×

NMB BANK
NIC ASIA

एमसीसीको ज्वरो

सरकार–सभामुख मुठभेडतर्फ : एमसीसी पेश गर्न सरकारी दबाब तीव्र, रोक्ने दाउमा सभामुख

माघ २५, २०७८

NTC
Premier Steels

सरकारले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभामा टेबुल गर्न भोलि कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्ताव राख्ने भएको छ ।

Muktinath Bank

बुधवार बिहान ११ बजेका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समिति बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्र बडूले एमसीसी टेबुल गर्ने प्रस्ताव राख्ने तयारी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कानून मन्त्री बडूले सोमवार सभामुख अग्नि सापकोटासँग भेटेर बुधवार बस्ने बैठकमा एमसीसी टेबुल गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।


Advertisment
Nabil box
Kumari

सो बैठकमा सभामुख सापकोटाले दलहरूबीच सहमति नभई एमसीसी संसद्‍मा टेबुल गर्न अस्वीकार गरेका थिए । 

Vianet communication

संसद् सचिवालय स्रोतका अनुसार बुधवार बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा कानून मन्त्री बडूले एमसीसी टेबुल गर्न प्रस्ताव गर्ने जानकारी गराएका छन् । 

‘सरकारले भोलिको बैठकमा एमसीसी अनुमोदनका लागि संसद्‍मा टेबुल गर्न चाहेको बुझेका छौं, कार्यव्यवस्था परामर्श समिति बैठकमा सहमति जुट्यो भने बैठकअघि कार्यसूचीमा समावेश गर्छौं,’ सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने । 

मंगलवार प्रकाशित बुधवारको सम्भावित कार्यसूचीमा एमसीसीको एजेण्डा समावेश छैन ।

सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बुधवार बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने जानकारी दिए । 

‘भोलि संसद् बैठक बस्ने भएकाले कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको हो, बैठकको एजेण्डा कार्यव्यवस्था परामर्श समितिले तय गर्छ,’ न्यौपानेले लोकान्तरसँग भने । 

माओवादी केन्द्रका संसदीय दलका नेता देव गुरुङले यथास्थितिमा एमसीसी अगाडि बढ्न नसक्ने पार्टीको अडान रहेको बताएका छन् । 

स्रोतका अनुसार दलहरूबीच सहमति नभई सभामुख सापकोटाले एमसीसीलाई संसदको कार्यसूचीमा राख्न अस्वीकार गरेका छन् । 

‘पहिला संसद्को गतिरोध अन्त्य हुनुपर्छ र विवादमा परेको एमसीसीबारे दलहरूबीच सहमति जुट्नुपर्छ भन्ने सभामुखको शर्त छ,’ स्रोतले भन्यो ।

नेपाली कांग्रेसका एक नेताले संसद्लाई सरकारले बिजनेस दिने भएकाले सरकारले ल्याउन लागेको बिजनेस सरकारले रोक्न नमिल्ने बताए ।

‘सरकारले संसद्‍मा ल्याउन खोजेको बिजनेस सभामुखले कसरी रोक्न मिल्छ ? सरकारले ल्याउन खोजेको प्रस्ताव सभामुखले रोक्नुभयो भने द्वन्द्व बढ्छ,’ नेपाली कांग्रेसका एक प्रभावशाली नेताले लोकान्तरसँग भने । 

माधव नेपाल लगायत १४ सांसदमाथि गरिएको कारवाही सभामुखले सदर नगरेको भन्दै एमालेले भदौ २३ गतेदेखि संसद्‍मा अवरोध गर्दै आएको छ । 

१४ सांसदमाथिको कारवाही सदर नभए सभामुखले राजीनामा दिनुपर्ने अडान एमालेको छ ।

माओवादी केन्द्रले भने २७ गते बस्ने केन्द्रीय कमिटी बैठक अघिसम्म एमसीसीको एजेण्डा संसद्‍मा प्रवेश नगराउन आग्रह गर्ने तयारी गरेको छ ।

गठबन्धनको बैठकमा पनि प्रचण्डले केन्द्रीय कमिटीसँग धैर्य गर्न प्रस्ताव गरेका थिए । 

पुस ७ गते बसेर १८ गतेका लागि स्थगित भएको बैठक त्यसयता निरन्तर सूचनामार्फत स्थगित हुँदै आएको छ । 

पुस ७ गते बसेको बैठकमा एमालेले नाराबाजी गरेको थियो । माधव नेपाललगायत १४ सांसदमाथि कारवाहीको माग गर्दै एमालेले संसद्‍मा निरन्तर अवरोध गरिरहेको छ । 

एमसीसी अनुमोदनका लागि सरकारले पाएको समयसीमा साँघुरिँदै जाँदा सरकारले एमसीसी अनुमोदनका लागि सभामुखमाथि दबाब तीब्र बनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x