेको निगमले जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निगमको ए ३२०–२०० नामक ९ एन–एकेडब्लु कलसाइनको सगरमाथा विमान  १३ पुसदेखि दोहामा थन्किएको छ । 


Advertisment
Nabil box
Kumari

यो जहाज काठमाडौं–दोहाको उडान नम्बर आरए–२३ बाट नियमित उडानबाट कतार गएको थियो । उक्त जहाज अवतरणपछि पार्किङ गर्ने क्रममा विमानको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो ।

Vianet communication

दोहास्थित कतार एयरवेजका इन्जिनियरिङ टिमले यसको थप निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा ‘इन्टरनल डिफेक्ट’ पहिचान भएको थियो । 

यसको इन्जिन फेर्नुपर्ने भएकोले उक्त इन्जिनको उत्पादनकर्ता पीडब्लु/आएईसँग निगम व्यवस्थापनले आवश्यक परामर्श लिएर इन्जिनलाई फेरेर मर्मत गर्न सुझाव दिएको थियो । 

सोही सुझावअनुसार जहाजलाई उडानयोग्य अवस्थामा ल्याउन इन्जिन भाडामा लिनुपर्ने निष्कर्ष निकालिएको निगमको भनाइ छ । 

जहाजको प्राविधिक प्रतिवेदनहरूको आधारमा निगमको नियमअनुसार इन्जिन भाडामा लिनको लागि निगमले मिति ९ जनवरी २०२२ मा ग्लोबल प्रस्ताव (आरएफपी) मागिसकिएको पनि निगमका प्रवक्ता अर्चना खड्काको भनाइ छ ।

आवश्यक प्रक्रिया पुर्‍याएर इन्जिन भाडामा लिने काम अगाडि बढिसकेको निगमले सोमवार एक प्रेस विज्ञप्ति जारी गरेरै जानकारी दिएको छ । 

जहाजको लागि आवश्यक इन्जिन एमटीयू मेन्टिनेन्स लिज सर्भिस बीभी कम्पनी छनोट गरेर इन्जिन भाडामा लिने कार्य अगाडि बढेको निगमको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x